Saturday, 2 August 2014

130. No. 97 श्लोक ३६ हे वार्षणेय ! फेरि यो मनुष्य नचाहँदा नचाहँदै पनि (कसैले) लगाए जस्तो गरी कसवाट प्रेरित भएर पापको आचरण गर्छ ?

No. 97
श्लोक ३६ 

अर्जुनले भने
हे वार्षणेय  ! फेरि यो मनुष्य नचाहँदा नचाहँदै पनि (कसैले) लगाए जस्तो गरी कसवाट प्रेरित भएर पापको आचरण गर्छ ?

यहाँ भगवानलाई 'वार्ष्णेय' भन्ने शब्दले सम्बोधन भयो । यदुकूलमा वृषणी नामको एक वंश थियो । त्यही वृषणीवंशमा अवतार लिएको कारणले नै भगवानको कृष्णको एक नाम वार्षणेय रह्यो । यो भन्दा पहिलो श्लोकमा भगवानवाट स्वधर्म-पालनको प्रशंसा भयो । धर्म 'वर्ण' र 'कुल'को हुन्छ, त्यसैले अर्जुन पनि कुल (वंश)को नामले  भगवानलाई सम्बोधन गर्दै प्रश्न गर्छन् ।

विचारवान् 'पुरुष' पाप गर्न चाहँदैन, किनकि पापको परिणाम दुःख हुन्छ र दुःख कुनै पनि प्राणी स्वीकार गर्दैन ।

यहाँ 'अनिच्छन्' शब्दले भोग र संग्रहको इच्छाको त्याग होइन, पाप गर्ने इच्छाको त्याग भन्ने जनाउँछ  । किनकि भोग र संग्रहको इच्छा नै समस्त पापहरुको मूल हो । यी इच्छा नरहँदा पाप नै हुँदैन ।
विचारशील मनुष्य पाप गर्न चाहँदैन, तर भित्र सांसारिक भोग र संग्रहको इच्छा रहँदा उसवाट गर्नु पर्ने कर्तव्य कर्म हुन पाउँदैन र गर्न नहुने पाप-कर्म हुन्छ  ।
तात्पर्य, पापवृत्ति उत्पन्न भएपछि विचारशील पुरुष त्यो पाप हो भन्ने जान्दा जान्दै त्यो पापवाट पूर्णतया हट्न चाहन्छ, तैपनि ऊ त्यो पापमा यसरी लाग्छ कि उसलाई जवर्जस्ती कसैले यसो गर्न लगाइरहेछ । अर्को शब्दमा, अर्जुनलाई यस्तो लाग्छ, पापमा लगाउने कुनै वलवान् (अदृश्य) कारण छ ।

पापहरुको मूल कारण प्रवृत्ति नै हो -- 'काम' अर्थात् संसारिक सुख-भोगको र संग्रहको कामना । तर यो कारणतिर दृष्टि नरहँदा व्यक्तिलाई  यो थाहा हुँदैन, पाप गराउने को हो ? ऊ सम्झन्छ, 'म पाप भन्ने बुझेर यसवाट हट्न चाहन्छु, तर मलाई अरु कोही वलपूर्वक पापमा प्रवृत्त गराउँछ ।' तात्पर्य, विचारवान व्यक्ति पाप गर्न चाहँदैन, तर पाप गराउने अर्को तत्व को हो ?
अर्जुनले यस्तो प्रश्न गरे जस्तो लाग्छ, अश्रद्धा, असूया, दुष्टचित्तता, मूढ़ता, प्रकृति (स्वभाव) को परवशता, राग-द्वेष, स्वधर्ममा अरुचि, र परधर्ममा रुचि -- यी मध्ये कुन चाहिं कारण हो, जसले गर्दा हामी (व्यक्ति) विचारपूर्वक नचाहँदा नचाहँदै पनि पापमा लाग्छौं  ? अझ, ईश्वर, प्रारब्ध, युग, परिस्थिति, कुसंग, समाज, रीति-रिवाज, मध्ये कुन कारणले व्यक्ति पाप गर्छ ?
भगवान भन्नुहुन्छ

श्लोक ३७
रजोगुणवाट उत्पन्न हुने यो काम अर्थात् कामना नै पापको कारण हो । यो (काम) नै क्रोधमा वदलिंछ । यो काम धेरै खन्चुवा र महापापी छ । यो विषयमा तिमी यही कामलाई वैरी भन्ने जान ।

रजोगुणवाट उत्पन्न हुने भएकोले रागवाट काम वढ्छ । संसारिक पदार्थहरुलाई सुखदायी मान्दा पनि राग उत्पन्न हुन्छ; जसले गर्दा अन्तःकरणमा ती पदार्थहरुको महत्व दृढ हुन्छ । फेरि तिनै पदार्थहरुको संग्रह गर्ने र तिनवाट सुख लिने चाहना, कामना उत्पन्न हुन्छ । फेरि त्यही कामनाले पदार्थहरुमा राग वढ्छ । यस्तो क्रम चलिरहुन्जेल पाप-कर्मदेखि व्यक्ति सँधैकोलागि निवृत्ति हुँदैन ।

'मलाई मन परेको जस्तो, मलाई मन लागेको  जस्तो हुनुपर्छ' भन्नु नै 'काम' हो । उत्पत्ति-विनाशशील जड-पदार्थहरुको संग्रहको इच्छा, संयोगजन्य सुखको इच्छा, सुखको आसक्ति -- यी सबै कामका नै रुप हुन् । 

पाप-कर्म कहिं कामको, कहिं क्रोधको वशीभूत भएर गरिएको देखिन्छ । काम र क्रोध, दुवैवाट छुट्टा छुट्टै पाप हुन्छन् । वास्तवमा, काम अर्थात् उत्पत्ति-विनाशशील जड-पदार्थहरुको कामना, प्रियता, आकर्षण नै समस्त पापहरुको मूल हो । कामनामा वाधा पर्दा काम नै क्रोधमा वदलिन्छ । 


कामनाको पूर्ति भएपछि लोभ हुन्छ; लोभमा वाधा पुग्दा (वाधा पुर्याउनेसंग) क्रोध हुन्छ । यदि वाधा पुर्याउने व्यक्ति आफूभन्दा वढी शक्तिशाली भए क्रोध नउठेर भय हुन्छ । यसैले गीतामा ठाउँ ठाउँमा काम र क्रोध संगसंगै भयको पनि उल्लेख देखिन्छ ।          

129. No. 96 श्लोक ३५ राम्रोसँग आचरणमा ल्याइएको अरुको धर्म भन्दा गुणहरु कम भए पनि आफ्नो धर्म श्रेष्ठ छ ।

No. 96 
श्लोक ३५

राम्रोसँग आचरणमा ल्याइएको अरुको धर्म भन्दा गुणहरु कम भए पनि आफ्नो धर्म श्रेष्ठ छ । आफ्नो धर्ममा मर्न पनि कल्याणकारक छ र अरुको धर्म डरलाग्दो छ ।
 
अरुको वर्ण, आश्रम आदिको धर्म (कर्तव्य) वाहिरवाट हेर्दा गुणसम्पन्न भए पनि, ती धर्म पालन गर्न सजिलो भए पनि,धन, वैभव,सुख-सुबिधा, मन-वडाइ आदि मिले पनि, जीवनभरी सुखसँग वाँच्न सकिए पनि त्यो परधर्मको पालन आफ़्नोलागि विहित नभएको हुँदा परिणाममा दुःख, भय, दिने किसिमको हुन्छ । तर, आफ्नो वर्ण, आश्रम आदिको धर्म वाहिरवाट हेर्दा गुणहरु कम देखिए पनि, त्यो हाम्रो आफ्नो धर्म पालन गर्न गाहारो लागे पनि, पालन गर्न मन नलागे पनि, धन-वैभव, सुख-सुविधा, मान-वडाइ आदि नमिले पनि हामीले आफ्नो स्वधर्मको निष्कामभावले पालन गर्नु पर्छ, किनभने आफ्नो स्वधर्म कल्याण गर्ने हुन्छ । त्यसैले हामीले कुनै पनि स्थितिमा आफ्नो स्वधर्मको त्याग गर्नु हुन्न, वरु यसको पालन निष्काम, निर्मम र अनासक्त भएर गर्नुपर्छ ।
 
हाम्रोलागि स्वधर्मको पालन स्वाभाविक छ, सहज छ । हाम्रो 'जन्म' नै कर्महरुको अनुसार हुन्छ र जन्म अनुसार भगवान्ले 'कर्म' नियत गर्नुभएको छ ।  त्यसैले आफ्नो आफ्नो नियत कर्महरुको पालन गरे हामी कर्म-बन्धनवाट मुक्त हुन्छौं । अर्थात् हाम्रो कल्याण हुन्छ । त्यसैले, दोषयुक्त देखिंदा पनि नियत कर्म अर्थात् स्वधर्मको त्याग गर्नु हुँदैन । 
 
अर्जुन युद्ध गर्नु भन्दा भिक्षाको अन्न खाएर जीवन निर्वाह गर्न राम्रो ठान्छन् । तर भगवान अर्जुनलाई भन्नुहुन्छ, 'भिक्षाको अन्नले जीवन-निर्वाह गर्नु भिक्षुककोलागि स्वधर्म हो, तर तिम्रोलागि परधर्म हो ; किनकि तिमी गृहस्थ हौ, भिक्षुक होइन।' तात्पर्य, स्वधर्मको पालनमा राग-द्वेष रहँदा नै पाप लाग्ने हो । राग-द्वेषरहित भएर स्वधर्मको राम्रोसँग  पालन गरे समता (योग)को अनुभव हुन्छ; समताको अनुभव भएपछि दुःखहरुको नाश हुन्छ । यसैले भगवान फेरि फेरि अर्जुनलाई राग-द्वेषरहित भएर युद्धरूप स्वधर्म पालन गर्न वल गर्नुहुन्छ ।
 
भगवान अनुसार क्षात्र धर्मको नाताले युद्ध गर्नु अर्जुनको कर्तव्य हो; त्यसैले युद्धमा जय-पराजय, लाभ-हानि र सुख-दुःखलाई समान देख्ने हो ; र युद्धरूप क्रियाको सम्बन्ध आफूसँग छैन भन्ने मानेर कर्महरुको आसक्ति हटाउनकोलागि कर्म गर्ने हो । शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ पनि हामीलाई कर्तव्य-पालनकोलागि नै मिलेका हुन् ।

वर्ण, आश्रम, अनुसार आफ्नो-आफ्नो कर्तव्य निःस्वार्थभावले पालन गर्नु नै स्वधर्म हो । आस्तिक मनुष्यले धर्म भन्ने शब्दको अर्को नाम कर्तव्य हो । स्वधर्मको पालन गर्ने भन्नु र आफ्नो कर्तव्य पालन गर्ने भन्नु उही कुरा हो । 
 
कर्तव्य त्यही हो, जसलाई सजिलोसँग गर्न सकियोस्, जुन अवश्य नै गर्नुपर्छ र जुन गर्दा प्राप्तव्यको (परमात्माको) अवश्य प्राप्ति हुन्छ । धर्म नै कर्तव्य भएकोले यसको पालना गर्न सजिलो हुन्छ । यो पनि साँचो हो, धर्मको पालन ठीक तरिकाले गरे हामीलाई वैराग्य हुन्छ । कर्तव्य मात्रै सम्झेर धर्मको पालन गरियो भने कर्महरुको प्रवाह प्रकृतिमा जान्छ र यसरी आफूसँग कर्मको सम्बन्ध रहँदैन । 
 
आफ्नो आफ्नो वर्ण र आश्रमको आफ्नो आफ्नो कर्तव्य (स्वधर्म) भयो, तर, अरुको वर्ण, आश्रमको कर्तव्यमा ध्यान गयो भने आफ्नो कर्तव्य  अरुको भन्दा कम गुण भएको जस्तो लाग्छ । यसैले भगवान भन्नुहुन्छ, अरुको कर्तव्य भन्दा आफ्नो कर्तव्य कम गुण भएको देखिए पनि आफ्नो कर्तव्यले नै हाम्रो कल्याण गर्छ । त्यसैले कुनै पनि अवस्थामा आफ्नो कर्तव्यको त्याग गर्नु हुँदैन ।
 
वर्ण, आश्रम अनुसार वाहिरवाट कर्म छुट्टा छुट्टै (घोर अथवा सौम्य) देखिन्छन्, तर परमात्मप्राप्तिरूप उद्देश्य त एक मात्र हुन्छ । परमात्मप्राप्तिरूप उद्देश्य नरहँदा तथा अन्तःकरणमा सांसारिक पदार्थको महत्व रहँदा नै कर्म घोर अथवा सौम्य देखिने हुन् ।
 
स्वधर्मको पालन सुख अथवा दुःख हेरेर गरिंदैन, भगवान तथा शास्त्रको आज्ञा विचार गरेर निष्कामभावले गरिन्छ । त्यसैले स्वधर्म अर्थात् कर्तव्यको पालन गर्दा गर्दै कुनै कष्ट आयो भने पनि त्यो कष्ट पनि उन्नति गर्ने हुन्छ । वास्तवमा त्यो कष्ट कष्ट नभएर तप हुन्छ । त्यस्तो कष्ट तप भन्दा पनि धेरै चाँडो उन्नति गर्ने हुन्छ । किनकि तप आफ़्नोलागि गरिन्छ र कर्तव्य अरुकोलागि । जानेर गरिएको तपले भन्दा धेरै लाभ अनायास आएको कष्टरूप तपवाट हुन्छ ।  स्वधर्मको पालन गर्दा कष्ट सहने र स्वधर्मको पालन गर्दा गर्दै शरीर छोड्ने ती धर्मात्मा पुरुष अमर हुन्छन् । निष्कर्ष, निष्कामभावपूर्वक आफ्नो धर्मको पालन गर्दै कष्ट नै आए पनि, मृत्यु नै भए पनि त्यो व्यक्तिको यो संसारमा कल्याण नै हुन्छ ।

स्वधर्म पालन गर्ने मनुष्यको दृष्टि धर्ममा नै हुन्छ । धर्ममा दृष्टि रहँदा उसको धर्मसँग सम्बन्ध रहन्छ ।
हामी स्वयं परमात्माको अंश भएकाले हाम्रो धर्म हो -- आफ्नो कल्याण गर्ने, आफूलाई भगवानको मान्ने, आफूलाई जिज्ञासु मान्ने, आफूलाई सेवक मान्ने । किनकि यी सबै ठीक धर्म हुन्, खास स्वयंका धर्म हुन्, मन-बुद्धिका धर्म होइनन् । अरु वर्ण, आश्रम, शरीरलाई लिएर जति पनि धर्म छन्, ती आफ्नो कर्तव्य-पालनकोलागि स्वधर्म भए पनि परधर्म नै हुन् । किनभने सबै धर्म मानिएका हुन्, स्वयंका होइनन् । ती सबै धर्महरुलाई अरुको सहाराको आवश्यकता हुन्छ अर्थात् तिनीहरुमा परतंत्रता रहन्छ, परन्तु आफ्नो सक्कली धर्ममा कसैको सहायताको आवश्यकता पर्दैन अर्थात् सक्कली धर्ममा स्वतन्त्रता रहन्छ । यसैले प्रेमी हुन्छ भने स्वयं हुन्छ, जिज्ञासु हुन्छ भने स्वयं हुन्छ, सेवक हुन्छ भने स्वयं हुन्छ । यही कारण प्रेमी प्रेम भएर प्रेमास्पदसँग एक हुन्छ, जिज्ञासु जिज्ञासा भएर ज्ञातव्य-तत्वसँग एक हुन्छ र सेवक सेवा भएर सेव्यसँग एक हुन्छ । त्यस्तै, साधक खालि साधनासँग एक भएर साध्यस्वरूप हुन्छ ।

परमात्मप्राप्ति चाहने साधकलाई धन, मान, वड़ाई, आदर, आराम, पाउने इच्छा हुँदैन । यही कारण धन, मान नपाउँदा उसलाई कुनै चिन्ता हुँदैन र यदि प्रारव्धद्वारा पाई नै हाले पनि उसलाई कुनै प्रसन्नता हुँदैन । किनकि उसको ध्येय केवल परमात्मा पाउने मात्रै हुन्छ, धन, मान पाउने हुँदैन । त्यसैले त्यस्तो साधकद्वारा कर्तव्यरूपले मिलेको लौकिक कार्यहरु पनि सुचारुरुपले र पवित्रतापूर्वक  हुन्छन् । परमात्मप्राप्तिको उद्देश्य भएकोले उसका सबै कर्म परमात्माकोलागि नै हुन्छन् । परमात्मप्राप्तिको लक्ष रहँदा संसारमा पराजय, हानि, कष्ट आदि पाउँदा पनि साधकको अन्तःकरणमा स्वाभाविक प्रसन्नता रहन्छ । अनुकूल-प्रतिकूल परिस्थितिहरु उसकोलागि साधन सामग्री हुन्छन् ।

आफ्नो कल्याण चाहने साधकले दृढ निश्चय गरेर आफ्नो स्वधर्म (आफ्नो स्वाभाविक कर्म) को पालनमा तत्परतापूर्वक लाग्दा कुनै कष्ट, दुःख आउँदा पनि ऊ स्वधर्मदेखि विचलित हुँदैन । यति मात्रै होइन, ती दुःख,कष्ट पनि उसलाई  तपस्याले जस्तो प्रसन्न वनाउँछन् ।

शरीरलाई 'म' र 'मेरो मान्दा नै संसारमा राग-द्वेष हुन्छ । राग-द्वेष रहनाले हामीलाई स्वधर्म-परधर्मको ज्ञान हुँदैन । यदि शरीर 'म' (स्वरूप) हुँदो हो त 'म' रहँदा शरीर पनि रहने थियो र शरीर नरहँदा 'म' पनि रहने थिएन । यदि शरीर 'मेरो' भए यो शरीर पाएपछि अरु केही पाउने इच्छा हुनु नपर्ने । इच्छा रहिरहे यो सिद्ध भयो, वास्तवमा 'मेरो' (आफ्नो) वस्तु अझसम्म पाइएको छैन र पाइएको वस्तु पनि आफ्नो होइन ।

शरीरलाई हामी आफूले ल्याएका होइनौं, यहाँवाट जाँदा लिएर जान सक्ने पनि होइनौं, यसलाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्ने पनि होइनौं, अनि यो शरीर 'मेरो' कसरी हुने ? 'शरीर म होइन र शरीर मेरो होइन' भन्ने विवेक हामीलाई हरदम भइ नै रहेको हुन्छ । तर हामीले यो ज्ञानलाई महत्व नदिंदा हाम्रो राग-द्वेष नमेटिएको हो ।  यदि हामीले आफूमा भएको विवेकलाई महत्व दियौं भने वास्तविक तत्वको बोध हुनेछ हामीलाई । बोध भएपछि राग-द्वेष रहँदैनन् । राग-द्वेष नरहेपछि हाम्रो अन्तःकरणमा स्वधर्म-परधर्मको ज्ञान स्वतः प्रकट हुन्छ र त्यही अनुसार हाम्रा चेष्टा (कोशीश)हरु पनि हुन्छन् ।

परधर्मको पालन गर्न अहिले (वर्तमानमा) सजिलो जस्तो भए पनि पछि गएर यो भयावह हुन्छ । 'स्वार्थभाव'लाई त्यागेर अरुको हितकोलागि स्वधर्मको पालन गरे हामीलाई कुनै भय हुने छैन ।
 

परमात्मा र उहाँको अंश (जीवात्मा) 'स्वयं' हो तथा प्रकृति र प्रकृतिको कार्य (शरीर र संसार) 'अन्य' हो । स्वयंको धर्म 'स्वधर्म' हो र अन्यको धर्म 'परधर्म' हो । सूक्ष्म दृष्टिले हेर्ने हो भने निर्विकरता, निर्दोषता, अविनाशिता, नित्यता, निश्कमता, निर्ममता स्वयंका धर्म हुन्, ती सबै 'स्वधर्म' हुन् । उत्पन्न हुने, उत्पन्न भएर रहनु, वदलिनु, वढ्नु, क्षीण हुनु तथा नष्ट हुनु त्यस्तै, भोग र संग्रहको इच्छा, मान-वड़ाईको इच्छा आदि शरीरका धर्म जति 'परधर्म' हुन् । स्वयंमा कहिले, कुनै परिवर्तन हुँदैन, यसैले स्वयंको नाश हुँदैन; तर शरीरमा निरन्तर परिवर्तन भइरहन्छ, यसैले शरीरको नाश हुन्छ । यो दृष्टिले स्वधर्म अविनाशी र परधर्म नाशवान् हो ।
 

त्याग (कर्मयोग), बोध (ज्ञानयोग) र प्रेम (भक्तियोग) -- यी तीनै स्वतःसिद्ध भएकोले स्वधर्म हुन् । स्वधर्ममा अभ्यासको आवश्यकता पर्दैन; किनकि अभ्यास शरीरको सम्बन्धले हुन्छ र शरीरको सम्बन्धले जे जति हुन्छन्, ती सबै परधर्म हुन् । 

योगी हुनु स्वधर्म हो, भोगी हुनु परधर्म हो । निर्लिप्त रहनु स्वधर्म हो, लिप्त हुनु परधर्म हो । सेवा गर्नु स्वधर्म हो, सेवा खोज्नु परधर्म हो । प्रेमी हुनु स्वधर्म हो, रागी हुनु परधर्म हो । निष्काम, निर्मम र अनासक्त हुनु स्वधर्म हो, कामना, ममता र आसक्ति गर्नु परधर्म हो । छोटोमा, प्रकृतिसँगको सम्बन्ध विना (स्वयं)मा हुने सबै 'स्वधर्म' हुन् र प्रकृतिको सम्बन्धले हुने सबै 'परधर्म' हुन् । स्वधर्म चिन्मय-धर्म र परधर्म जडधर्म हो ।

परमात्माको अंश (शरीरी) 'स्व' हो र प्रकृतिको अंश (शरीर) 'पर' हो । 'स्व'का दुई अर्थ हुन्छन् -- (१) 'स्वयं'; (२) 'स्वकीय' अर्थात् परमात्मा । यो दृष्टिले आफ्नो स्वरूपबोधको इच्छा तथा स्वकीय परमात्माको इच्छा -- दुवै स्वधर्म हुन् ।
पुरुष (चेतन)को धर्म हो -- स्वतःसिद्ध स्वाभाविक स्थिति र प्रकृति (जड)को धर्म हो -- स्वतःसिद्ध स्वाभाविक परिवर्तन शीलता । पुरुषको धर्म 'स्वधर्म' र प्रकृतिको धर्म 'परधर्म' हो ।
हामीमा दुई किसिमको इच्छा रहन्छ -- 'सांसारिक' अर्थात् भोग एवं संग्रहको इच्छा र 'परमर्थिक' अर्थात्  आफ्नो कल्याणको इच्छा । भोग र संग्रहको इच्छा 'परधर्म' अर्थात् शरीरको धर्म हो; किनकि असत् शरीरसँग सम्बन्ध जोड्दा नै भोग र संग्रहको इच्छा हुने हो । आफ्नो कल्याणको इच्छा 'स्वधर्म' हो,किनकि परमात्माको नै अंश हुनाले स्वयम्को इच्छा परमात्माको नै हो, संसारको होइन ।

स्वधर्म पालन गर्न मनुष्य स्वतन्त्र छ; किनकि आफ्नो कल्याण गर्न शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिको आवश्यकता छैन, वरु यिनीहरुदेखि विमुख हुने आवश्यकता छ । शरीर आदिको सहायता विना परधर्मको पालन हुने सक्तैन ।

स्वयं परमात्माको अंश हो र शरीर संसारको अंश हो । मनुष्यले परमात्मालाई आफ्नो मान्नु उसकोलागि 'स्वधर्म' हुन्छ, र संसारलाई आफ्नो मान्नु उसकोलागि 'परधर्म' हुन्छ । शरीरसँग आफ्नो सम्बन्ध नमानेर परमात्मप्राप्तिकोलागि साधन गर्ने मनुष्यको त्यो साधन पनि 'स्वधर्म' हुन्छ । नित्यप्राप्त परमात्मा अथवा आफ्नो स्वरूपको अनुभव गर्ने सबै साधनहरु 'स्वधर्म' हुन्, र संसारतिर लैजाने सबै कर्म 'परधर्म' हुन् । यो दृष्टिले हेर्दा, कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनै योगमार्ग सबै मनुष्यको 'स्वधर्म' हुन् । यसको उल्टो शरीरसंग आफ्नो सम्बन्ध मानेर भोग र संग्रहमा लाग्नु मनुष्यको 'परधर्म' हो ।

तीनै शरीर -- स्थूल, सुक्ष्म र कारण -- गरिने तीर्थ, व्रत, दान, तप, चिन्तन, ध्यान, समाधि सबै कर्म सकामभावले अर्थात् आफ़्नोलागि गरे 'परधर्म' हुन्छ र निष्कामभावले अर्थात् अरुको हितकोलागि गरे 'स्वधर्म' हुन्छ । किनभने स्वरूप निष्काम छ र सकामभाव आउने नै प्रकृतिको सम्बन्धले हो ।  त्यसैले कामना हुँदा 'परधर्म' हुन्छ । स्वधर्म मुक्त गर्ने र परधर्म वांधने खालको हुन्छ ।

हाम्रो खास काम हो -- परधर्मदेखि विमुख हुने र स्वधर्मको सम्मुख हुने । यस्तो गर्न हामी (मनुष्य) नै सक्छौं । स्वधर्मको सिद्धिकोलागि नै मनुष्य शरीर मिलेको छ हामीलाई । परधर्म त् अरु योनिहरुमा तथा भोगप्रधान स्वर्गादि लोकहरुमा पनि
अभाव र पराधीनता सँधैकोलागि मेटिन्छ, यही मेटिने क्रिया नै स्वधर्म हो । यस्तो 'स्वधर्म'मा स्थित रहँदा कति नै कष्ट आऊन्, शरीर नै छुटोस्, तैपनि साधकको कल्याण नै हुन्छ । परन्तु परधर्मको सम्बन्धमा सुख-सुबिधा भए पनि त्यो भयावह अर्थात् वारम्वार जन्म-मरणमा पार्ने खालको हुन्छ ।
संसारमा हुने जति सबै दुःख, शोक, चिन्ता सबै   
संसारमा हुने जति सबै दुःख, शोक, चिन्ता सबै परधर्मको आश्रय लिंदा नै हुन्छन् । परधर्मको आश्रय छोडेर स्वधर्मको आश्रय लिंदा सदैव, सर्वथा, सर्वदा रहने आनन्दको प्राप्ति हुन्छ ।

128. No. 95 श्लोक ३४ इन्द्रिय-इन्द्रियको अर्थमा (प्रत्येक इन्द्रियको प्रत्येक विषयमा)

No. 95 

श्लोक ३४

इन्द्रिय-इन्द्रियको अर्थमा (प्रत्येक इन्द्रियको प्रत्येक विषयमा) व्यक्तिको राग र द्वेष व्यवस्थाले नै अनुकूलता र प्रतिकूलतालाई लिएर रहन्छ । मनुष्यले  ती दुईको वशमा पर्नु हुन्न; किनकि ती दुई नै मनुष्यको पारमार्थिक मार्गमा बिघ्न पार्ने शत्रु हुन् ।
 
प्रत्येक इन्द्रिय (कान, छाला, आँखा, रसना (जीव्रो) र प्राण)का प्रत्येक विषय (शब्द, स्पर्श, रुप, रस र गन्ध) मा अनुकूलता प्रतिकूलताको मान्यतावाट मनुष्यको राग द्वेष हुन्छ । कुनै इन्द्रियको विषयमा अनुकूलताको भाव छ भने त्यो व्यक्तिको त्यो विषयमा 'राग' हुन्छ र प्रतिकूलताको भाव छ भने त्यो विषयमा द्वेष हुन्छ ।
 
खासै हेर्ने हो भने राग-द्वेष इन्द्रियको विषयमा रहँदैनन् ।  राग-द्वेष त हाम्रो आफ्नो अनुकूलता र प्रतिकूलताको भावमा रहन्छन्, अर्थात्, सबै विषय आफ्नो अनुकूलता या प्रतिकूलताको भावले राम्रा अथवा नराम्रा लाग्छन् । अर्को शब्दमा, हामी विषयमा आफ्नो अनुकूल या प्रतिकूल भाव गरेर, तिनलाई राम्रो अथवा नराम्रो मानेर राग-द्वेष गर्छौं । यसैले भगवानले  राग-द्वेषलाई प्रत्येक इन्द्रियको प्रत्येक विषयमा रहने भन्नुभएको छ ।

वास्तवमा, राग-द्वेष मानिएको 'अहम्' (म-पना)मा रहन्छ । शरीरसँग मानिएको सम्बन्धलाई नै 'अहम्' भनिन्छ । शरीरसँग मानिएको सम्बन्ध रहुन्जेल राग-द्वेष रहन्छ, र ती राग-द्वेष बुद्धि, मन, इन्द्रियहरु र इन्द्रियहरुका विषयमा देखिन्छ । राग-द्वेषको स्थूल रुप नै काम र क्रोध हो । यही अध्यायको  अर्को प्रसंगमा भगवान भन्नुहुन्छ, यो 'काम ' इन्द्रियहरु, मन र बुद्धिमा रहन्छ । विषयहरु जस्तो इन्द्रियहरू, मन र बुद्धिमा 'काम' देखिनुको कारण नै भगवानले  यिनलाई (इन्द्रियहरु, मन, बुद्धि) कामको निवास हुने स्थान वताउनु भएको हो । विषयहरुमा राग-द्वेषको प्रतीति मात्र भए जस्तै इन्द्रियहरु, मन, बुद्धिमा पनि राग-द्वेषको प्रतीति मात्र हुन्छ । यी इन्द्रियहरु, मन र बुद्धि त् केवल कर्म गर्ने करण (औजार) हुन् । यिनमा काम-क्रोध अथवा राग-द्वेष नै कहाँ हुन्छन् र ?
यही सन्दर्भमा भगवान हामीलाई आश्वस्त पार्नुहुन्छ, राग-द्वेषको वृत्ति उत्पन्न भएपछि हामीले साधन र साध्यवाट कहिले निराश हुनु हुँदैन, वरु राग-द्वेषको वृत्तिको वशीभूत भएर हामीले त्यो राग-द्वेषलाई कुनै कार्यमा प्रवृत्त अथवा निवृत्त  हुन दिनु हुन्न । कर्ममा हाम्रो प्रवृत्ति अथवा  निवृत्ति शास्त्र अनुसार हुनुपर्छ । यदि राग-द्वेष लिएर नै कर्ममा हाम्रो प्रवृत्ति या निवृत्ति हुन्छ भने हामी राग-द्वेषको वशमा छौं । रागपूर्वक प्रवृत्ति या निवृत्ति हुँदा राग पुष्ट हुन्छ, र द्वेषपूर्वक प्रवृत्ति या निवृत्ति हुँदा 'द्वेष' पुष्ट हुन्छ । यसरी राग-द्वेष पुष्ट भएको फलस्वरूप व्यक्तिको (हाम्रो) पतन नै हुन्छ ।
 
साधकले संसारको काम छोडेर भगवानमा लाग्दा उसमा  संसारका अनेक राम्रा र नराम्रा स्फूरणाहरु उत्पन्न हुन्छन् । यसो हुँदा ऊ आत्तिन्छ । यहाँ भगवान साधकलाई भन्नुहुन्छ, 'तिमीले यी स्फूरणाहरुदेखि डराउनु हुँदैन ।' किनकि यी स्फूरणाहरुको वास्तवमा सत्ता नै छैन । किनकि यिनीहरुको उत्पत्ति हुन्छ । यो सिद्धान्त नै हो, उत्पत्ति भएको वस्तुको नाश अवश्य हुन्छ । साँच्चै विचार गर्दा, स्फूरणा आइरहेका हैनन्, गइरहेका छन् । किनभने, संसारको काम गर्दा मौका नपाएकाले ती स्फूरणाहरु दविइरहन्छन् । हामीलाइ  संसारको कामवाट फुर्सत हुने वित्तिकै पुराना संस्कारहरु स्फूरणाको रूपमा वाहिर आउँछन् । अतः साधकले यी राम्रा, नराम्रा स्फूरणाहरुसँग पनि राग-द्वेष गर्नु हुन्न, सावधानीसँग यिनीहरुको उपेक्षा गर्नुपर्छ । यही किसिमले उसले पदार्थ, व्यक्ति, विषय आदिमा पनि राग-द्वेष गर्नुहुन्न ।
 
राग-द्वेषको वशमा परेर कर्म गर्यो भने राग-द्वेष पुष्ट हुन्छन् र अशुद्ध प्रकृति (स्वभाव)को रूप लिन्छ । प्रकृति अशुद्ध भएपछि प्रकृतिको अधीनता रहन्छ । यस्तो अशुद्ध प्रकृतिको अधीनतावाट हुने कर्मले व्यक्तिलाई बाँध्छन् । यही प्रसंगमा भगवान हामीलाई भन्नुहुन्छ, 'साधकले मेरो मत अनुसार कर्म गरे उसले रागद्वेषलाई सजिलैसंग हटाउन सक्छ अर्थात् साधकले सम्पूर्ण कर्महरु र आफूलाई पनि भगवदर्पण गरिदिनु र यस्तो मान्नु, 'कर्म मेरोलागि होइन, खालि भगवानकोलागि हो । जसवाट कर्महरु हुन्छन्, ती शरीर, इन्द्रियहरु, मन,  पनि भगवानका नै हुन्; र म पनि भगवानको नै हुँ ।' यसरी निष्काम, निर्मम, र निःसन्ताप भएर कर्तव्य-कर्म गरे राग-द्वेष हट्छन् । यस्तो प्रकारले भगवानको मत अर्थात् सिद्धान्त ध्यानमा राखेर कुनै कार्यमा प्रवृत्त या निवृत्त हुनुपर्छ ।
 
सम्पूर्ण सृष्टि प्रकृतिको कार्य हो र शरीर प्रकृतिको एक अंश हो । शरीरप्रति हाम्रो ममता रहुन्जेल राग-द्वेष रहन्छ हामीमा अर्थात् हामीहरु रुचि अथवा अरूचिपूर्वक वस्तुहरु लिने र छोड्ने गरिरहन्छौं । यो रुचि-अरुचि नै राग-द्वेषको सूक्ष्म रुप हो । रागद्वेषपूर्वक प्रवृत्ति या निवृत्ति हुँदा राग-द्वेष वलिया हुन्छन्, तर शास्त्रलाई आफ्नो अगाडि राखेर कुनै कर्ममा प्रवृत्ति या निवृत्ति भयो भने राग-द्वेष हट्छन् । किनकि शास्त्र अनुसार कर्म गर्दा  आफ्नो रुचि या अरुचिको मुख्यता रहँदैन । जीवन्मुक्त महापुरुष पनि शास्त्र-मर्यादालाई नै आदर गर्छन् । अतः हामीले सम्पूर्ण कर्म शास्त्रको आज्ञा अनुसार नै गर्नुपर्छ ।
 
राग-द्वेषदेखि सर्वथा रहित महापुरुषको अन्तःकरण अत्यन्त शुद्ध र निर्मल भएको हुँदा उसमा स्वतः वेदहरुको अर्थ प्रकट हुन्छ । उसको  अन्तःकरणमा आएका कुराहरु शास्त्र अनुकूल नै हुन्छन् । उसवाट हुने सबै क्रियाहरु निषिद्ध हुँदै हुँदैनन् । उसको स्वभाव नै स्वतः शास्त्र अनुसार वन्छ । यही कारणले यस्ता महापुरुषका आचरण र वचन अरु  मनुष्यहरुकोलागि आदर्श हुन्छ । त्यस्ता महापुरुषका आचरण र वचन अनुसार चल्यो भने पनि साधकको राग-द्वेष हट्छ ।
कसैको यस्तो विचार पनि हुन्छ, राग-द्वेष अन्तःकरणको धर्म हो; त्यसैले यिनलाई हटाउन सकिंदैन । तर यो कुरा होइन । वास्तवमा राग-द्वेष अन्तःकरणका विकार हुन्, धर्म होइनन् । यदि राग-द्वेष अन्तःकरणका धर्म हुँदा हुन् त अन्तःकरण जाग्रत रहँदा राग-द्वेष पनि रहनुपर्ने अर्थात् राग-द्वेषको प्रतीति सँधै हुनुपर्ने । तर राग-द्वेषको प्रतीति सँधै नभएर कहिले काहिं मात्रै हुन्छ । साधन गरेपछि राग-द्वेष विस्तारै कम पनि हुन्छन् । कम हुने वस्तु मेटिइन्छ । त्यसैले यो मान्नुपर्छ, राग-द्वेष अन्तःकरणका धर्म होइनन् । भगवानले पनि राग-द्वेषलाई मनमा रहने भन्नुभएको छ, अर्थात्, यी मनमा आउने भएकाले सँधै रहिरहने होइनन् । अझ भगवानले त राग-द्वेषलाई विकार पनि भन्नुभएको छ ।
 
प्रकृति जड र पुरुष (चेतन) -- दुवै छुट्टा छुट्टै छन् । यी दुइको विवेक स्वतः सिद्ध छ । पुरुष यो विवेकलाई महत्व नदिएर प्रकृतिजन्य शरीरसँग एकता गर्छ र आफूलाई एकदेशीय मान्छ । यो जड-चेतनको तादात्म्यलाई नै 'अहम्' (म) भनिन्छ, र यही 'अहम्'मा राग-द्वेष हुन्छ र राग-द्वेषले अहम् ता पुष्ट हुन्छ । यही राग-द्वेष बुद्धिमा प्रतीत हुन्छ, जसले गर्दा मनलाई अनुकूल कुराहरु प्रिय र मनलाई प्रतिकूल कुराहरु अप्रिय लाग्छन् । त्यसपछि यही राग-द्वेष इन्द्रियहरुमा देखिन्छन्, जसले गर्दा इन्द्रियहरुलाइ अनुकूल विषय प्रिय र प्रतिकूल विषय अप्रिय लाग्छन् । यही राग-द्वेष इन्द्रियहरुका विषयहरुमा (शब्द, स्पर्श, रुप, रस, गन्ध) आफ्नो अनुकूल र प्रतिकूल भावनालाई लिएर प्रतीत हुन्छन् । त्यसपछि जड-चेतनको ग्रन्थिरूप अहंता (म-पना) मेटिएपछि राग-द्वेषको सर्वथा अभाव हुन्छ; किनकि 'अहंता'मा नै राग-द्वेष टिकेको हुन्छ ।
 
म सेवक हुँ, म जिज्ञासु हुँ, म भक्त हुँ -- यी सेवक, जिज्ञासु र भक्त जेमा रहन्छन्, त्यही 'म'मा राग-द्वेष पनि  रहन्छन् । राग-द्वेष न केवल जडमा रहन्छन्, न केवल चेतनमा, यिनीहरु जड-चेतनको मानिएको सम्बन्धमा रहन्छन् । जड-चेतनको मानिएको सम्बन्धमा रहे पनि यी मुख्यतया जडमा रहन्छन् । जड-चेतनको तादात्म्यमा जडको आकर्षण जड अंशमा नै रहन्छ, तर तादात्म्य भएकोले त्यो आकर्षण चेतनमा देखिन्छ । जडको आकर्षण नै राग हो । अतः शरीर (जड)लाई नै आफ्नो स्वरूप मान्ने साधकलाई राग-द्वेष हटाउन गाहारो हुन्छ । तर चेतन-स्वरूपतिर दृष्टि रहँदा साधकलाई राग-द्वेष हटाउन गाहारो लाग्दैन । किनकि राग-द्वेष स्वतःसिद्ध छैन, खालि जड(असत्)को सम्बन्धवाट उत्पन्न हुने हुन् ।
सत्संग, भजन, ध्यानमा 'राग' भए संसारसँग द्वेष हुन्छ । तर 'प्रेम' भए संसारसँग द्वेष हुँदैन, वरु संसारको उपेक्षा (विमुखता) हुन्छ । संसारको कुनै वस्तुमा राग भएपछि अर्को विषयमा द्वेष हुन्छ, तर भगवानमा प्रेम भएपछि संसारसँग वैराग्य हुन्छ । वैराग्य भएपछि संसारसँग सुख लिने भावना समाप्त हुन्छ र संसारको सेवा स्वतः हुन्छ । यसवाट शरीर, इन्द्रीयहरू, मन र बुद्धि सँगसँगै 'अहम्' पनि स्वतः संसारको सेवामा लाग्छ । परिणामस्वरूप शरीर आदिसँग पनि सम्बन्ध विच्छेद भएपछि अहम् मा रहने राग-द्वेष सर्वथा नष्ट हुन्छ ।
 
मनुष्यका क्रियाहरु स्वभाव अथवा सिद्धान्तलाई लिएर हुन्छन् । केवल आध्यात्मिक उन्नतिकोलागि कर्म गर्नु सिद्धान्तलाई लिएर कर्म गर्नु हो । स्वभाव दुई किसिमका हुन्छन् -- (१) रागद्वेषरहित (शुद्ध) र (२) राग-द्वेषयुक्त (अशुद्ध) । स्वभाव एकदमै मेट्न त सकिंदैन, तर त्यो स्वभावलाई शुद्ध वनाउन अर्थात् रागद्वेषरहित वनाउन सकिन्छ । हाम्रा स्वाभाविक कर्मको प्रवाह त मेट्न सकिंदैन, तर त्यो प्रवाहलाई वदल्न सकिन्छ, अर्थात् त्यो कर्मलाई राग-द्वेषरहित वनाउन सकिन्छ । गीताको मार्मिक सिद्धान्त नै यही हो । रागद्वेष अनुसार हुने जति क्रियाहरुमा प्रवृत्ति र निवृत्ति भन्दा पनि राग-द्वेष नै वाधक हुन् । यही कारण भगवानले राग-द्वेषको त्यागीलाई नै सच्चा त्यागी भन्नुभएको हो । हामीहरु धेरै जसालाई राग-द्वेषतिर ध्यान नगएकोले हाम्रो प्रवृत्ति र निवृत्ति पनि  राग-द्वेषपूर्वक हुन्छ । त्यसैले राग-द्वेषरहित हुन हामीले सिद्धान्तलाई  आफ्नो विचारमा राखेर नै सबै कर्महरु गर्नुपर्छ । त्यसपछि हाम्रो स्वभाव स्वतः सिद्धान्त अनुरूप र शुद्ध हुनेछ ।

राग- द्वेषयुक्त स्फूरणाहरु उत्पन्न भएपछि ती स्फूरणा अनुसार कर्म गर्दा राग-द्वेष पुष्ट हुन्छन् र ती स्फूरणा अनुसार कर्म नगरेर सिद्धान्त अनुसार कर्म गरे राग-द्वेष मेटिन्छन् ।

मनको शुभ अथवा अशुभ स्फूरणामा राग-द्वेष हुनु हुँदैन । हामीले आफ्नो मनमा हुने स्फूरणाहरुलाई स्वयंमा नमानेर ती स्फूरणाहरुसँग कुनै पनि सम्बन्ध नाजोड़ने, ती स्फूरणालाई समर्थन पनि नगर्ने, विरोध पनि नगर्ने। 

यदि हामी आफूलाई राग-द्वेषको निवारण गर्न असमर्थ ठान्छौं भने हामीले सर्वसमर्थ परम प्रभुको शरणमा जानुपर्छ । त्यसो गरे प्रभुको  कृपाले राग-द्वेष हट्न सक्छ र परम शान्ति प्राप्त हुन्छ। मानिएको 'अहं' सहित शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण र संसारिक पदार्थहरु सबै भगवानका नै हुन् भन्ने मान्नु नै भगवानको शरण हुनु हो । त्यसपछि भगवानको प्रसन्नताकोलागि, भगवानवाट प्राप्त भएको सामग्रीले भगवानका नै सन्तानको सेवा गरिदिने हो र त्यो सेवाको वदलामा आफूले केही नचाहने हो । 

निष्कामभावपूर्वक हुने संसारको सेवा नै  राग-द्वेष हटाउने उत्तम उपाय हो । हाम्रो स्थूल, सूक्ष्म र कारण शरीरदेखि लिएर मानिएको 'अहं'सम्मको सम्पूर्ण वस्तु संसारको सेवामा लगाइदिने हो । किनकि यी सबै पदार्थ संसारका नै हुन्, संसारदेखि अभिन्न हुन् । यी पदार्थहरुलाई संसारदेखि छुट्टै (आफ्नो) मान्नु नै बन्धन हो । स्थूल-शरीरका क्रियाहरु र पदार्थहरुको सुख, सूक्ष्म शरीरका चिन्तनको सुख र कारण शरीरको स्थिरताको सुख हामीले लिनु हुँदैन । वास्तवमा मनुष्य शरीर आफ्नो सुखकोलागि हुँदै होइन । 

अर्को कुरा, हाम्रो शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदिवाट जुन संसारको सेवा हुन्छ, ती सबै पदार्थ पनि संसारका नै अंश हुन् ।संसार त हाम्रो होइन भने संसारको अंश आफ्नो कसरी हुन सक्छ ? यी शरीर र पदार्थलाई आफ्नो मान्दा साँचो सेवा हुन सक्तैन हामीवाट । किनकि यिनीहरुलाई आफ्नो मान्दा नै हामीमा ममता र स्वार्थभाव उत्पन्न हुन्छ । त्यसैले संसारको पदार्थ संसारको नै मानेर कर्मयोग हुनसक्छ ।

Wednesday, 23 July 2014

127. No. 94 श्लोक ३२ अहिले गीताको तेस्रो अध्यायको प्रसंग चलिरहेको छ ।

No. 94

अहिले गीताको तेस्रो अध्यायको प्रसंग चलिरहेको छ । हजुरहरुले यो लेख पढ्दा गीताको सानो पुस्तक (छोटो अर्थ भएको, संस्कृत शब्द पनि छुट्टयाइएको) लिए हजुरहरुलाई सजिलो हुनेछ ।
श्लोक ३२
परन्तु मेरो यो मतलाई दोष दृष्टिले हेर्दै यसको अनुष्ठान नगर्ने मनुष्यलाई सम्पूर्ण ज्ञानहरुमा मोहित भन्ने  जाने हुन्छ । ती मनुष्यहरुलाई तिमीले नष्ट भएकै सम्झे हुन्छ, किनकि तिनीहरुको पतन नै हुन्छ ।
जस्तो संसारका स्वार्थी व्यक्तिहरु चाहन्छन् , 'मलाई सबै पदार्थ मिलून,त्यस्तै भगवान पनि समस्त कर्महरु मलाइ नै अर्पण गरियोस्, मलाई नै स्वामी मानियोस्' भन्ने कसैले ठान्छ भने 'भगवान'लाई  दोष लगाउनु हो ।

'कामना नगरी संसारमा कसरी काम चल्छ ? ममताको सर्वथा त्याग हुनै सक्तैन, राग-द्वेष आदि विकारहरुदेखि रहित हुनु असम्भव छ' -- यस्तो मान्नु भगवानको मतमा दोषारोपण गर्नु हो ।
भोग र संग्रहको इच्छा भएका मनुष्यहरू शरीर आदि पदार्थहरुलाई आफ्नो र आफ़्नोलागि मान्छन् र समस्त कर्म आफ़्नोलागि नै गर्छन् । त्यस्ता व्यक्तिहरु भगवानको मत अनुसार व्यवहार गर्दैनन् ।   
भगवानको मत अनुसरण नगर्ने मनुष्यहरू सबै प्रकारका संसारिक ज्ञानहरु (विद्याहरु, कलाहरु) मा मोहित रहन्छन् । उनीहरु नयाँ नयाँ आविष्कारहरुमा, बिभिन्न शिल्पकलाहरुमा, यस्तै संसारी ज्ञान जान्नमा नै लागिरहन्छन् । 'जे हो, यही हो' भन्ने निश्चय उनीहरुको हुन्छ । यस्ता व्यक्तिहरुलाई सम्पूर्ण ज्ञानहरुमा मोहित भन्नुहुन्छ भगवान ।
भगवानको मतको अनुसरण नगर्ने मनुष्यहरुमा सत्-असत्, सार-असार,धर्म-अधर्म, बन्धन-मोक्ष आदि पारमार्थिक कुराहरुको पनि ज्ञान (विवेक) हुँदैन । उनीहरुमा चेतनता हुँदैन, उनीहरु पशु जस्तो बेहोश रहनछन् । उनीहरु व्यर्थ आशा, व्यर्थ कर्म र व्यर्थ ज्ञान भएका विक्षिप्त मूढ व्यक्ति हुन्छन् ।
मनुष्य शरीर पाएर पनि भगवानको मत अनुसार नचल्ने मनुष्यलाई नष्ट नै सम्झनु पर्छ । किनकि त्यस्ता व्यक्तिको पतन नै हुन्छ ।
मनुष्यजीवनमा अन्तकालसम्म मुक्तिको सम्भावना रहन्छ । अतः जो मनुष्य वर्तमानमा भगवानको मतको अनुसरण गर्दैनन्, ती पनि भविष्यमा सत्सँग, आदिको प्रभावले भगवानको मतको अनुसरण गर्न सक्छन् । तर त्यस्ता मनुष्यको भाव वर्तमानमा जस्तै भविष्यमा पनि वनिरहे त तिनीहरुलाई पनि नष्ट भएका नै मान्नुपर्छ ।
भगवानको मत नमान्ने मनुष्य समस्त कर्म राग द्वेषपूर्वक  नै गर्छ । राग र द्वेष -- दुवै मनुष्यका महान् शत्रु हुन् । नाशवान भएकाले पदार्थ र कर्म त सँधै रहँदैनन्, तर राग-द्वेषपूर्वक कर्म गर्दा मनुष्य तादात्म्य, ममता र कामनाले आवद्ध भएर वारंवार नीच योनिहरुमा र नरकहरुमा गैरहंछ ।
यदि साधकले भगवानको मत मानेर अनुष्ठान गर्छ भने भगवान उसमा  आफूलाई  नै समर्पित गरिदिनु हुन्छ ।    

श्लोक ३३
सम्पूर्ण प्राणीहरु प्रकृतिवाट उत्पन्न हुन्छन् । ज्ञानी महापुरुष पनि आफ्नो प्रकृति अनुसार नै चेष्टा गर्छन् । फेरि यसमा कसको हठले के गर्न सक्छ ?
संसारमा हुने जति सबै कर्महरु स्वभाव अथवा सिद्धान्तको आधारमा नै हुन्छन् । स्वभाव दुई प्रकारका हुन्छन् -- राग-द्वेषरहित र राग-द्वेषयुक्त । जस्तो, सडकमा हिंड्दा हामी कुनै सूचना पढ्छौं, त्यो वेला हामीमा न राग हुन्छ, न द्वेष हुन्छ । तर, कुनै मित्रको पत्र पढ्दा हामीलाई राग हुन्छ र कुनै शत्रुको पत्र पढदा हामीलाई द्वेष हुन्छ । कुनै सद्ग्रंथ पढ्दा हामी सिद्धान्तद्वारा पढ्छौं । मनुष्य-जन्म परमात्म प्रप्तिकोलागि हो, त्यसैले परमात्म प्राप्तिको उद्देश्यले कर्म गर्नु पनि सिद्धान्त अनुसार कर्म गर्नु हो ।
यसै गरी हेर्नु, सुन्नु, सुँघ्नु, स्पर्श गर्नु आदि क्रियाहरु स्वभाव र सिद्धान्त दुवैवाट हुन्छन् । राग-द्वेषरहित स्वभाव दोषी हुँदैन, वरु राग-द्वेषयुक्त स्वभाव दोषी हुन्छ । राग-द्वेषपूर्वक हुने क्रियाहरुले व्यक्तिलाई बाँध्छन्; किनकि राग-द्वेषले स्वभाव अशुद्ध पार्छन् र सिद्धान्तद्वारा हुने क्रियाहरुले उद्धार गर्छन्, किनभने सिद्धान्तले स्वभाव शुद्ध वनाउँछन् । स्वभाव अशुद्ध भएको कारणले नै संसारसंग मानिएको सम्बन्ध-विच्छेद हुँदैन । शुद्ध स्वभाव द्वारा संसारसँग मानिएको सम्बन्धको त्याग सजिलोसँग हुन्छ ।
   
ज्ञानी महापुरुषको आफ्नो भनिने शरीरद्वारा स्वतः क्रियाहरु हुन्छन्, किनकि यसमा कर्तृत्वाभिमान हुँदैन । परमात्मप्राप्ति चाहने साधकका क्रियाहरु सिद्धान्त अनुसार हुन्छन्। जस्तो लोभी व्यक्ति 'घाटा नलागोस्' भनेर सँधै सावधान रहन्छ, त्यस्तै साधक पनि कहिं कुनै क्रिया रागद्वेषपूर्वक होला कि भनेर सावधान रहन्छ । यस्तो सावधानी हुँदा साधकको स्वभाव छिट्टै शुद्ध हुन्छ र पछि गएर ऊ कर्म-बन्धनदेखि मुक्त हुन्छ ।

सम्पूर्ण क्रियाहरु प्रकृतिद्वारा नै हुन्छन्, तैपनि अज्ञानी पुरुष ती क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्छ र आफूलाई ती क्रियाहरुको कर्ता मान्छ । पदार्थहरु र क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्दा नै राग-द्वेष उत्पन्न हुन्छन्, यही राग-द्वेषवाट जन्म-मरण हुन्छ । परन्तु प्रक्रितिसंग सम्बन्ध नमान्ने साधक आफूलाई सँधै अकर्ता नै अनुभव गर्छ ।
स्वभावमा मुख्य दोष प्राकृत पदार्थहरुको राग नै हो । स्वभावमा राग रहुन्जेल अशुद्ध कर्म भइरहन्छन् ।  
राग मानिएको अहम् मा रहन्छ र मन, बुद्धि, इन्द्रियहरु र इन्द्रियहरुको विषयमा देखिन्छ ।
अहम् दुइ किसिमको हुन्छ ----

(१) चेतन द्वारा जडसँग मानिएको सम्बन्धले हुने तादात्म्यरूप 'अहम्'
(२)  जड प्रकृतिको धातुरूप 'अहम्'
जड प्रकृतिको धातुरूप 'अहम्' मा कुनै दोष छैन; किनकि यो 'अहम्' मन, बुद्धि, इन्द्रियहरु आदि जस्तो एउटा करण नै हो । यसैले सम्पूर्ण दोष मानिएको 'अहम्' मा छ । ज्ञानी महापुरुषमा तादात्म्यरूप 'अहम्'को सर्वथा अभाव हुन्छ; अतः उसको भनिने शरीरद्वारा हुने समस्त क्रियाहरु प्रकृतिको धातुरूप 'अहम्' वाट नै हुन्छ । वास्तवमा समस्त प्राणीहरुको सबै क्रियाहरु यही धातुरूप 'अहम्' द्वारा नै हुने हो, तर जड शरीरलाई 'म' र 'मेरो' मान्ने अज्ञानी पुरुष ती क्रियाहरुलाई आफ्नो तथा आफ़्नोलागि मान्छ र बाँधिन्छ । किनकि क्रियाहरुलाई आफ्नो र आफ़्नोलागि मान्दा नै राग हुने हो ।
ज्ञानी महापुरुषको अन्तःकरणमा राग-द्वेष नरहने हुँदा उसको प्रकृति निर्दोष हुन्छ । यसैले,
ज्ञानी महापुरुष प्रकृतिको वशीभूत हुँदैन, तैपनि ऊ आफ्नो प्रकृति अनुसार नै चेष्टा गर्छ ।
भगवान पनि आफ्नो प्रकृति (स्वभाव)लाई वशमा गरेर जुन योनिमा अवतार लिनुहुन्छ, त्यही योनिको चेष्टा अनुसार व्यवहार गर्नु हुन्छ । उहाँको अवतारी शरीरहरुमा पनि वर्ण, योनि अनुसार स्वभावको भिन्नता रहन्छ, तर परवशता रहँदैन । तर प्रकृतिसँग सम्बन्ध-विच्छेद नभएका मनुष्यको प्रकृतिमा भिन्नता र परवशता रहिरहन्छ ।
ज्ञानी महापुरुषको प्रकृति निर्दोष हुने भएकोले उ प्रकृतिको वशमा हुँदैन, वरु प्रकृति उसको वशमा हुन्छ । कर्मलाई फल दिने वनाउने नै कर्तृत्वाभिमान र स्वार्थ बुद्धिले हो । ज्ञानी महापुरुषमा कर्तृत्वाभिमान र स्वार्थ बुद्धि हुँदैन । ऊवाट चेष्टा मात्रै हुन्छ । बन्धन गराउने कर्मले हो, चेष्टा र क्रियाले होइन । उसको स्वभाव यति शुद्ध हुन्छ, ऊवाट हुने क्रियाहरु पनि महान् शुद्ध एवं साधकहरुकोलागि आदर्श हुन्छ ।
पहिलेको अथवा वर्तमान जन्मको संस्कार, माता-पिताको संस्कार, वर्तमानको संग, शिक्षा, वातावरण, अध्ययन, उपासना, चिन्तन, क्रिया, भाव अनुसार स्वभाव वन्छ । यो स्वभाव सबै मनुष्यमा भिन्न भिन्न हुन्छ र स्वभावलाई निर्दोष वनाउनमा सबै स्वतन्त्र छन् । व्यक्तिगत स्वभावको भिन्नता ज्ञानी पुरुषहरुमा पनि रहन्छ । चेतनमा भिन्नता हुँदैन र प्रकृति (स्वभाव)मा भिन्नता रहन्छ । प्रकृतिको स्वभाव नै विषम हो । जस्तो एकै जातिको भए पनि वृक्षहरुमा भेद रहन्छ, त्यस्तै प्रकृति (स्वभाव) शुद्ध हुँदा पनि ज्ञानी महापुरुषहरुमा प्रकृतिको भेद रहन्छ ।
ज्ञानी महापुरुषको स्वभाव शुद्ध (राग-द्वेषरहित) हुन्छ; अतः ऊ प्रकृतिको वशमा हुँदैन । तर अशुद्ध (राग-द्वेषयुक्त) स्वभाव भएका व्यक्तिहरु आफैंले वनाएको परवशताद्वारा वाध्य भएर कर्म गर्छन् ।
 जसको स्वभाव महान् शुद्ध एवं श्रेष्ठ छ, तिनका क्रियाहरु पनि आफ्नो आफ्नो प्रकृति अनुसार नै हुने गर्छ । त्यस्तै, जसको स्वभाव अशुद्ध छ, ती व्यक्तिहरुका क्रियाहरु पनि उनीहरुको प्रकृति अनुसार नै हुन्छ । यो विषयमा हठ गर्ने कुनै काम छैन । जसको जस्तो स्वभाव छ, उसले त्यही स्वभाव अनुसार नै कर्म गर्नु पर्छ । यदि स्वभाव अशुद्ध भए उसलाई अशुद्ध कर्महरुमा र शुद्ध भए शुद्ध कर्महरुमा लगाइन्छ ।
अर्जुनले हठपूर्वक युद्धरुप कर्तव्य-कर्म छोड्न चाहेका छन्, त्यसैले भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिम्रो स्वभाव तिमीलाई वलपूर्वक युद्धमा लगाउने छ; किनकि तिम्रो स्वभावमा क्षात्र कर्म गर्ने प्रवाह छ । यसैले स्वाभाविक कर्महरुवाट बाँधिएका तिमी परवश भएर युद्ध गर्नेछौ अर्थात् यसमा तिम्रो हठले काम गर्दैन ।
   
ज्ञानी महापुरुषद्वारा आफ्नो शुद्ध प्रकृति विपरीत कुनै पनि चेष्टा हुँदैन । अशुद्ध प्रकृति भएका व्यक्तिहरुको स्वभाव विग्रेको गाडीको जस्तो हुन्छ । विग्रेको गाडी सुधार्ने दुई उपाय छन् -- (१) गाडीलाई आफैं ठिक गर्ने र (२) गाडीलाई कारखानामा पुर्याउने । त्यस्तै, अशुद्ध प्रकृति सुधार्ने पनि दुई तरिका छन् -- (१) राग-द्वेषले रहित भएर कर्म गर्ने, (२) भगवानको शरणमा जाने । यदि गाडी राम्ररी चल्छ भने हामी गाडीको वशमा छैनौं र यदि गाडी विग्रिएको छ भने हामी गाडीको वशमा छौं ।
त्यस्तै ज्ञानी महापुरुष उसको प्रकृति शुद्ध भएकोले प्रकृतिको वशमा हुँदैन, र अज्ञानी पुरुष उसको प्रकृति अशुद्ध भएकोले प्रकृतिको वशमा हुन्छ ।
बुद्धिमा जडताको महत्व (सांसारिक भोग र संग्रह) भएको व्यक्ति कति नै विद्वान् किन नहोस्, उसको पतन अवश्य नै हुन्छ । तर जसको बुद्धिमा जडताको महत्व छैन र भगवतप्राप्तिको नै उद्देश्य छ, यस्तो मनुष्य विद्वान् नभए पनि उसको उत्थान भएर नै छोडछ । किनकि भोगको उद्देश्य  नभएर केवल परमात्मप्राप्तिको उद्देश्य भएको व्यक्तिको समस्त भाव, विचार, कर्म उसको उन्नतिमा सहायक हुन्छन् । अतः हामीमा सवभन्दा पहिले परमात्मप्राप्तिको उद्देश्य हुनु पर्छ, फेरि त्यो उद्देश्यको सिद्धिकोलागि राग-द्वेषदेखि रहित भएर कर्तव्य-कर्म गर्नुपर्छ । राग-द्वेषदेखि रहित हुने सजिलो उपाय हो -- पाइएका शरीर आदि पदार्थहरुलाई आफ्नो र आफ़्नोलागि नमान्दै अरुको सेवामा लगाइदिने र त्यसको वदलामा केही पनि नचाहने ।     
   
यदि हामीलाई प्रकृतिको वशमा नहुने इच्छा छ भने हामीले कुनै आदर्श आफ्नो मनमा राखेर कर्तव्य-कर्म गर्नुपर्छ । आदर्श दुई हुन सक्छन् -- (१) भगवानको मत (सिद्धान्त) र (२) श्रेष्ठ महापुरुषहरुको आचरण । आदर्श मनमा राखेर कर्म गर्ने मनुष्यको आचरण शुद्ध हुन्छ र नित्यप्राप्त परमात्मतत्वको अनुभव हुन्छ । यसको उल्टो, आदर्शलाई मनमा नराखेर कर्म गर्ने मनुष्य राग-द्वेषपूर्वक नै सबै कर्म गर्छ, जसवाट राग-द्वेष पुष्ट हुन्छ र त्यो व्यक्तिको पतन हुन्छ ।
हामी नदीको प्रवाहलाई रोक्न त सक्तैनौं, तर त्यसको प्रवाहलाई नहर वनाएर मोड्न सक्छौं,त्यस्तै हामी कर्मको प्रवाहलाई रोक्न सक्तैनौं, तर त्यसको प्रवाहलाई मोड्न सक्छौं । निःस्वार्थभावले केवल अरुको हितकोलागि कर्म गर्नु नै कर्महरुको प्रवाहलाई मोड्नु हो । आफ्नोलागि अलिकति पनि कर्म गरे कर्मको प्रवाह नमोडिने हुन्छ । तात्पर्य, केवल अरुको हितकोलागि कर्म गर्दा कर्महरुको प्रवाह संसार तर्फ हुन्छ, साधक कर्म बन्धनदेखि मुक्त हुन्छ ।
ज्ञानी महापुरुषले व्यवहार गर्दा पनि उसको स्वभावको अनुसार नै गर्छ । किनकि कारणहरु विना कोही पनि व्यवहार गर्न सक्तैन । जस्तो संस्कृतमा आचार्य गरेको व्यक्ति, सानो वालकलाई पढाउँदा, वालकको नै स्थितिमा आएर उसलाई 'वर्णमाला' सिकाउँछ, त्यस्तै ज्ञानी महापुरुष पनि साधारण पुरुषको स्थितिमा आएर नै उसलाई सम्झाउँछ, व्यवहार गर्छ ।
ज्ञानी महापुरुष वास्तवमा कर्म गर्दैन, तर उसवाट उसको प्रकृति अनुसार स्वतः क्रिया हुन्छ । कर्तृत्वभिमानले कर्म हुने हो, तर ज्ञानी महापुरुषमा कर्तृत्वभिमान नभएको कारण ऊद्वारा कुनै शुभ-अशुभ कर्म वन्दैन ।
ज्ञानी महापुरुष पनि अरुको हितमा लागिरहन्छन्; किनकि साधनावस्थामा नै उनीहरुको स्वभाव सम्पूर्ण प्राणीहरुको हितमा लागिरहेको हुन्छ । त्यसैले, केही पनि जान्न, पाउन र गर्न वांकी नरहँदा पनि उनीहरुमा सबैको हित गर्ने स्वभाव रहन्छ । तात्पर्य, अरुको हित गर्दा गर्दा जव उनीहरुको संसारसँग पूर्णतया सम्बन्ध-विच्छेद हुन्छ, त्यो वेला उनीहरुले  हित गर्नु पनि पर्दैन, पहिलेको प्रवाहको कारण उनीहरुद्वारा स्वतः अरुको हित हुन्छ ।  

126 No. 93 श्लोक ३१ दोष-दृष्टिले रहित भएर, श्रद्धापूर्वक मैले पूर्वश्लोकमा भनेको मतको सँधै अनुसरण गर्ने

No.  93
श्लोक ३१
दोष-दृष्टिले रहित भएर, श्रद्धापूर्वक मैले पूर्वश्लोकमा भनेको मतको सँधै अनुसरण गर्ने व्यक्तिहरु कर्महरुको बन्धनवाट मुक्त हुन्छन् ।

 कुनै पनि वर्ण, आश्रम, धर्म, सम्प्रदायको कुनै पनि मनुष्य कर्म बन्धनवाट मुक्त हुन चाहन्छ भने उसले यो सिद्धान्त मानेर यसको अनुसरण गर्नुपर्छ । शरीर, इन्द्रियहरु, मन,बुद्धि, पदार्थ कर्म केही हाम्रा आफ्ना होइनन् -- यो वास्तविकता जानेपछि सबै मनुष्य कर्म-बन्धनदेखि छुट्छन् ।

भगवान र उहाँको मतमा दृढ विश्वास र पूज्यभावले युक्त मनुष्यलाई यहाँ 'श्रद्धावन्तः' भनिएको छ ।
शरीर आदि जड पदार्थलाई आफ्नो र आफ़्नोलागि नमाने मनुष्य मुक्त हुन्छ -- यो वास्तविकतामा श्रद्धा भयो भने जडतासँग मानिएको सम्बन्ध त्याग गर्न सजिलो हुन्छ ।

श्रद्धावान् साधक नै सत्-शास्त्र, सत्-चर्चा र सत्संगको कुराहरु सुन्छ, र तिनीहरुलाई आचरणमा ल्याउँछ ।
मनुष्य-शरीर परमात्मा प्रप्तिकोलागि नै मिलेको हो ।अतः परमात्माको नै प्राप्त गर्ने एउटा मात्रै उत्कट अभिलाषा भएपछि साधकमा श्रद्धा, तत्परता, सम्यतेन्द्रियता स्वतः आउँछन् । त्यसैले साधकमा परमात्मा प्राप्त गर्ने इच्छा हुनुपर्छ ।


दोष-दृष्टि नगर्ने साधकलाई यहाँ 'अनसूयंत:' भनिएको छ ।  गुणहरुमा दोष देख्नुलाई 'असूया' भन्छन् । यसैले हामीले पनि गुणहरुमा दोष नदेख्नु पर्यो, यो ज्ञान बुझ्न ।
श्रद्धा भएको ठाउँमा  कुनै न कुनै अंशमा दोष दृष्टि हुन्छ । त्यसैले हामीले आफ्नो चिन्तनवाट दोष-दृष्टि हटाउनु नै गीताको अध्ययन र चिन्तनकोलागि राम्रो सोपान भयो ।

यो भन्दा पहिलो श्लोकको  वर्णनमा शंका गर्नु नै दोषदृष्टि गर्नु हो भन्छ गीता । साधकले भगवानमा र उहाँको मतमा कहिले पनि दोषदृष्टि गर्नुहुँदैन ।

विचार गर्दा, सबै भगवानको नै हो; परन्तु मनुष्य भूलले गर्दा भगवानका वस्तुहरुलाई आफ्नो मानेर बाँधिन्छ र ममता र कामनाको वशमा परेर दुःख पाइरहन्छ । यही कारण आफ्नोपनको त्याग गराएर मनुष्यको उद्धार गर्नकोलागि, त्यसो गर्दा मनुष्य सँधैकोलागि सुखी हुन्छ, भगवान सहज करुणाले सबै आफूलाई अर्पण गर्ने कुरा गर्नुहुन्छ । यसैले भगवानको यो वचनमा दोषदृष्टि गर्नु हुँदैन । यो त् भगवानको परम सौहार्द, कारूण्य, र वात्सल्य नै हो, भगवान (आफूमा कुनै कमी र आवश्यकता नहुँदा पनि केवल मनुष्यको कल्याणकोलागि उहाँ समस्त कर्महरूलाई आफूलाई अर्पण गर्ने सुझाव दिनुहुन्छ ।

भगवानको मतलाई नै सिद्धान्त भनिन्छ । सवोपरि सिद्धान्तलाई यहाँ 'मतम्' भनियो । यो मत अथवा सिद्धान्त तीनै कालमा एउटा सिद्धान्त नै हुन्छ अर्थात् यसमा कुनै परिवर्तन हुँदैन, कसैले श्रद्धा गरे पनि नगरे पनि ।


भगवान नित्य हुनुहुन्छ, त्यसैले उहाँका समस्त वस्तुहरु पनि नित्य छन्  । परमात्माको मत पनि नित्य छ । भगवानको मत सर्वोपरि सिद्धान्त भएकोले यो कहिले पनि हराउँदैन । यसैले यसको अनुष्ठान पनि नित्य हुनुपर्छ । यही कारण भगवान हामीलाई उहाँको मतमा नित्य-निरन्तर स्थित रहेर त्यही अनुसार आचरण गर्न सिकाउनु हुन्छ ।

प्रश्न: भगवानको मत के हो ? त्यो मतको सँधै आचरण कसरी गर्ने ?

उत्तर: यो संसारमा पाइएका कुनै पनि वस्तु आफ्ना होइनन् -- यही भगवानको मत हो । शरीर, इन्द्रियहरु, मन, बुद्धि प्राण, धन, सम्पत्ति, पदार्थ आदि सबै प्रकृतिका कार्य हुन् र संसार पनि प्रकृतिको कार्य हो । यसैले यी वस्तुहरुको एकता संसारसँग छ, तथा परमात्माको अंश भएकोले 'स्वयम्'को परमात्मासँग एकता छ । यही कारण, यी वस्तुहरु व्यक्तिगत (आफ्ना )होइनन्, खालि यिनीहरुको उपयोगको अधिकार व्यक्तिगत हो । अझ, सद्गुण, सदाचार, त्याग, वैराग्य, दया, क्षमा आदि पनि व्यक्तिगत होइनन्, भगवानका हुन् । यी दैवी सम्पत्ति अर्थात् भगवत्प्राप्तिको सम्पत्ति (पूँजी) भएकोले भगवानका नै हुन् ।        

जुन वस्तु आफ्नो होइन, त्यसलाई आफ्नो मान्नु र तिनीहरुको प्राप्तिकोलागि कर्म गर्नु नै बन्धन हो । शरीर आदि वस्तुहरु 'आफ्ना' त हुँदै होइनन्, 'आफ़्नोलागि' पनि होइनन् । यदि यिनीहरु आफ़्नोलागि भए यिनको प्राप्तिमा हामीलाई पूर्ण तृप्ति अथवा सन्तोष हुने थियो, पूर्णताको अनुभव हुने थियो । परन्तु संसारिक वस्तुहरु जति नै पाइए पनि पूर्णताको तथा तृप्तिको  अनुभव हामीलाई हुँदैन । तृप्ति अथवा पूर्णताको अनुभव त्यही (परमात्मा)पाउँदा हुन्छ, जुन वस्तु आफ्नो हो । आफ्नो वास्तविक वस्तु मिलेपछि स्वप्नमा पनि अरु केही पाउने इच्छा हुँदैन । पाइएको वस्तुलाई भूलले आफ्नो माने पनि वास्तवमा ती आफ्ना होइनन् ।

शरीर आदि पाइएका वस्तुहरु न हामीले आफूसँग ल्याएका थियौं, न आफूसँग लिएर जान सक्छौं तथा वर्तमानमा पनि हामी ती वस्तुहरुसंग प्रतिक्षण वियुक्त भैरहेका छौं । वर्तमानमा जुन वस्तुहरु आफ्ना प्रतीत भइरहेका छन्, ती वस्तु पनि  अर्थात् अरुको हितमा लगाउनकोलागि हुन् । त्यसैले प्राप्त वस्तुहरुको सदुपयोग गर्ने नै अधिकार छ, आफ्नो मान्ने अधिकार छैन हाम्रो । प्राप्त वस्तुको सदुपयोग नगरेर आफ्नो मान्नु नै ठूलो भूल हो । यही भूल मेटाउनकोलागि हामीले अध्यात्म चित्तद्वारा विचार गरेर ती वस्तुहरु भगवानलाई अर्पण गरिदिनु पर्छ अर्थात् भूलले मानिएको आफ्नोपन हटाउनु पर्छ ।

एक मात्र उद्देश्य परमात्मतत्व भएको साधकले विचार गर्दा उसलाई सजिलैसँग थाहा हुन्छ, पाइएको कुनै पनि वस्तु आफ्नो होइन, छुट्ने खालको हुन्छ । शरीर, पद, अधिकार, शिक्षा, योग्यता, धन, सम्पत्ति, जमीन जे पनि पाइएका छन्, ती हराउने खालका छन् । शरीर, पद, अधिकार, शिक्षा, योग्यता, धन, सम्पत्ति, जमीन पाइएका चीज जति संसारवाट नै मिलेका हुन्, संसारकालागि नै हुन् । पाइएका वस्तु चाहे संसार (कार्य)को मानौं, चाहे प्रकृति (कारण)को मानौं र चाहे भगवानको मानौं, मुख्य कुरो हो, यी आफ्ना होइनन् ।आफ्ना नै नभएका वस्तु आफ़्नोलागि कसरी हुन सक्छन् ?

यही सन्दर्भमा गीताले शिक्षा दिन्छ, हामीले न त कुनै वस्तुलाई आफ्नो मान्ने हो, न कुनै कर्म नै आफ्नोलागि गर्ने हो । आफ्नोलागि गरिने कर्मले  नै वाँधछन् हामीलाई अर्थात् यज्ञको अतिरिक्त अरु (आफ़्नोलागि गरिएका) कर्म नै हामीलाई वांधने हुन्छन् । यज्ञकोलागि कर्म गर्ने साधकको सम्पूर्ण कर्म, संचित कर्म पनि, विलीन हुन्छन् । भगवान सम्पूर्ण लोकहरुको महान् ईश्वर (स्वामी) हुनुहुन्छ । जव हामी आफूलाई वस्तुहरुको स्वामी मान्छौं, त्यो वेला हामी वास्तविक स्वामीलाई विर्संछौँ; किनकि हामी आफूलाई जुन वस्तुहरुको स्वामी मान्छौं, तिनै वस्तुको चिन्तन गर्छौं । यही कारण भगवानलाई नै विश्वको एक मात्र स्वामी मान्दै हामीले संसारमा सेवक जस्तो गरी व्यवहार गर्नुपर्छ । सेवक आफ्नो स्वामीको सबै काम गर्दा पनि आफूलाई स्वामी मान्दैन । त्यसैले हामीले शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थलाई आफ्नो नमानेर केवल भगवानको नै मानेर आफ्नो कर्तव्यको पालन गर्नुपर्छ, कर्म गर्ने निमित्त मात्र आफू वन्नुपर्छ । आफूमा स्वामीपनको अभिमान कहिले पनि गर्नु हुन्न ।

सर्वस्व भगवानमा अर्पण गरेपछि आफूमा लाभ, हानि, मन-अपमान, सुख-दुःख, आदि जेसुकै आए पनि तिनलाई पनि हामीले भगवानको नै मान्नुपर्छ र तिनीहरु प्रति आफ्नो कुनै वास्ता राख्नुहुन्न । कर्तव्य खालि आफ्नो अगाडि देखा परेको परिस्थिति अनुरुप हुने हो । परिस्थिति अनुरुप प्रसन्नतापूर्वक आफ्नो कर्तव्य पालन गरिरहनु पर्छ । भगवानको मतको अनुसरण गर्ने भनेको यही हो ।
भगवान यहाँ अर्जुनलाई स्पष्टरूपले भनिरहनु भएको छ, 'म तिमीलाई तिम्रो सर्वस्व मलाई अर्पण गरेर कर्तव्य कर्म गर्ने आज्ञा दिइरहेछु । मेरो आज्ञा पालन गरे तिमी मुक्त हुने कुरामा कुनै सन्देह छैन । तर मेरो आज्ञा नपाएकाहरुले पनि यदि यो मत (पाइएको चीजलाई आफ्नो नमानेर कर्तव्य पालन गर्नु) अनुसार व्यवहार गरे उनीहरु पनि मुक्त हुनेछन् । किनकि यो मत नै यस्तो छ, मलाई माने पनि, नमाने पनि यो मतको पालन मात्रै गरे मनुष्य मुक्त हुन्छन् ।
भगवानको यो मत नै सर्वोपरि सिद्धान्त हो, जुन अन्तर्गत सबै मत-मतान्तर आउँछन् । परन्तु भगवान रतिभर पनि आभिमान नगरेर वडो नम्रताले, सरलताले आफ्नो सिद्धान्तलाई 'मत' भन्ने नाम दिनुहुन्छ । भगवानले आफ्नो अथवा अरु कसैको मतको आग्रह राख्नु भएको छैन, निष्पक्ष भएर आफ्नो कुरो सबैको अगाडि राख्नुभएको छ । 

मत सर्वोपरि हुँदैन, व्यक्तिगत हुन्छ । हरेक व्यक्ति आफ्नो आफ्नो मत प्रकट गर्न सक्छ, तर सिद्धान्त सर्वोपरि हुन्छ, जुन सबैले मान्नुपर्छ । यही कारण गुरु-शिष्यमा पनि मतभेद हुन सक्छ, तर सिद्धान्तभेद हुन सक्तैन । ऋषि-मुनि, दार्शनिक आफ्नो आफ्नो मतलाई पनि सिद्धान्त भन्छन्, तर गीतामा भगवान आफ्नो सिद्धान्तलाई पनि मत भन्नुहुन्छ । ऋषि-मुनि, दार्शनिक, आचार्यहरुको मतमा त मतभेद रहन्छ, तर भगवानको मत अर्थात् सिद्धान्तमा कुनै पनि मतभेद रहँदैन ।    

Friday, 18 July 2014

125. No. 93 श्लोक ३१ दोष-दृष्टिले रहित भएर, श्रद्धापूर्वक मैले पूर्वश्लोकमा भनेको मतको सँधै अनुसरण गर्ने व्यक्तिहरु कर्महरुको बन्धनवाट मुक्त हुन्छन् ।

No.  93
श्लोक ३१
दोष-दृष्टिले रहित भएर, श्रद्धापूर्वक मैले पूर्वश्लोकमा भनेको मतको सँधै अनुसरण गर्ने व्यक्तिहरु कर्महरुको बन्धनवाट मुक्त हुन्छन् ।

 कुनै पनि वर्ण, आश्रम, धर्म, सम्प्रदायको कुनै पनि मनुष्य कर्म बन्धनवाट मुक्त हुन चाहन्छ भने उसले यो सिद्धान्त मानेर यसको अनुसरण गर्नुपर्छ । शरीर, इन्द्रियहरु, मन,बुद्धि, पदार्थ कर्म केही हाम्रा आफ्ना होइनन् -- यो वास्तविकता जानेपछि सबै मनुष्य कर्म-बन्धनदेखि छुट्छन् ।
भगवान र उहाँको मतमा दृढ विश्वास र पूज्यभावले युक्त मनुष्यलाई यहाँ 'श्रद्धावन्तः' भनिएको छ ।
शरीर आदि जड पदार्थलाई आफ्नो र आफ़्नोलागि नमाने मनुष्य मुक्त हुन्छ -- यो वास्तविकतामा श्रद्धा भयो भने जडतासँग मानिएको सम्बन्ध त्याग गर्न सजिलो हुन्छ ।
श्रद्धावान् साधक नै सत्-शास्त्र, सत्-चर्चा र सत्संगको कुराहरु सुन्छ, र तिनीहरुलाई आचरणमा ल्याउँछ ।
मनुष्य-शरीर परमात्मा प्रप्तिकोलागि नै मिलेको हो ।अतः परमात्माको नै प्राप्त गर्ने एउटा मात्रै उत्कट अभिलाषा भएपछि साधकमा श्रद्धा, तत्परता, सम्यतेन्द्रियता स्वतः आउँछन् । त्यसैले साधकमा परमात्मा प्राप्त गर्ने इच्छा हुनुपर्छ ।

दोष-दृष्टि नगर्ने साधकलाई यहाँ 'अनसूयंत:' भनिएको छ ।  गुणहरुमा दोष देख्नुलाई 'असूया' भन्छन् । यसैले हामीले पनि गुणहरुमा दोष नदेख्नु पर्यो, यो ज्ञान बुझ्न ।
श्रद्धा भएको ठाउँमा  कुनै न कुनै अंशमा दोष दृष्टि हुन्छ । त्यसैले हामीले आफ्नो चिन्तनवाट दोष-दृष्टि हटाउनु नै गीताको अध्ययन र चिन्तनकोलागि राम्रो सोपान भयो ।
यो भन्दा पहिलो श्लोकको  वर्णनमा शंका गर्नु नै दोषदृष्टि गर्नु हो भन्छ गीता । साधकले भगवानमा र उहाँको मतमा कहिले पनि दोषदृष्टि गर्नुहुँदैन ।

विचार गर्दा, सबै भगवानको नै हो; परन्तु मनुष्य भूलले गर्दा भगवानका वस्तुहरुलाई आफ्नो मानेर बाँधिन्छ र ममता र कामनाको वशमा परेर दुःख पाइरहन्छ । यही कारण आफ्नोपनको त्याग गराएर मनुष्यको उद्धार गर्नकोलागि, त्यसो गर्दा मनुष्य सँधैकोलागि सुखी हुन्छ, भगवान सहज करुणाले सबै आफूलाई अर्पण गर्ने कुरा गर्नुहुन्छ । यसैले भगवानको यो वचनमा दोषदृष्टि गर्नु हुँदैन । यो त् भगवानको परम सौहार्द, कारूण्य, र वात्सल्य नै हो, भगवान (आफूमा कुनै कमी र आवश्यकता नहुँदा पनि केवल मनुष्यको कल्याणकोलागि उहाँ समस्त कर्महरूलाई आफूलाई अर्पण गर्ने सुझाव दिनुहुन्छ ।

भगवानको मतलाई नै सिद्धान्त भनिन्छ । सवोपरि सिद्धान्तलाई यहाँ 'मतम्' भनियो । यो मत अथवा सिद्धान्त तीनै कालमा एउटा सिद्धान्त नै हुन्छ अर्थात् यसमा कुनै परिवर्तन हुँदैन, कसैले श्रद्धा गरे पनि नगरे पनि । 

भगवान नित्य हुनुहुन्छ, त्यसैले उहाँका समस्त वस्तुहरु पनि नित्य छन्  । परमात्माको मत पनि नित्य छ । भगवानको मत सर्वोपरि सिद्धान्त भएकोले यो कहिले पनि हराउँदैन । यसैले यसको अनुष्ठान पनि नित्य हुनुपर्छ । यही कारण भगवान हामीलाई उहाँको मतमा नित्य-निरन्तर स्थित रहेर त्यही अनुसार आचरण गर्न सिकाउनु हुन्छ ।

प्रश्न: भगवानको मत के हो ? त्यो मतको सँधै आचरण कसरी गर्ने ?

उत्तर: यो संसारमा पाइएका कुनै पनि वस्तु आफ्ना होइनन् -- यही भगवानको मत हो । शरीर, इन्द्रियहरु, मन, बुद्धि प्राण, धन, सम्पत्ति, पदार्थ आदि सबै प्रकृतिका कार्य हुन् र संसार पनि प्रकृतिको कार्य हो । यसैले यी वस्तुहरुको एकता संसारसँग छ, तथा परमात्माको अंश भएकोले 'स्वयम्'को परमात्मासँग एकता छ । यही कारण, यी वस्तुहरु व्यक्तिगत (आफ्ना )होइनन्, खालि यिनीहरुको उपयोगको अधिकार व्यक्तिगत हो । अझ, सद्गुण, सदाचार, त्याग, वैराग्य, दया, क्षमा आदि पनि व्यक्तिगत होइनन्, भगवानका हुन् । यी दैवी सम्पत्ति अर्थात् भगवत्प्राप्तिको सम्पत्ति (पूँजी) भएकोले भगवानका नै हुन् ।         

जुन वस्तु आफ्नो होइन, त्यसलाई आफ्नो मान्नु र तिनीहरुको प्राप्तिकोलागि कर्म गर्नु नै बन्धन हो । शरीर आदि वस्तुहरु 'आफ्ना' त हुँदै होइनन्, 'आफ़्नोलागि' पनि होइनन् । यदि यिनीहरु आफ़्नोलागि भए यिनको प्राप्तिमा हामीलाई पूर्ण तृप्ति अथवा सन्तोष हुने थियो, पूर्णताको अनुभव हुने थियो । परन्तु संसारिक वस्तुहरु जति नै पाइए पनि पूर्णताको तथा तृप्तिको  अनुभव हामीलाई हुँदैन । तृप्ति अथवा पूर्णताको अनुभव त्यही (परमात्मा)पाउँदा हुन्छ, जुन वस्तु आफ्नो हो । आफ्नो वास्तविक वस्तु मिलेपछि स्वप्नमा पनि अरु केही पाउने इच्छा हुँदैन । पाइएको वस्तुलाई भूलले आफ्नो माने पनि वास्तवमा ती आफ्ना होइनन् ।
शरीर आदि पाइएका वस्तुहरु न हामीले आफूसँग ल्याएका थियौं, न आफूसँग लिएर जान सक्छौं तथा वर्तमानमा पनि हामी ती वस्तुहरुसंग प्रतिक्षण वियुक्त भैरहेका छौं । वर्तमानमा जुन वस्तुहरु आफ्ना प्रतीत भइरहेका छन्, ती वस्तु पनि  अर्थात् अरुको हितमा लगाउनकोलागि हुन् । त्यसैले प्राप्त वस्तुहरुको सदुपयोग गर्ने नै अधिकार छ, आफ्नो मान्ने अधिकार छैन हाम्रो । प्राप्त वस्तुको सदुपयोग नगरेर आफ्नो मान्नु नै ठूलो भूल हो । यही भूल मेटाउनकोलागि हामीले अध्यात्म चित्तद्वारा विचार गरेर ती वस्तुहरु भगवानलाई अर्पण गरिदिनु पर्छ अर्थात् भूलले मानिएको आफ्नोपन हटाउनु पर्छ ।
एक मात्र उद्देश्य परमात्मतत्व भएको साधकले विचार गर्दा उसलाई सजिलैसँग थाहा हुन्छ, पाइएको कुनै पनि वस्तु आफ्नो होइन, छुट्ने खालको हुन्छ । शरीर, पद, अधिकार, शिक्षा, योग्यता, धन, सम्पत्ति, जमीन जे पनि पाइएका छन्, ती हराउने खालका छन् । शरीर, पद, अधिकार, शिक्षा, योग्यता, धन, सम्पत्ति, जमीन पाइएका चीज जति संसारवाट नै मिलेका हुन्, संसारकालागि नै हुन् । पाइएका वस्तु चाहे संसार (कार्य)को मानौं, चाहे प्रकृति (कारण)को मानौं र चाहे भगवानको मानौं, मुख्य कुरो हो, यी आफ्ना होइनन् ।आफ्ना नै नभएका वस्तु आफ़्नोलागि कसरी हुन सक्छन् ?
यही सन्दर्भमा गीताले शिक्षा दिन्छ, हामीले न त कुनै वस्तुलाई आफ्नो मान्ने हो, न कुनै कर्म नै आफ्नोलागि गर्ने हो । आफ्नोलागि गरिने कर्मले  नै वाँधछन् हामीलाई अर्थात् यज्ञको अतिरिक्त अरु (आफ़्नोलागि गरिएका) कर्म नै हामीलाई वांधने हुन्छन् । यज्ञकोलागि कर्म गर्ने साधकको सम्पूर्ण कर्म, संचित कर्म पनि, विलीन हुन्छन् । भगवान सम्पूर्ण लोकहरुको महान् ईश्वर (स्वामी) हुनुहुन्छ । जव हामी आफूलाई वस्तुहरुको स्वामी मान्छौं, त्यो वेला हामी वास्तविक स्वामीलाई विर्संछौँ; किनकि हामी आफूलाई जुन वस्तुहरुको स्वामी मान्छौं, तिनै वस्तुको चिन्तन गर्छौं । यही कारण भगवानलाई नै विश्वको एक मात्र स्वामी मान्दै हामीले संसारमा सेवक जस्तो गरी व्यवहार गर्नुपर्छ । सेवक आफ्नो स्वामीको सबै काम गर्दा पनि आफूलाई स्वामी मान्दैन । त्यसैले हामीले शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थलाई आफ्नो नमानेर केवल भगवानको नै मानेर आफ्नो कर्तव्यको पालन गर्नुपर्छ, कर्म गर्ने निमित्त मात्र आफू वन्नुपर्छ । आफूमा स्वामीपनको अभिमान कहिले पनि गर्नु हुन्न ।
सर्वस्व भगवानमा अर्पण गरेपछि आफूमा लाभ, हानि, मन-अपमान, सुख-दुःख, आदि जेसुकै आए पनि तिनलाई पनि हामीले भगवानको नै मान्नुपर्छ र तिनीहरु प्रति आफ्नो कुनै वास्ता राख्नुहुन्न । कर्तव्य खालि आफ्नो अगाडि देखा परेको परिस्थिति अनुरुप हुने हो । परिस्थिति अनुरुप प्रसन्नतापूर्वक आफ्नो कर्तव्य पालन गरिरहनु पर्छ । भगवानको मतको अनुसरण गर्ने भनेको यही हो ।
भगवान यहाँ अर्जुनलाई स्पष्टरूपले भनिरहनु भएको छ, 'म तिमीलाई तिम्रो सर्वस्व मलाई अर्पण गरेर कर्तव्य कर्म गर्ने आज्ञा दिइरहेछु । मेरो आज्ञा पालन गरे तिमी मुक्त हुने कुरामा कुनै सन्देह छैन । तर मेरो आज्ञा नपाएकाहरुले पनि यदि यो मत (पाइएको चीजलाई आफ्नो नमानेर कर्तव्य पालन गर्नु) अनुसार व्यवहार गरे उनीहरु पनि मुक्त हुनेछन् । किनकि यो मत नै यस्तो छ, मलाई माने पनि, नमाने पनि यो मतको पालन मात्रै गरे मनुष्य मुक्त हुन्छन् ।
भगवानको यो मत नै सर्वोपरि सिद्धान्त हो, जुन अन्तर्गत सबै मत-मतान्तर आउँछन् । परन्तु भगवान रतिभर पनि आभिमान नगरेर वडो नम्रताले, सरलताले आफ्नो सिद्धान्तलाई 'मत' भन्ने नाम दिनुहुन्छ । भगवानले आफ्नो अथवा अरु कसैको मतको आग्रह राख्नु भएको छैन, निष्पक्ष भएर आफ्नो कुरो सबैको अगाडि राख्नुभएको छ ।
मत सर्वोपरि हुँदैन, व्यक्तिगत हुन्छ । हरेक व्यक्ति आफ्नो आफ्नो मत प्रकट गर्न सक्छ, तर सिद्धान्त सर्वोपरि हुन्छ, जुन सबैले मान्नुपर्छ । यही कारण गुरु-शिष्यमा पनि मतभेद हुन सक्छ, तर सिद्धान्तभेद हुन सक्तैन । ऋषि-मुनि, दार्शनिक आफ्नो आफ्नो मतलाई पनि सिद्धान्त भन्छन्, तर गीतामा भगवान आफ्नो सिद्धान्तलाई पनि मत भन्नुहुन्छ । ऋषि-मुनि, दार्शनिक, आचार्यहरुको मतमा त मतभेद रहन्छ, तर भगवानको मत अर्थात् सिद्धान्तमा कुनै पनि मतभेद रहँदैन ।       

Thursday, 17 July 2014

124. No. 92 श्लोक ३० तिमी विवेकवती बुद्धिद्वारा सम्पूर्ण कर्तव्य-कर्महरु मलाई अर्पण गरेर कामनारहित, ममतारहित र सन्तापरहित भएर युद्ध-रुप कर्तव्य-कर्म गर ।

No. 92
श्लोक ३० 

तिमी विवेकवती बुद्धिद्वारा सम्पूर्ण कर्तव्य-कर्महरु मलाई अर्पण गरेर कामनारहित, ममतारहित र सन्तापरहित भएर युद्ध-रुप कर्तव्य-कर्म गर ।

धेरै साधकहरुको विचार हुन्छ, कर्मले बन्धन हुन्छ र कर्म नगरी कोही पनि वस्न सक्तैन, त्यसैले कर्म गरें भने म बाँधिन्छु । यसैले, यहाँ बन्धन नहुने गरी र कर्मको वन्धनवाट मुक्त हुने गरी कर्म कसरी गर्नुपर्छ भन्ने बुझाउन भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिमी अध्यात्मचित्त (विवेक विचार युक्त अन्तःकरण)ले सम्पूर्ण कर्तव्य-कर्म मलाइ अर्पण गर अर्थात् यी कर्महरुसँग कुनै पनि सम्बन्ध नराख । किनकि संसारको सम्पूर्ण क्रियाहरुमा मेरो शक्ति काम गरिरहेको हुन्छ । शरीर, इन्द्रियहरु, मन, बुद्धि पनि मेरा हुन् र शक्ति पनि मेरै हो ।' यही कारण 'सबै भगवानको हो र भगवान मेरो हो' भन्ने कुरा विचार गरेर तिमीले कर्तव्य कर्म गर्यौं भने ती कर्म बन्धनकारक हुँदैनन्, ती कर्मले तिम्रो उद्धार गर्छन् ।'

हाम्रो अनुभव छ, शरीर, इन्द्रियहरु, मन, बुद्धि पदार्थ आदिमा हाम्रो कुनै अधिकार चल्दैन । यी सबै प्रकृतिका हुन् र 'स्वयं' परमात्माको हो । अतः शरीर आदि पदार्थसँग भूलले मानिएको आफ्नोपनलाई हटाएर यिनीहरुलाई भगवानको नै मानेर 'अर्पण' गर्नु पर्छ । आफ्नो विवेकलाई महत्व दिएर पदार्थहरु र कर्महरुसंग मूर्खतावश मानिएको सम्बन्धको त्याग गर्नुलाई नै अर्पण भनिएको छ यो श्लोकमा । 

जुनसुकै मार्गको साधकले पनि आफ्नो उद्देश्य आध्यात्मिक नै वनाउनु पर्छ, लौकिक होइन । वास्तवमा उद्देश्य अथवा आवश्यकता सँधै नित्य तत्वकै (आध्यात्मिक) हुन्छ र कामना सँधै अनित्य तत्वकै (लौकिक, उत्पत्ति विनाशशील वस्तु) हुन्छ । साधकमा उद्देश्य हुनुपर्छ, कामना होइन । उद्देश्ययुक्त अन्तःकरण विवेक-विचारयुक्त नै हुन्छ ।
 
दार्शनिक या वैज्ञानिक, कुनै पनि दृष्टिले, शरीर आदि भौतिक पदार्थ हाम्रो भन्ने सिद्ध हुँदैन । यी पदार्थ आफ्नो र  आफ़्नोलागि हुँदै होइनन्, केवल सदुपयोग गर्नकोलागि मिलेका हुन् । आफ्नो नभएकोले नै यिनीहरुमा कसैको पनि अधिकार छैन ।

सम्पूर्ण संसार परमात्माको हो; परन्तु हामी भूलले परमात्माको वस्तुलाई आफ्नो मानिदिन्छौं  र यसैले बन्धनमा पर्छौं । अतः विवेक-विचार द्वारा यो भूललाई हटाएर सम्पूर्ण पदार्थहरु र कर्महरूलाई अध्यात्मतत्वको (परमात्माको) भन्ने स्वीकार गर्नुपर्छ हामीले । यही कुरालाई अध्यात्म चित्त्द्वारा अर्पण  गर्ने भनिएको हो। 

अविवेकले नै उत्पत्ति-विनाशशील शरीर (संसार) आफ्नो देखिन्छ । विवेक-विचारपूर्वक हेर्दा शरीर र संसार आफ्नो देखिंदैन, यो त एक अविनाशी परमात्मतत्व नै देखिन्छ । संसारलाई आफ्नो देख्नु नै पतन हो, आफ्नो नदेख्नु नै उत्थान हो । शास्त्र भन्छ,

'दुइ अक्षरहरुको 'मम' ('यो मेरो हो' भन्ने भाव) मृत्यु हो र तीन अक्षरहरुको 'न मम' (यो मेरो होइन--भन्ने भाव) अमृत , सनातन ब्रह्म हो ।

यहाँ 'अर्पण' गर्ने प्रसङ्ग आउनुको कारण, हामीले करण (शरीर, इन्द्रियहरू, मन, बुद्धि, प्राण), उपकरण (कर्म गर्ने आवश्यक सामग्री) तथा क्रियाहरुलाई भूलले आफ्नो र आफ़्नोलागि मान्यौं, जुन कहिले पनि  हाम्रो छँदै थिएनन्, हुँदै होइनन् र हुने सक्तैनन् । उत्पत्ति-विनाशशील वस्तुहरुसंग अविनाशीको के सम्बन्ध? अतः कर्महरु चाहे भगवानलाई अर्पण गरौँ, चाहे प्रकृतिलाई अर्पण गरौँ र चाहे भगवानलाई अर्पण गरिदिऊँ  -- यी तीनैको एक नै नतीजा हुनेछ; किनकि संसार प्रकृतिको कार्य र भगवान प्रकृतिको स्वामी हुनुहुन्छ । यो दृष्टिले संसार र प्रकृति दुवै भगवानकै हुन् । अतः 'म भगवानको हुँ  र मेरो भनिने समस्त वस्तुहरु भगवानको हो' । यस्तो प्रकारले सबै भगवानलाई अर्पण गरिदिनु पर्छ अर्थात्  ती चीज प्रतिको आफ्नो ममता उठाउनु पर्छ । यसो गर्न सके हामीलाई संसार अथवा भगवानसँग केही पनि चाहना हुँदैन, किनकि हामीलाई चाहिएको चीज भगवान स्वतः व्यवस्था गरिदिनु हुन्छ । अर्पण गरिसकेपछि फेरि शरीर आदि पदार्थ आफ्नो भन्ने लाग्दैन । यदि आफ्नो लाग्छ भने वास्तवमा अर्पण नै भएको छैन । यसैले भगवानले विवेक-विचारयुक्त चित्तले अर्पण गर्ने कुरा गर्नुभयो । यसो गर्दा यी सबै पदार्थ भगवानका नै हुन्, आफ्ना होइनन् भन्ने वास्तविकता बुझ्न सजिलो हुन्छ ।
 
भगवानलाई अर्पण गर्ने कुरा धेरै विलक्षण छ । कुनै वेला  झर्को लागेर  अर्पण गरियो भने पनि लाभै लाभ छ । किनकि कर्म र वस्तुहरु आफ्ना हुँदै होइनन् । कर्महरु गरिसकेपछि पनि भगवानलाई अर्पण गर्न सकिन्छ । तर वास्तविक अर्पण पदार्थहरु र वस्तुहरुसँग सम्बन्ध-विच्छेद भएपछि नै हुन्छ, जव हामीलाई करण  (शरीर आदि), उपकरण (संसारिक पदार्थ), कर्म र 'स्वयम्' -- यी सबै भगवानका नै हुन् भन्ने ठीक ठीक अनुभव हुन्छ । हामीवाट धेरै जसो  यस्तो गल्ति हुन्छ, हामी उपकरणहरुलाई त भगवानको मान्ने चेष्टा गर्छौं, तर 'कारण स्वयम् पनि भगवानका हुन् -- भन्ने कुरामा ध्यान दिंदैनौं । यसो हुँदा हाम्रो अर्पण अधूरो हुन्छ । अतः हामीले करण, उपकरण, क्रिया र 'स्वयम्' -- सबैलाई एक मात्र भगवानको नै मान्नु पर्छ, किनकि वास्तवमा यी चीजहरु पनि उहाँकै हुन् ।

कर्म र पदार्थहरुलाई स्वरूपले नै त्याग गर्नु अर्पण होइन । भगवानका वस्तुहरु भगवानको नै मान्नु अर्पण हो । वस्तुहरु आफ्नो मान्दै भगवानलाई अर्पण गर्नेलाइ पनि त्यसको वदलामा भगवान धेरै वस्तुहरु दिनुहुन्छ; जस्तो, पृथ्वीमा जति नै विउहरु रोप्यो, त्यसको कति गुणा वढी अन्न हामी पृथ्वीवाट पाऊँछौँ, तर जति गुणा पाइए पनि ती वस्तुहरु सीमित नै हुन्छन् । तर आफ्नो नमानेर (भगवानको नै मानेर) हामीवाट अर्पण गरिएका वस्तुहरु भगवान हामीलाई नै फिर्ता दिनुहुन्छ, र हामीसँग ऋणी पनि हुनुहुन्छ । तात्पर्य, वस्तु आफ्नो मानेर दिंदा हाम्रो अन्तःकरणमा ती वस्तुहरुको महत्व हुन्छ, त्यही हुनाले ती वस्तुको मूल्य वस्तुमा नै मिल्छ र आफ्नो नमानेर दियो भने भगवान नै पाइनुहुन्छ ।

वास्तविक अर्पणवाट भगवान अत्यन्त प्रसन्न हुनुहुन्छ । यसरी अर्पण गर्दा व्यक्ति कर्म-बन्धनदेखि मुक्त हुन्छ र यसैमा भगवानको प्रसन्नता हुन्छ । सम्पूर्ण पदार्थ, शरीर तथा शरीरी (स्वयं)  भगवानका नै हुन्; त्यसैले तीवाट आफ्नोपन हटाउने र तीनलाई भगवानमा अर्पण गर्ने भाव देखेर नै उहाँ (भगवान) प्रसन्न हुनुहुन्छ र त्यो व्यक्तिको ऋणी हुनुहुन्छ ।
परमात्माले मनुष्य-शरीरको रचना वडो विचित्र किसिमले गर्नुभएको छ । मनुष्यको जीवन निर्वाह र साधनकोलागि आवश्यक सामाग्रीहरु उसलाई भने जति मिलेका छन्। अझ भगवानले मनुष्यलाई विवेक पनि दिनुभएको छ । त्यो विवेकलाई महत्व नदिएर हामीले आफुले पाएको वस्तुहरुको ठीक ठीक उपयोग नगरेर आफ्नोलागि उपयोग गर्यौं भने, प्राप्त वस्तुहरुमा ममता तथा अप्राप्त वस्तुको कामना गर्न थाल्यौं भने हामी जन्म-मरणको बन्धनमा पर्छौं । वर्तमानका वस्तु, व्यक्ति, परिस्थिति, घटना, योग्यता, शक्ति, शरीर, इन्द्रियहरु, मन, प्रण, बुद्धि आदि पाइएका जस्ता देखिन्छन्, तर तिनीहरु पहिले पनि हाम्रा थिएनन् र पछि पनि हामीसँग सँधै रहँदैनन्, किनभने तिनीहरु कहिले पनि एकरूप रहँदैनन्, प्रतिक्षण वदलिइ रहन्छन् । यो वास्तविकता हामीलाई थाहा नै छ । यदि हामीले आफूले जानेको जस्तो मानिदिए र त्यस्तै आचरण गरे हाम्रो उद्धारमा कुनै पनि सन्देह छैन । अर्को शब्दमा, शरीर आदि पदार्थलाई आफ्नो र आफ़्नोलागि नमान्ने, तिनीहरुको आश्रित नहुने  र तिनीहरुलाई महत्व दिएर तिनीहरुको पराधीनता स्वीकार नगर्ने । पदार्थहरुलाई महत्व दिनु नै ठूलो भूल हो । ती पदार्थ पाउँदा आफूलाई भाग्यमानी सम्झनु पनि ठूलो बन्धन हो । नाशवान् पदार्थलाई महत्व दिंदा नै नयाँ नयाँ कामना उत्पन्न हुन्छन् । कामना सबै पापहरु, तापहरु, दुःखहरु, अनर्थहरु, नरकहरुको जड हो । कामना गरेर पदार्थ मिल्ने होइन, मिलि हाले पनि टिक्ने होइन । किनकि पदार्थहरु आउने-जाने खालका छन् र 'स्वयं' सदा रहन्छ । अतः कामनाको त्याग गरेर हामीले कर्तव्य-पालन गर्नुपर्छ ।

यहाँ शंका हुन्छ, 'कामना विना प्रवृत्ति कसरी हुन्छ ?
कामनाको पूर्ति र निवृत्तिकोलागि हामीमा कर्मको प्रवृत्ति हुन्छ । साधारण व्यक्ति कामनाको पूर्तिकोलागि कर्म गर्छ र साधक आत्मशुद्धि-हेतु कामनामा प्रवृत्त हुन्छ । वास्तवमा प्रवृत्ति पनि कामनाको निवृत्तिकोलागि नै हो, कामनाको पूर्तिकोलागि होइन । 

यो मनुष्य-शरीर उद्देश्यको पूर्तिकोलागि पाइएको छ । उद्देश्य पूर्ति भएपछि केही गर्न वांकी रहँदैन । आफ्नो वास्तविक उद्देश्यको विस्मृति भएका मनुष्य नै कामना पूर्तिकोलागि कर्ममा प्रवृत्त हुन्छन् । यस्ता मनुश्यहरुलाई भगवानले 'कृपण' दीन भन्नुभएको छ गीतामा । तर आफ्नो उद्देश्यको स्मरण गरी गरी आफ्नो (कामना निवृत्तिकोलागि) कर्महरुमा प्रवृत्त हुने व्यक्तिलाई भगवान 'मनीषी' भन्नुहुन्छ । सेवा, स्वरूप-बोध र भगवत् प्राप्तिको भाव उद्देश्य हो, कामना होइन । नाशवान् पदार्थहरुको प्राप्तिको भाव नै कामना हो । अतः कामना विना कर्महरुमा प्रवृत्ति हुँदैन -- यस्तो मान्नु नै भूल हो । उद्देश्य पूर्तिकोलागि पनि कर्म सुचारुरूपले चल्छ ।

आफ्नो अंशी परमात्मासँग विमुख भएर संसार-(जडता)सँग आफ्नो सम्बन्ध मान्दा नै आवश्यकता र कामना दुबैको उत्पत्ति  हुन्छ । संसारसँग मानिएको सम्बन्ध सर्वथा त्याग भएपछि आवश्यकताको पूर्ति र कामनाको निवृत्ति हुन्छ ।

सम्पूर्ण कर्महरु र पदार्थहरु (कर्मसामग्री) भगवानलाई अर्पण गरिसकेपछि पनि कामना, ममता र सन्तापको कुनै अंश वांकी रहन सक्छ । जस्तो, हामीले कसैलाई कुनै पुस्तक दिन्छौं । त्यो पुस्तक पाउने व्यक्तिले हामीले दिएको पुस्तक पढिरहेको देख्दा हाम्रो मनमा यस्तो भाव आउँछ, 'त्यो व्यक्ति मैले दिएको पुस्तक पढिरहेको छ' । यसैलाई आंशिक ममता भन्छन् । यो ममता दान दिइसकेपछि पनि रहिरहन्छ । यही अंशको त्याग गर्नकोलागि भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिमी नयाँ वस्तुको कामना नगर, आफूसँग भएको वस्तुमा पनि ममता नराख र आफूसँग भएको नष्ट हुँदा पनि सन्ताप नगर। सबै मलाई नै अर्पण गर्ने कसौटी नै यही हो, कामना, ममता र सन्तापको अंश पनि नरहोस् ।'

भगवान यहाँ हामीलाई भन्नुहुन्छ, कुनै वेला पहिलेको संस्कारले गर्दा शरीर आदि पदार्थहरुसँग कामना, ममता तथा सन्ताप देखिई हाले पनि निराश हुनुहुन्न । किनकि जसमा कामना देखिन्छ, त्यही कामनारहित हुने हो, जसमा ममता देखिन्छ, त्यही ममतारहित हुने हो, जसमा सन्ताप देखिन्छ, त्यही सन्तापरहित हुने हो । देहलाई 'अहम्' (म) मान्नेले नै विदेह (अहम् रहित) हुने हो । अतः हामी कामना, ममता, सन्तापरहित हुन पूर्ण अधिकारी छौं ।
यहाँ भगवान अर्जुनलाई 'विगतज्वर' हुने सल्लाह दिनुहुन्छ र भन्नुहुन्छ, 'तिमी पनि सन्तापरहित भएर युद्ध गर ।' युद्धमा (व्यवहारमा) कुटुम्वसँग मोह भएर हामीलाई ज्वर आउन सक्छ, त्यसैले त्यो ज्वरवाट उठ्ने हो हामीले ।        

यहाँ युद्धको प्रसङ्ग छ, त्यसैले धेरै ठाउँमा युद्ध भन्ने शब्द आउँछ । तर भगवानको आशय कर्तव्य-कर्म  गर्नुमा छ । त्यसैले कर्तव्य कर्म गर्दा नै सावधान हुनु छ हामीले । समय समयमा आइ पर्ने कर्तव्य कर्म हामीले निष्काम, निर्मम तथा निसंताप भएर गर्नु पर्ने भयो । त्यो कर्तव्य कर्मको परिणाम,सिद्धि,असिद्धि तर्फ दृष्टि दिनु भएन । सिद्धि-असिद्धि, अनुकूलता-प्रतिकूलतामा सम रहनु नै 'विगतज्वर' हुनु हो । किनकि अनुकूलतावाट हुने प्रसन्नता र प्रतिकूलतावाट हुने उद्विग्नता दुवै ज्वर हुन् । राग-द्वेष, हर्ष-शोक, काम-क्रोध आदि विकार पनि ज्वर हुन् । छोटोमा राग-द्वेष, चिन्ता, उद्वेग, हलचल आदि जम्मै मानसिक विकृतिहरु (विकार) हुन्, यी सबै ज्वर हुन् र यी विकारदेखि रहित हुनु नै 'विगतज्वर' हुनु हो ।