Wednesday, 3 September 2014

160. No. 127 श्लोक २१ आफ्नो शरीर र अन्तःकरण राम्रोसँग वशमा गरेको, सबै किसिमको संग्रहको त्याग गरिसकेको,

No. 127
श्लोक २१ 
आफ्नो शरीर र अन्तःकरण राम्रोसँग वशमा गरेको, सबै किसिमको  संग्रहको त्याग  गरिसकेको, इच्छारहित (कर्मयोगी) केवल शरीर सम्बन्धी गर्दा पनि पापको भागी बन्दैन ।
साधारण व्यक्तिहरुको संसारमा आशा र इच्छा रहेको कारण नै शरीर, इन्द्रियहरु, मन वशमा हुँदैनन् । यहाँ 'निराशी:' शब्दले यो वताउँछ, कर्मयोगीमा आशा या इच्छा रहँदैन । अतः उसका शरीर, इन्द्रियहरु, र अन्तःकरण स्वतः वशमा रहन्छन् । यिनीहरु वशमा रहनाले ऊ द्वारा व्यर्थका क्रियाहरु हुँदैनन् ।
कर्मयोगी संन्यासी छ भने ऊ सबै प्रकारको भोगहरुको संग्रहको स्वरूपले नै त्याग गरिदिन्छ । यदि गृहस्थ छ भने ऊ भोगबुद्धिले (आफ्नो सुखकोलागि) कर्म गर्दैन । ऊसँग भएको सबै सामग्रीलाई त्यो कर्मयोगी आफ्नो र आफ़्नोलागि नमानेर संसारको र संसारकोलागि भन्ने नै मान्छ तथा संसारको सुखमा नै ती सामग्रीहरु लगाइदिन्छ । भोगबुद्धिले संसारको त्याग गर्नु सबै साधकलाई आवश्यकता छ ।

कर्मयोगीमा आशा, कामना, स्पृहा, वासना आदि रहँदैनन् । ऊ वाहिरदेखि नै भोगसामग्रीको संग्रहको त्याग गर्ने मात्रै होइन, भित्रैदेखि भोग-सामग्रीको आशा या इच्छाको त्याग गर्छ । आशा या इच्छाको सर्वथाको त्याग नहुँदा पनि उसको उद्देश्य तिनीहरुको त्याग गर्ने नै हुन्छ ।

शरीर सम्बन्धी कर्मका दुई अर्थ हुन्छन् -- (१) शरीरवाट हुने कर्म र (२) शरीर-निर्वाहकोलागि गरिने कर्म । शरीरवाट हुने कर्मको (पाँचौं अध्यायमा वर्णन भएको) तात्पर्य, 'सबै कर्म केवल शरीर, इन्द्रियहरु, मन, बुद्धिद्वारा नै भैरहेछन्, तिनसँग मेरो कुनै पनि सम्बन्ध छैन' भन्ने मानेर कर्मयोगी अन्तःकरणको शुद्धिकोलागि कर्म गर्छ ।  तर यहाँ अहिले वर्णित श्लोक निवृत्तिपरक भएकोले यसको अर्थ, शरीर खालि निर्वाहकोलागि गरिने आवश्यक कर्म (खान-पान, शौच-स्नान आदि) मान्नु नै ठीक देखिन्छ । निवृत्तिपरायण कर्मयोगी आफ्नो शरीर निर्वाहकोलागि मात्रै आवश्यक कर्म गर्छ ।

कर्म गर्नु अथवा नगर्नुसँग अलिकति पनि सम्बन्ध रहुन्जेल जन्म-मरणरुप बन्धन प्राप्त हुन्छ । परन्तु आशारहित कर्मयोगी कर्म गर्नु अथवा कर्म नगर्नुसँग आफ्नो कुनै पनि सम्बन्ध राख्दैन, यसैले उसलाई पाप लाग्दैन अर्थात् उसका सबै कर्म अकर्म हुन्छन् ।
निवृत्तिपरायण हुँदा पनि कर्मयोगी कहिले आलस्य-प्रमाद गर्दैन । आलस्य-प्रमादको पनि भोग हुन्छ । एकान्तमा यसै वसिरहँदा आलस्यको भोग हुन्छ र शास्त्रविरुद्ध तथा निरर्थक कर्म गर्दा प्रमादको भोग हुन्छ । यही किसिमले निवृत्तिमा आलस्यको सुखको र प्रवृत्तिमा प्रमादको सुखको भोग हुन सक्छ । अतः आलस्य-प्रमादवाट मनुष्यलाई पाप लाग्छ । तर धेरै कम कर्म गर्दा पनि निवृत्ति-परायण कर्मयोगीमा अलिकति पनि आलस्य र प्रमाद आउँदैन । उसको शरीर, इन्द्रियहरु र अन्तःकरण संयत छन्, यसैले उसमा आलस्य-प्रमाद आउनै सक्तैनन् । शरीर, इन्द्रियहरु, तथा अन्तःकरण वशमा भएकोले, भोग सामग्रीको त्याग गरेर तथा आशा, कामना, ममता आदिदेखि रहित हुने हुँदा ऊद्वारा निषिद्ध क्रिया हुनै सक्तैन ।

साधारणतया, सबै क्रियाहरुका आरम्भमा अनिवार्य दोष (पाप) पाइन्छन् । तर मूलमा असत् को संग -- कामना, ममता र आसक्तिले नै पाप लाग्ने हो । कर्मयोगीमा कामना, ममता र आसक्ति हुँदै हुँदैन अथवा उसको कामना, ममता र आसक्तिको उद्देश्य नै हुँदैन; त्यसैले उसको कर्म गर्न र नगर्नमा कुनै प्रयोजन नै हुँदैन । यही कारण न उसलाई कर्महरुमा रहने आनुषङ्गिक पाप लाग्छ र न उसलाई शास्त्रविहित कर्महरुको त्यागको नै पाप लाग्छ ।

तेस्रो अध्यायमा भगवानले सिद्ध महापुरुषलाई (आफ़्नोलागि केही गर्न वांकी नरहे पनि) लोकसंग्रहकोलागि कर्म गर्ने प्रेरणा गर्नुभएको छ । भगवानले आफ़्नोलागि पनि भन्नुभएको छ, 'त्रिलोकीमा केही पनि कर्तव्य र प्राप्तव्य नहुँदा पनि म सावधानीपूर्वक कर्म गर्छु ।' अतः यहाँ शंका हुन सक्छ, शरीर-निर्वाहकोलागि कर्म गर्ने कर्मयोगीलाई के लोकसंग्रहको त्यागको दोष लाग्छ ? यो प्रश्नको उत्तर हो, कामना, ममता नरहेको कारणले उसलाई कुनै दोष लाग्दैन । सिद्ध महापुरुषमा र भगवानमा कामना, ममता आदिको सर्वथा अभाव भए तापनि उनीहरुले गर्ने कर्म उनीहरुको दया, कृपा हो । वास्तवमा उनीहरु लोकसंग्रह गरून् या नगरून्, तर उनीहरुमा लोकसंग्रह गर्नै पर्ने भन्ने जिम्मेवारी छैन । वास्तवमा यो पनि निवृत्तिपरायण साधकहरुकोलागि एउटा लोकसंग्रह नै हो । लोकसंग्रह गरिने होइन, हुने हो ।
अर्को एउटा शंका, तेश्रो अध्यायमा भगवानले खालि आफ्नो शरीरको पोषण गर्ने मनुष्यलाई पापी भन्नुभयो र यहाँ भन्नुहुन्छ, शरीर निर्वाहकोलागि कर्म गर्ने व्यक्ति पाप खाँदैन । यो कुराको समाधान: भोगबुद्धि रहुन्जेल र  कर्महरु तथा पदार्थहरुमा आसक्ति वनिरहुन्जेल कर्म गर्न अथवा नगर्नमा पाप लाग्छ । तर अहिले वर्णन भैरहेको कर्मयोगीमा भोगबुद्धि छैन र कर्महरुमा तथा पदार्थहरुमा आसक्ति छैन; अतः सर्वथा निर्लिप्त भएकोले उसलाई कर्म गरे अथवा नगरे पाप लाग्दैन ।

कर्मयोगको साधकमा स्पष्ट विवेक जाग्रत नहुँदा पनि उसको यो निश्चय हुन्छ, 'मेरो केही होइन; मेरोलागि केही होइन, मेरोलागि केही गर्नु छैन ।' यी तीन कुराको दृढ निश्चय रहनाले उ कर्म गर्दा पनि ती कर्महरुदेखि निर्लिप्त रहन्छ ।

सर्व साधारणमा यस्तो मान्यता हुन्छ, कर्मयोगी गृहस्थ-आश्रममा र ज्ञानयोगी (सांख्ययोगी) संन्यास आश्रममा वस्छ । तर यो कुरा होइन शरीर भन्दा आफूलाई छुट्टै सत्ताको स्पष्ट विवेक भएको मनुष्य ज्ञानयोगी नै हो; चाहे ऊ गृहस्थ-आश्रम वसोस् या संन्यास आश्रममा । जसमा यति धेरै विवेक त छैन तर माथि भनिएका कुराहरुको पक्का निश्चय छ, ऊ कर्मयोगी नै हो, चाहे गृहस्थ आश्रममा होस् या संन्यास आश्रममा ।  

Song : Dakshinamurti_Stotram 
- Bhagwan Adi Shankaracharya

Dakshinamurti is the form of Lord Shiva by which he is known as a youthful world teacher seated beneath the sacred fig-tree, facing South (Dakshina means 'south') and teaching elderly disciples through silence. The South indicates a downward path (spiritually) and the North indicates an upward path, so the students face north and look forward to, immortality.
 

The word Daskshina also means 'efficient'. he (Lord Shiva) is the one who can teach us the most difficult thoughts in the most efficient manner. He is the teacher of all teachers. He is the ultimate which is inaccessible even to the mind and speech.  

No comments:

Post a Comment