Thursday 15 May 2014

68. No. 40 श्लोक ४७ को विस्तार दुःखदायी परिस्थिति आइपर्दा साधकले कहिले पनि डराउनु हुन्न ।

No. 40 
 
श्लोक ४७ को विस्तार
 
 
दुःखदायी परिस्थिति आइपर्दा साधकले कहिले पनि डराउनु हुन्न । हामीले यो बुझ्नु पर्यो कि हामीलाई हालै परेको दुःखदायी परिस्थिति हामीले नै गरेको सुख-भोगको इच्छा, त्यही अनुसार गरेको हाम्रो नराम्रो कर्मको फल हो भनेर । दुःख पर्दा हामीलाई यस्तो चेतावनी मिलिरहेको छ, अवदेखि हामीले कहिले पनि सुखको भोगको इच्छाले काम नगरी सबै प्राणीको हितकोलागि काम  गर्नु पर्छ। अर्को शब्दमा, पशु-पक्षी, कीट-पतंग आदि योनिहरुकालागि पुराना कर्महरुका फल र नया कर्म -- दुवै भोगरुप नै हुन् र मनुष्यकोलागि पुराना कर्महरुका फल र नया कर्म (पुरुषार्थ) -- दुवै उद्धारका साधन हुन् । 
 
भगवान भन्नुहुन्छ, फलमा तिम्रो कुनै पनि अधिकार छैन अर्थात् फल प्राप्तिमा पनि तिम्रो स्वतन्त्रता छैन, किनकि फलको विधान त मेरो अधीन छ । त्यसैले तिमीले फलको इच्छा नराखी कर्तव्य-कर्म गर्नुपर्छ ।फलको  इच्छा राखेर कर्म गर्यौ भने तिमी बन्धनमा पर्छौ ।  
 
अर्को कुरा, जति पनि कर्म हुन्छन्  ती सबै प्राकृत पदार्थहरु र व्यक्तिहरुको संगठनले हुन्छन् । पदार्थ र व्यक्तिको संगठन नभई स्वयम् कर्म गर्नै सक्तैन । त्यसैले संगठनवाट गरिएका कर्मको फल आफ्नोलागि खोज्नु वेइमानी  हो । कर्मको फल खोज्नु व्यक्तिकोलागि  ठीक होइन । 
 
'फलमा तिम्रो अधिकार छैन' भन्ने वाक्यले जनाउँछ, फलसँग सम्बन्ध जोड्न र नजोड्न मनुष्य स्वतन्त्र छ । फेरि गीता भन्छ, हामी एउटा कर्म गर्छौं, तर त्यो कर्मको फल अनेक चाहन्छौ । कुनै एउटा कर्म गर्दा हामी पुण्य पनि चाहन्छौँ, ससारमा कीर्ति पनि चाहन्छौ, मलाई  सबैले असल भनून् भन्ने पनि चाहन्छौ, मेरो आदर, सत्कार होस् भन्ने पनि चाहन्छौँ, मलाई यति धन प्राप्त होस्, आदि आदि । 
 
यो श्लोकमा कसरी 'निष्काम' हुने भन्ने विवेचन पनि गरिन्छ । 
 
(१) कामना पैदा हुँदा अभाव हुन्छ,कामनाको पूर्ति भएपछि परतन्त्रता र पूर्ति नभएपछि दुःख हुन्छ, तथा कामना-पूर्तिको सुख लिंदा नयाँ कामनाको उत्पत्ति हुन्छ र सकामभावपूर्वक नयाँ-नयाँ कर्म गर्ने रुचि  वढ़दै जान्छ -- यो तथ्य ठीक ठीक सम्झिए निष्कामता  स्वतः आउँछ । 
 
(२) कर्म नित्य होइन; किनकि त्यसको आरम्भ र अन्त हुन्छ तथा त्यो कर्मको फल पनि नित्य छैन; किनकि तिनको पनि संयोग र वियोग हुन्छ । परन्तु स्वयम् नित्य छ । अनित्य कर्म र कर्मफलवाट  नित्य स्वरूपलाई  कुनै लाभ हुँदैन । यो कुरालाई राम्ररी सम्झन सके निष्कामता स्वतः आउँछ ।
 
हे अर्जुन! भगवान फेरि भन्नुहुन्छ,तिमी कर्मफलको  हेतु (कारण) पनि नवन । तात्पर्य, शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि कर्म-सामग्रीसँग आफूले अलिकति पनि ममता राख्नु हुँदैन, किनकि यिनीहरुमा ममता भयो भने मनुष्य कर्म-फलको हेतु वन्छ । 
 
शुभ क्रियाहरुमा फलको इच्छा हुँदा पनि 'मवाट कसैको उपकार भयो, कसैको हित भयो, कसैलाई सुख भयो'-- यस्तो  भाव  भयो भने यो पनि कर्म फलको हेतु हुन्छ । किनभने, यस्तो भाव हुँदा शुभ कर्मको मन, बुद्धि, इन्द्रियसँग सम्बन्ध हुन्छ, यस्तो सम्बन्ध असत् को सम्बन्ध हो । वास्तवमा अन्तःकरण, वहि:करण र क्रियाहरुसँग हाम्रो कुनै सम्बन्ध नै छैन ।         
                                 
यिनीहरुको सम्बन्ध त समष्टि संसारसँग छ । जस्तो एउटा कुनै व्यक्तिवाट  अर्को कुनै व्यक्तिको हित भयो भने हामी त्यो कुरालाई मतलव राख्दैनौं, त्यसमा आफूलाई निमित्त मान्दैनौं । त्यस्तै आफ्नो भनिने  शरीर आदिवाट कसैको हित भयो भने त्यसमा आफूलाई निमित्त नमान्ने । आफूलाई कुनै क्रियामा निमित्त, हेतु नमाने हामी कर्मफलको हेतु पनि वन्दैनौं ।   
 
कर्म नगर्न पनि हाम्रो आसक्ति हुनु हुँदैन । कारण कि कर्म नगर्न आसक्ति हुँदा आलस्य, प्रमाद हुन्छन् । कर्मफलमा आसक्ति हुँदा जति बन्धन हुन्छ, त्यस्तै बन्धन कर्म नगर्न आसक्ति हुँदा हुन्छ; किनकि आलस्य-प्रमाद पनि एउटा भोग नै हो । आलस्य-प्रमादवाट हुने सुख तामसी सुख हो, तामसी सुखको फल हो अधोगति । अर्को शब्दमा, राग, आसक्ति जहाँ भए पनि बन्धन नै हो । 
 
हामी मध्ये कोहीलाई यस्तो पनि लाग्न सक्छ, 'कर्म नगरे सांसारिक र परमार्थिक  उन्नति हुनेछ'-- यस्तो भन्नु पनि कर्ममा आसक्ति नै हो । किनकि वास्तविक तत्व कर्म गर्ने र नगने भन्दा पनि अतीत छ  । 
 
यो श्लोकको समग्र अर्थ, परिवर्तनशील वस्तु, व्यक्ति, पदार्थ, क्रिया, घटना, परिस्थिति,  अवस्था,स्थूल-सूक्ष्म-कारण शरीर आदिवाट साधकले (हामीले) सर्वथा निर्लिप्त हुनुपर्छ । यिनीहरूसँग स्वयम् को अलिकति मात्र पनि सम्बन्ध हुनु हुँदैन । 
 
यो श्लोकमा चार कुराहरु चार चरणमा प्रस्तुत छन् 
 
(१) कर्म गर्न नै तिम्रो अधिकार छ ।
 
(२) फलमा कहिले पनि तिम्रो अधिकार छैन ।
 
(३) कर्मफलको हेतु नवन ।
 
(४) कर्म नगर्न तिम्रो आसक्ति नहोस् ।
 
 यी मध्ये पहिलो र चौथो चरणको एक विचार छ, दोस्रो चरण र तेस्रो चरणको एक विचार छ ।  पहिलो चरणमा कर्म गर्नमा अधिकार छ वताइएको छ र चौथो चरणमा कर्म गर्नमा आसक्तिको त्याग वारे व्याख्या छ । दोस्रो चरणमा फलको इच्छाको निन्दा छ र तेस्रो चरणमा फलको हेतु नवन्ने आदेश छ ।   
 
मुख्य कुरो, अकर्मण्यतामा रुचि हुँदा प्रमाद, आलस्य आदि तामसी वृत्तिसँग साधकको सम्बन्ध हुनेछ ।   कर्म एवम् कर्मफलसँग सम्बन्ध जोडे हाम्रो 'राजसी' वृत्तिसंग सम्बन्ध हुनेछ । प्रमाद, आलस्य, कर्म, कर्मफलसँग सम्बन्ध नरहँदा जुन विवेकजन्य सुख हुन्छ, प्रकाश मिल्छ, ज्ञान मिल्छ, त्यो प्रकाशसँग, त्यो ज्ञानसँग सम्बन्ध जोडिंदा 'सात्त्विकी वृत्ति'सँग सम्बन्ध हुन्छ । यी तीनै वृत्तिहरुसँग सम्बन्ध हुनु नै जन्म-मरणको कारण हो । अतः हामीले कर्म, कर्मफल, र यिनको त्यागको सुख --यी मध्ये कसैसँग पनि सम्बन्ध   जोड्नु हुँदैन, यिनमा राग, आसक्ति गर्नु हुँदैन । कर्म गर्दा यिनीहरूसँग सम्बन्ध नजोड्नु नै कर्मयोग हो ।
एउटा कर्म-बिभाग छ र एउटा फल-बिभाग छ । मनुष्यलाई कर्म-विभागमा नै अधिकार छ, फल-विभागमा छैन । कारण, नयाँ पुरुषार्थ हुँदा कर्म-बिभाग (गर्नु) मनुष्यको अधीन छ, र पहिले गरिएको कामहरुको भोग हुँदा फल-बिभाग (हुनु) प्रारब्धको अधीन छ । कर्मयोगको दृष्टिले हेर्दा मनुष्यलाई  साधन-सामग्री (वस्तु, योग्यता, सामर्थ्य) मिलेको छ, त्यसलाई 'प्रारब्ध' भनिन्छ । त्यही 'प्रारब्ध'को सदुपयोग गर्नु अर्थात् ती साधन-सामग्रीलाई आफ्नो र आफ़्नोलागि नमानेर अरुको र अरुकोलागि मान्दै ती साधन-सामग्रीलाई अरुको सेवामा लगाउनु 'पुरुषार्थ' हो ।
 
कर्मयोगमा मुख्य कुरो -- आफ्नो कर्तव्य द्वारा अरुको अधिकारको रक्षा गर्नु र कर्मफलको अर्थात् आफ्नो अधिकारको त्याग गर्नु । अरुको अधिकारको रक्षा गर्दा पुरानो राग हराउँछ  र आफ्नो अधिकारको त्याग गर्दा नयाँ राग पैदा हुँदैन ।  यसरी पुरानो राग मेटिएपछि र नयाँ राग नवनेपछि कर्मयोगी वीतराग हुन्छ । वीतराग भएपछि उसलाई तत्वज्ञान हुन्छ ।      
              
तात्पर्य, वस्तु, व्यक्ति र  क्रियामा  हुने राग, खिंचाव नै अज्ञानको खास चिन्ह हो । जस्तो आगो लागेको वृक्ष हरा-भरा नभएर सुक्छ, त्यस्तै जसको भित्र राग-रुपी अग्नि लागेको छ, उसलाई शान्ति मिल्न सक्तैन । 

67. No. 39 श्लोक ४७ कर्तव्य-कर्म गर्नमा नै तिम्रो अधिकार छ, फलहरुमा छैन।

No. 39 
 
श्लोक ४७ 
 
 कर्तव्य-कर्म गर्नमा नै तिम्रो अधिकार छ, फलहरुमा छैन। अतः तिमी कर्मफलको हेतु पनि नवन र तिम्रो कर्म नगर्नमा पनि आसक्ति नहोस् । 
 
यो श्लोक हामीमध्ये सबैलाई थाहा नै भएको श्लोक हो, कर्मयोगको सिद्धान्तको सार हो, निचोड हो । यहाँ भगवान अर्जुनलाई माध्यम वनाएर हामीलाई  भन्नुहुन्छ, तिम्रो सामुन्ने उपस्थित कर्तव्य-कर्म पालन गर्नमा नै तिम्रो अधिकार छ । यसमा तिमी स्वतन्त्र छौ । कारण कि मनुष्य कर्मयोनि हो । मनुष्ययोनि सिवाय अरु कुनै पनि योनि  नयाँ  कर्म गर्नकोलागि होइन । नयाँ कर्म गर्ने अधिकार केवल मनुष्यलाइ मात्रै छ ।  नयाँ कर्म गरेर केवल आफ्नो उद्धार गर्नकोलागि  नै यो अन्तिम मनुष्यजन्म हामीले पाएका हौँ । यदि हामी यस्तो कर्म आफ्नोलागि गर्छौँ  भने बन्धनमा पर्छौं र यदि कर्महरु नगरेर आलस्य-प्रमादमा पर्छौँ भने वारम्वार जन्मने,मर्ने गरिरहन्छौं । त्यसैले, सेवारुप कर्तव्य-कर्म गर्ने अधिकार मनुष्यमा, अझ हामीमा  मात्रै छ । 
 
मनुष्यको अगाडि देश, काल, घटना,पैस्थिति आदिलाई लिएर शास्त्रविहित कर्म त भिन्न-भिन्न हुन्छन्, तर एक समयमा एक मनुष्य कुनै एक कर्म मात्रै  तत्परतापूर्वक गर्न सक्छ । जस्तो, क्षत्रिय हुनाले अर्जुनकोलागि युद्ध गर्नु, दान  दिनु आदि कर्तव्यकर्महरुको विधान छ, तर वर्तमानमा अर्जुनकोलागि युद्धको वेला ऊ  एक युद्धरूप कतव्य-कर्म मात्रै गर्न सक्छ, दान दिने आदि अरु कर्तव्य-कर्म गर्न सक्तैन ।
 
मनुष्य-शरीरमा  दुइ कुराहरु हुन्छन् -- पुराना कर्महरुको फलभोग र नयाँ पुरुषार्थ । अरु योनिहरुमा खालि पुराना कर्महरुको फलभोग हुन्छ अर्थात्, कीट-पतंग, पशु-पक्षी, देवता, ब्रह्मलोक सम्मका योनिहरु भोगयोनि हुन् । त्यसैले, तिनीहरुलाई 'यसो गर र यसो नगर' भन्ने विधान छैन  । पशु-पक्षी, कीट-पतंग आदि जे पनि कर्म गर्छन् , उनीहरुले गर्ने ती कर्म पनि फलभोग हो । कारण कि उनीहरुवाट हुने कर्म उनीहरुको प्रारब्ध अनुसार पहिले नै रचिएका हुन्छन् । उनीहरुको जीवनमा अनुकूल-प्रतिकूल परिस्थितिको भोग हुन्छ, ती भोगहरु पनि फलभोग नै हुन् । परन्तु मनुष्य-शरीर केवल नयाँ पुरुषार्थकोलागि, आफ्नो उद्धार गर्नकोलागि  मिलेको छ ।           ।
 
यो मनुष्यशरीरमा पनि दुइ बिभाग छन् -- (१) यसको अगाडि  पुराना कर्महरुको फल्ररूपमा   अनुकूल-प्रतिकूल परिस्थिति आउँछन् र  अर्को मनुष्य  नयाँ पुरुषार्थ (नयाँ कर्म) गर्छ ।  यहाँ गरेको कर्महरु अनुसार नै उसको भविष्यको निर्माण हुन्छ । यसैले, शास्त्र,सन्त- महापुरुषहरुको विधि-निषेध, राज्य आदिको शासन केवल मनुष्यहरुकोलागि नै हुन्छ, किनभने मनुष्यमा पुरुषार्थको प्रधानता छ, नयाँ कर्महरु गर्ने स्वतन्त्रता छ ।  तर पहिले गरिएका कर्महरुको फलस्वरूप मिल्ने अनुकूल-प्रतिकूल परिस्थिति वदल्न  मनुष्य परतन्त्र छ । तात्पर्य, मनुष्य कर्म गर्न स्वतन्त्र छ र फल-प्राप्तिमा परतन्त्र छ । अनुकूल-प्रतिकूलरूपले प्राप्त परिस्थितिको सदुपयोग गरेर मनुष्य तीनलाई आफ्नो उद्धारको सामग्री वनाउन सक्छ । किनकि यो मनुष्य शरीर आफ्नो उद्धारकोलागि नै मिलेको हो ।  हाम्रो मनुष्य शरीर हाम्रो उद्धारकोलागि पाइएको हो र पुराना कर्महरुको फल फलरूपले प्राप्त परिस्थिति पनि उद्धारकोलागि पाइएको हो ।    
 
मनुष्य जीवनमा प्रारब्ध अनुसार शुभ अथवा अशुभ परिस्थिति आउँछन्, हामी  त्यो परिस्थितिलाई सुखदायी, दुःखदायी मान्न सक्छौं, तर ती परिस्थितिवाट सुखी या दुःखी हुनु हाम्रो  कर्मको फल होइन, हाम्रो  मूर्खताको फल हो । किनकि परिस्थिति वाहीरवाट आउँछ, तर सुखी र दुःखी स्वयम् हुन्छ । त्यो परिस्थितिसँग तादात्म्य गरेर नै हामी   सुख-दुःखको भोक्ता वन्छों । यदि हामी त्यो  परिस्थितिसँग तादात्म्य नगरेर त्यसको सदुपयोग गर्छों भने त्यही परिस्थिति  हाम्रो उद्धारको साधन-सामग्री वन्छ। सुखदायी परिस्थितिको सदुपयोग हो -- अरुको सेवा गने र दुःखदायी परिस्थितिको सदुपयोग हो -- सुखाभोगको  इच्छाको त्याग गर्ने ।         
 
यसरी लेखी  रहँदा मलाइ लाग्छ, मेरा मित्रहरुलाई एउटा कुराको नै repetition भैरहेको भन्ने होला । तर विडम्बना यो छ कि, यो वेदान्तको ज्ञान नै चेलालाई घोकाई घोकाई दृढ  गराउने हो.  महर्षि उद्दालकले आफ्नो चेलो (छोरो)लाइ 'तत्वमसि' महावाक्य वुझाउन नौ पटक उपदेश गर्नु परेको थियो । झन् हामी जस्ता सिकारुलाई त जन्म जन्म भने पनि पुग्दैन । वेदान्त भनेको नै यो ज्ञान भने पछि वेद पनि मौन हुन्छ, अर्थात् यो भन्दा माथिल्लो ज्ञान वेदमा पनि छैन । अहिलेसम्म हामीले मानेको ज्ञान नै अज्ञान हुने भयो वेद अनुसार । कारण, हामीले जानेका ज्ञान हाम्रा, पांच इन्द्रियहरु, मन, बुद्धिद्वारा जानिने ज्ञान हो । तर यो वेदान्तको ज्ञानको अनुभव गर्न हाम्रा इन्द्रिय, मन, बुद्धि सक्तैनन् । जुन ज्ञानद्वारा, जुन प्रकाश द्वारा हाम्रा इन्द्रिय, मन, बुद्धि, संचालित हुन्छन्, ती संचालित वस्तुले आफ्नो संचालकको अनुभव  कसरी गर्ने ? 
 
शुरु शुरुमा, मैले धेरै पटक निवेदन पनि गरिसकें, हामीलाई यो ज्ञान सिक्न, बुझ्न झन्झट लाग्छ । तर, शास्त्रले भन्छ, धेरै धेरै जन्मको पुण्य जम्मा भएपछि नै हामीलाई  यो ज्ञान सुन्ने, सिक्ने, त्यही सिकेको ज्ञानलाई नै आफ्नो व्यवहारमा ल्याउनु पर्ने हुन्छ ।  यो ज्ञान सिक्न, बुझ्न र व्यवहारमा ल्याउन खोज्ने व्यक्तिलाई 'पुण्य कर्मा' भन्छ गीता ।
 
साधारण भाषामा यो ज्ञान जाने क्रमलाई  information, interaction र implementation भन्छन्, वेदान्तमा श्रवण, मनन र निदिध्यासन । के गर्ने हजुर, हामीले जानेदेखि जीवनमा यो जड शरीरकोलागि धेरै डंडा पेलिसक्यों, अव पनि कति पेल्ने, अव त आफ्नोलागि पनि केही गरौं न । खालि खानु,वच्चा जन्माउनु त पशु-पक्षीले पनि गर्छन् । यही पशु-जीवन कति लिई  रहने हामीले । अलिकति यता पनि प्रयास गर्ने हो कि !          

66. No 38 श्लोक ४५ वेदहरु तीनै गुणहरुको कार्यको नै वर्णन गर्छन्; हे अर्जुन !

No 38 
 
श्लोक ४५ 
 
वेदहरु तीनै गुणहरुको कार्यको नै वर्णन गर्छन्; हे अर्जुन ! तिमी तीनै गुणहरुदेखि रहित होऊ, राग-द्वेष आदि द्वन्दहरुदेखि रहित होऊ । निरन्तर नित्य वस्तु परमात्मामा स्थित होऊ । योगक्षेमको चाहना पनि नराख र परमात्मपरायण होऊ । 
 
यहाँ वेद भन्नाले, वेदको त्यो अंश जसमा तीनै गुणहरुको र तीनै गुणहरुका कार्य स्वर्गादि भोग-भूमिहरुको वर्णन छ । यहाँ वेदहरुको निन्दा गरिएको होइन, वरु निष्कामभावको महिमाको चर्चा भएको छ । निष्कामभावको महिमा वताउनकोलागि नै वेदहरुमा चर्चित सकाम भावको कुरा आएको हो, उद्देश्य सकाम भावको निन्दामा होइन । वेदहरुमा परमात्मा र उहाँको प्राप्तिको साधनहरुको पनि वर्णन भएको छ । 
 
भगवान भन्नुहन्छ, हे अर्जुन ! तिमी तीनै गुणहरुको कार्यरूप संसारको इच्छा त्यागेर असंसारी वन अर्थात् संसारदेखि माथि उठ । संसारवाट माथि उठ्नकोलागि राग-द्वेष आदि द्वन्द्वदेखि रहित हुनु जरूरी छ । किनकि यिनीहरु नै तिम्रा शत्रुहरु हुन् । 
 
भगवान यहाँ अर्जुनलाई निर्द्वन्द्व हुने आज्ञा  दिनुहुन्छ । किनभने द्वन्द्वहरुवाट सम्मोह हुन्छ; संसारमा फंसिन्छ । जव साधक निर्द्वन्द्व हुन्छ, त्यसपछि मात्रै ऊ दृढ भएर भजन गर्न सक्छ । निर्द्वंद हुँदा साधक सुखपूर्वक संसार-बन्धनदेखि मुक्त हुन्छ । निर्द्वंद हुँदा हाम्रो मूढता हराउँछ । निर्द्वंद भएको साधक कर्महरु गर्दा पनि बाँधिदैन  । अर्को शब्दमा, हाम्रो साधना दृढ हुने नै  निर्द्वंद हुँदा हो ।
 
संसारमा एउटा वस्तुमा राग हुँदा अर्को वस्तुमा द्वेष भइरहेको हुन्छ । जव हाम्रो भगवानमा प्रेम, प्रियता, आफ्नोपन हुनेछ, त्यो वेला संसारमा हाम्रो द्वेष रहँदैन, वरु यो सँग स्वाभाविक उपरति हुनेछ । संसारदेखि उपरति भएको पहिलो  अवस्था -- हामीलाई प्रतिकूलतामा द्वेष नभएर त्यसमा उपेक्षा हुनेछ । दोस्रो अवस्था प्रतिकूलतामा  उदासीनता हो, र तेस्रो अवस्था उपरति हो । उपरतिमा राग-द्वेशका संस्कार सर्वथा मेटिन्छन् । अझ वढी सुक्ष्मरूपले  विचार गर्ने हो भने उपेक्षामा राग-द्वेषका संस्कार रहन्छन्, उदासीनतामा राग-द्वेशको सत्ता रहन्छ, उपरतिमा न राग-द्वेषको संस्कार रहन्छ, न सत्ता रहन्छ, यसमा राग-द्वेषको सर्वथा अभाव हुन्छ । 
 
भगवानको अर्जुनसहित हामीलाई आदेश,  द्वन्द्वदेखि  रहित हुने एक मात्र उपाय हो -- नित्य-निरन्तर रही रहने सर्वत्र परिपूर्ण परमात्मामा स्थित रहने ।  साथै, आफ्नो कल्याण खोज्ने हामी जस्तो साधकले आफ्नो योगक्षेमको इच्छा पनि नगर्ने, किनभने भगवानको आज्ञा छ, 'ममा मात्रै चित्त लागेको, ममा परायण भक्तको योगक्षेमको वहन म आफैं गर्नेछु ।'
 
फेरि भगवान भन्नुहुन्छ अर्जुनलाई, 'तिमी खालि त्यही सर्वव्यापक परमात्माको आश्रय लेऊ ।' वास्तवमा, यो श्लोकमा 'निर्द्वन्द्व' शब्दको धेरै महत्व छ । जड-चेतन, सत्-असत्, नित्य-अनित्य, नाशवान्-अविनाशी, आदिको भेद नै द्वन्द्व हो । द्वन्द्व हुँदा 'सबै परमात्मा हो' -- यो वास्तविकताको अनुभव हुँदैन । कारण कि जव सबै भगवान नै हो भने जड-चेतनको द्वन्द्व कसरी रहन सक्छ ? यही कारण, भगवान अमृत र मृत्यु, सत् र असत्, दुबैलाई आफ्नो स्वरूप वताउनु हुन्छ । 
 
श्लोक ४६
 
सबैतिरवाट परिपूर्ण  महान जलाशय पाएपछि सानो-सानो खाल्डामा भरिएका जलमा कसैलाई वास्ता हुँदैन । त्यस्तै, वेदहरु र शास्त्रहरूलाई तत्वले जान्ने ब्रह्मज्ञानीलाई सम्पूर्ण वेदहरुमा कुनै पनि प्रयोजन रहँदैन । 
 
यहाँ भन्न खोजिएको,, महान् सरोवर पाइएर त्यसमा सबै व्यवहार गर्दा पनि त्यो जलमा कुनै फरक पर्दैन, अर्थात्, त्यो जलको स्वच्छता, निर्मलता, पवित्रता त्यस्तै नै रहन्छ । त्यस्तै, परमात्मतत्वको बोध भएका तत्वज्ञ महापुरुषकोलागि वेदमा वर्णन गरिएका यज्ञ, दान, तीर्थ, व्रत, आदि पुण्यकारी कार्यहरुको कुनै मतलव रहँदैन, अर्थात्, ती पुण्यकारी कार्यहरु ती महापुरुषकोलागि साना-साना जलाशय जस्ता हुन्छन् ।   यही दृष्टान्त यही अध्यायको सत्तरीयों श्लोकमा छ, त्यो ज्ञानी महात्मा समुद्र जस्तो गम्भीर हुन्छ । उसका अगाडि कति नै भोग-सामग्री आउन्, तर ती भोग-पदार्थले त्यो ज्ञानीमा कुनै पनि विकार पदा गर्न सक्तैनन् । 
 
परमात्म-तत्वको प्राप्ति भएपछि  साधक तीनै गुणहरुदेखि रहित हुन्छ । ऊ  निर्द्वन्द्व हुन्छ अर्थात्  उसमा राग-द्वेष रहँदैनन् । ऊ नित्य तत्वमा स्थित हुन्छ । ऊ निर्योगक्षेम हुन्छ, अर्थात्  कुनै वस्तु मिलोस् र मिलेको वस्तुको रक्षा भइरहोस् भन्ने भाव पनि उसमा हुँदैन । ऊ सँधै नै परमात्म-परायण रहन्छ । 
 
सांसारिक भोगहरुको अन्त छैन । अनन्त  ब्रह्माण्ड छन्, तिनमा पनि अनन्त किसिमका भोगहरु छन् । तिनीहरुको त्याग गरिदिए, तिनीहरुवाट असंग भए तिनीहरुको अन्त आउँछ । यस्तै, कामनाहरु पनि अनन्त हुन्छन् । तर तिनीहरुको त्याग गरिदिए, निष्काम भए तिनीहरुको पनि अन्त आउँछ ।

65. No. 37 श्लोक ४२, ४३ हे पृथानन्दन ! कामनामा नै तन्मय भइरहेका,स्वर्गलाई नै श्रेष्ठ मान्नेहरु

No. 37 
श्लोक ४२, ४३ 
हे पृथानन्दन ! कामनामा नै तन्मय भइरहेका,स्वर्गलाई नै श्रेष्ठ मान्नेहरु वेदहरुमा भनिएका सकाम कर्महरुमा प्रीति राख्ने हुन्छन् । उनीहरुको विचारमा 'भोगहरु सिवाय अरु केही छँदै छैन' भन्ने हुन्छ । त्यस्ता अविवेकी मनुष्यहरु वेदका   पुष्पित (दिखाउ, शोभायुक्त) वाणी भन्ने गर्छन्, तिनवाट जन्म-मरणरूपी फल पाइन्छ । त्यस्ता वाणीहरुले  भोग र ऐश्वर्यको प्राप्तिकोलागि धेरै क्रियाहरुको वर्णन गर्छन् । 
त्यस्ता व्यक्तिहरु कामनाहरुमा यति भिजेका हुन्छन्, उनीहरु कमनारूप नै वनि दिन्छन् । उनीहरुलाई आफूमा र कामनामा कुनै भिन्नता नै देखिंदैन । उनीहरुको सोचाइ हुन्छ, कामना विना व्यक्ति वाँच्न नै सक्तैन , कुनै काम हुन सक्तैन ।                 
स्वयम् त नित्य-निरन्तर जस्ता-को-तस्तो रहन्छ, उसमा कहिले पनि घट - बढ़ हुँदैन । तर कामना आउने जाने गर्छ र घट्ने वढ्ने पनि गर्छ । स्वयम् परमात्माको अंश  हो र कामना संसारको अंशको पनि धेरै सानो अंश   हो ।  स्वयम् र कामना सर्वथा छुट्टा छुट्टै हुन् । तर संसारमा नै भिजेका व्यक्तिकालागि कामना भन्दा आफ्नो स्वरूप  छुट्टै हो भन्ने विचार आउँदैन ।  स्वर्गमा धेरै दिव्य सुख-भोग मिल्ने भएकोले उनीहरुको लक्षमा स्वर्ग नै सर्वश्रेष्ठ हुन्छ र उनीहरु त्यसैको प्राप्तिमा रात-दिन लागी रहन्छन् । उनीहरुकोलागि भोगहरु सिवाय परमात्मा, तत्वज्ञान, मुक्ति, भगवत-प्रेम आदि कुनै चीज छँदै छैन । यस्ता अविवेकी व्यक्तिहरु संसार र भोगहरुको वर्णन भएका वेदका वाणीहरुमा नै  विश्वास गर्छन् । तर उनीहरुलाई यो थाहा हुँदैन, स्वर्गको भोग देख्नमा मात्रै राम्रो हो, तिनीहरुमा स्थायीपन छैन । वेदका 'पुष्पित' वाणी जन्मरूपी कर्मफल  मात्रै दिन्छन्,किनकि तिनमा सांसारिक भोगहरुलाई नै महत्व दिइएको छ । भोगमा हुने राग नै अघिल्लो जन्मको कारण हुन्छ ।
श्लोक ४४ 
ती पुष्पित वाणीले अन्तःकरण हरिएका, भोगहरुतिर खिंचिएकाहरु, भोग तथा ऐश्वर्यमा अत्यन्त आसक्त ती व्यक्तिहरुको परमात्मामा एक निश्चय हुँदैन । 
शब्द. स्पर्श, रुप,रस र गन्ध -- शरीरको आराम, मान र नामको वडाइ --यीवाट सुख लिनेको नाम भोग हो । भोगहरुकोलागि पदार्थ, रुपियाँ-पैसा, घर आदिको संग्रहलाई ऐश्वर्य भनिन्छ । यी भोग र ऐश्वर्यमा हुने आसक्ति, प्रियता, खिंचाव अर्थात् महत्व-बुद्धिलाई 'भोगैश्वर्यप्रसक्तानाम्' भनिन्छ ।
मनुष्य-जन्मको मूल ध्येय परमात्मा प्राप्ति हो, यही उद्देश्यले मनुष्य शरीर मिलेको हो भन्ने 'व्यवसायात्मिका' बुद्धि यो श्लोकमा वर्णन गरिएका व्यक्तिमा हुँदैन । 
परमदयालु प्रभुले कृपा गरेर दिनुभएको यो मनुष्यशरीरमा यस्तो विलक्षण विवेकशक्ति छ, जुनद्वारा मनुष्य सुख-दुःखवाट माथि उठ्न सक्छ, आफ्नो उद्धार  गर्न सक्छ, सबैको सेवा गरेर भगवत-प्राप्ति गर्न सक्छ । यसैमा मनुष्य-जीवनको सार्थकता छ । परन्तु यस्तो अमूल्य विवेकशक्तिको अनादर गरेर नाशवान भोग र संग्रहमा आसक्त हुनु 'पशुबुद्धि' हो । कारण, पशु-पक्षी पनि  भोगमा लागिरहन्छन्, मनुष्य पनि त्यसैगरी भोगमा नै लागि रहन्छ भने पशु-पक्षी र मनुष्यमा फरक नै के रह्यो ? 
पशु-पक्षीको योनि त भोगयोनि हो; अतः उनीहरुलाई कर्तव्यको प्रश्न छैन । तर मनुष्यजन्म त केवल आफ्नो कर्तव्यको पालन गरेर आफ्नो उद्धार गर्नकोलागि पाइएको हो, भोगकोलागि  होइन।
यसैले  मनुष्यलाई मिल्ने जस्तो सुकै अनुकूल-प्रतिकूल परिस्थिति  साधन-सामग्री हुन्, भोग-सामग्री होइनन् । यी साधन-सामग्रीलाई भोग-सामग्री मान्ने मनुष्यहरूको  मन 'भोग र संग्रह'मा लाग्ने भयो ।तिनीहरुमा व्यवसायात्मिका बुद्धि' हुँदैन । वास्तवमा हामीलाई परमात्म-प्राप्तिमा वाधा दिने  सांसारिक पदार्थ होइनन्,  हामीमा भएको भोगको महत्व नै हो । भोग र संग्रहलाई महत्व दिईदिई कसैले परमात्मा प्राप्त गर्न चाह्यो भने, परमात्मा प्राप्त गर्ने त कुरै  छोडौं, त्यो प्राप्तिको एक 'निश्चय पनि गर्न   सक्तैन । किनभने हाम्रो रूचि एउटा नै छ, कि त यो भोगतिर जान्छ, कि त परमात्मातिर जान्छ । जवसम्म भोग र  संग्रहमा, मान वड़ाईमा रुचि हुन्छ, कोही पनि एक निश्चय गरेर परमात्मामा लाग्न सक्तैन । किनभने उसको अन्तःकरण भोगहरुको रुचिले हरिएको हुन्छ । उसको अन्तःकरणको शक्ति नै भोग र संग्रहमा लाग्ने भयो ।       
हाम्रो कल्याणमा सब भन्दा ठूलो वाधा नै भोग र संग्रह (ऐश्वर्यको इच्छा) हो । जालमा परेको माछो अघि वढ्न नसक्ने जस्तै भोग र संग्रहमा फसेको मनुष्यको दयनीय स्थितिको चित्रण गरिएको छ प्रस्तुत श्लोकमा ।   
यो प्रसंगले सांसारिक मनुष्यहरुको भोग र ऐश्वर्यमा हुने रुचिको  निन्दा  गरेको  छ । यो प्रसंग केवल निन्दाकोलागि निन्दा नभई साधक्मा  यसको परिहारको संकेत छ, भगवानवाट ।  

64. No. 36 चालीसौं श्लोकको नै विस्तार:

No. 36 
 
चालीसौं श्लोकको नै विस्तार:
 
अहिले यो प्रसंग समताको नै छ । समबुद्धिरूप धर्मको ज्यादै कम अनुष्ठान पनि जन्म-,मरणरूपी महान् भयवाट हाम्रो रक्षा गर्छ । सकाम कर्म फल (राम्रो, नराम्रो) दिएर नष्ट हुन्छ, तर समता धन-सम्पति आदि कुनै फल दिएर नष्ट हुँदैन अर्थात् यसको फल नाशवान धन-सम्पति आदिको प्राप्ति हुने होइन । साधकको अन्तःकरणमा अनुकूल-प्रतिकूल वस्तु, व्यक्ति, घटना, परिस्थितिमा जति समता आउँछ,  त्यति नै उसको समता अटल (नहराउने) हुन्छ । यो समताको कुनै पनि कालमा नाश हुन सक्तैन ।
 
जस्तो योगभ्रष्ट (गीताकै छैठौँअध्यायमा आउने प्रसङ्ग) लाइ साधन सामग्रीमा  समता आउँछ, अर्थात्, त्यो योगभ्रष्ट साधकलाई आफूसँग भएको साधन सामग्रीमा आसक्ति र ममता हुँदैन । उसका साधन-सामग्री द्वारा ऊ  स्वर्ग आदि उँचा  लोकहरुमा धेरै वर्षसम्म सुख भोग पनि गर्छ, त्यसपछि उसको जन्म  मृत्युलोकमा श्रीमानहरुको घरमा हुन्छ । त्यो नयाँ जन्ममा पनि उसले  ती साधन सामग्री भोग्दा पनि ती साधन-सामग्रीको नाश हुँदैन । त्यो समता, ती साधन-सामग्री अलिकति पनि खर्च हुँदैन, जस्ता-को-तस्तो सुरक्षित रहन्छ, किनकि यो समता सत् हो, सदा सर्वदा रही  रहने स्वभावको हो ।
 
पहिले पनि भनी  सकियो, सम परमात्माको अर्को नाम हो. सम परमात्मासँग एक भएको व्यक्तिलाई यहाँ समतामा स्थित व्यक्ति भनिएको हो । वास्तवमा, समता ज्ञानीकै लक्षण हो । अध्यात्म भनौं, वेदान्त भनौं, विषय नै नयाँ भएकोले शुरु शुरुमा हामीलाई यस्ता प्रसंग अनौठो लाग्न सक्छ । तर के गर्ने हजुर, गीताले हामीहरुलाई आफ्नो जीवनको सत्यतर्फ नै हिंड्न लगाउँछ, आफूले गरेका सम्पूर्ण कृयाकलापहरुमा निष्पक्ष तरिकाले, वकिल भएर होइन, न्यायाधीश भएर अवलोकन गर्न सिकाउँछ । choice हाम्रै हातमा छ, गीता अनुसार चल्ने कि अहिलेसम्म हामीले जे जस्तो गरेर वसेका छौँ, वांकी जीवन पनि त्यसै गरी विताएर आफ्नो आयु समाप्त गर्ने । शास्त्रले, अझ गीताले यी दुइमध्ये कुनै एकको चयन गर्ने  स्वतन्त्रता हामीलाई दिएको छ ।
 
धर्म दुइ थरी हुन्छन् -- (१) दान गर्नु, प्राणीहरुलाई पानी पिउनकोलागि आवश्यक व्यवस्था मिलाउनु, अन्नक्षेत्र खोल्नु आदि परोपकारको कार्य गर्नु र (२ ) वर्ण-आश्रम अनुसार शास्त्र-विहित आफ्नो कर्तव्य-कर्म तत्परताले पालन गर्नु । यी धर्महरु निष्कामभावले पालन गरे समतारूप धर्म स्वतः आउँछ, किनकि यो समतारूप धर्म स्वयमको  धर्म अर्थात् स्वरूप हो । यही कुरालाई लिएर यहाँ समबुद्धिलाई धर्म भनियो ।
 
गीताको दृष्टिमा समता अत्यन्त ऊँचो चीज हो । अरु लक्षण हुन्, अथवा नहुन, तर कुनै साधकमा समता छ भने उसलाई गीता सिद्ध भन्छ । तर, जसमा अरु लक्षण सबै छन् र समता छैन भने उसलाई गीता सिद्ध भन्दैन ।
 
समता दुइ किसिमको हुन्छ -- अन्तःकरणको समता र स्वरूपको समता । समरूप परमात्मा सर्वत्र परिपूर्ण छ । त्यो समरूप परमात्मामा जो स्थित भएको छ, उसले सम्पूर्ण संसारमा बिजय पायो, ऊ जीवनमुक्त भयो । तर यसको परिचय साधकको अन्तःकरणको समताले हुन्छ । अन्तःकारणको समता हो -- सिद्धि-असिद्धिमा सम रहनु । प्रशंसा होस् या निन्दा, कार्य सफल होस् अथवा नहोस् लाखौँ  रुपियाँ आओस या लाखौं रुपियाँ जाओस्, तर तिनवाट उसको अन्तःकरणमा कुनै हलचल हुँदैन, सुख-दुख, हर्ष-शोक आदि हुँदैन । यो समताको नाश कहिले पनि हुँदैन । कल्याण सिवाय यो समताको अर्को कुनै फल नै छैन ।   
 
हामीले गर्ने अथवा गरेका तप, दान, तीर्थ, व्रत, आदि कुनै पनि पुण्य-कर्म फल दिएर नष्ट हुन्छ, तर साधन गर्दा गर्दा अन्तःकरणमा  थोरै मात्र पनि समता आयो भने त्यो नष्ट हुँदैन, उल्टो त्यसले साधकको कल्याण नै गर्छ । साधनमा समता जस्तो ठूलो मनको एकाग्रता पनि होइन । मन एकाग्र हुँदा सिद्धिहरु त आउँछन्, तर कल्याण हुँदैन । परन्तु समता आउँदा मनुष्य संसार-बन्धनदेखि सुखपूर्वक मुक्त हुन्छ ।
 
श्लोक ४१ 
 
हे कुरुनन्दन ! यो समबुद्धिको प्राप्तिको विषयमा निश्चयात्मिका बुद्धि एक नै हुन्छ । जसको एक निश्चय हुँदैन, त्यस्ता मनुष्यहरुको बुद्धिहरु अनन्त र धेरै शाखाहरु भएका हुन्छन् ।
 
कर्मयोगको साधकले प्राप्त गर्न खोजेको लक्ष समता हो, त्यो समता परमात्माको स्वरूप नै हो । त्यो परमात्मस्वरूप समताको प्राप्तिकोलागि अन्तःकरणको समता साधन हो, अन्तःकरणको समतामा संसारको राग वाधक हो । त्यही वाधक राग हटाउन अथवा पामत्मतत्व प्राप्त गर्ने एक निश्चयलाइ व्यवसायात्मिका बुद्धि भनिन्छ ।
 
व्यवसायात्मिका बुद्धि एक किन हुन्छ ?
 
यो बुद्धिमा सांसारिक वस्तु, व्यक्तिको कामनाको त्याग हुन्छ । यो त्याग एक नै हुन्छ, चाहे धनको कामनाको त्याग होस्, चाहे मान-वड़ाईको त्याग होस् । तर ग्रहण गर्दा अनेक चीजहरु हुन्छन्; किनकि एक-एक चीज नै अनेक तरहका हुन्छन् । यी अनेक तरहका चीजको कामनाहरु पनि अनेक, अनन्त हुन्छन् ।
 
गीतामा कर्मयोगमा र भक्तियोगमा व्यवसायात्मिका बुद्धिको वर्णन छ, तर ज्ञानयोगमा व्यवसायात्मिका बुद्धिको वर्णन छैन । कारण कि ज्ञानयोगमा पहिले स्वरूपको बोध  हुन्छ,फेरि परिणामस्वरूप बुद्धिमा  स्वतः एक निश्चय हुन्छ र कर्मयोग र भक्तियोगमा पहिले बुद्धिको एक निश्चय हुन्छ, त्यसपछि स्वरूपको बोध हुन्छ । ज्ञानयोगमा ज्ञानको मुख्यता हुन्छ, कर्मयोग र भक्तियोगमा निश्चयको मुख्यता हुन्छ ।
 
सकाम भाव भएका (आफ्नो कर्मको फल आफूले चाहेको जस्तो खोज्ने) व्यक्तिहरु अव्यवसायी हुन्छन्,  त्यसैले उनीहरु भोग र संग्रहमा आसक्त हुन्छन् । कामनाले गर्दा यस्ता व्यक्तिहरुको बुद्धि अनन्त हुन्छन्, ती अनन्त बुद्धिहरुका पनि अनन्त शाखाहरु हुन्छन् । जस्तो धन चाहिएको छ -- यो एक बुद्धि भयो, अव धन पाउनकोलागि व्यापार गर्ने, चोरी गर्ने, धोखा दिने, अरुलाई ठग्ने, आदि बुद्धिका अनन्त शाखा भए । यस्ता व्यक्तिहरुको बुद्धिमा परमात्मप्राप्तिको एक निश्चय हुँदैन ।
 
वास्तविक उद्देश्य एक नै हुन्छ । जवसम्म एउटा मात्र उद्देश्य हुँदैन, तवसम्म उसका उद्देश्य अनेक  हुन्छन् र एक एक उद्देश्यका अनेक अनेक शाखाहरु हुन्छन् । त्यो व्यक्तिका कामना अनेक हुन्छन्, ती कामना पूर्तिका उपायहरु पनि अनेक अनेक हुन्छन् ।     

63. No. 35 श्लोक ४० मनुष्यलोकमा यो समबुद्धिरुप धर्मको आरम्भको नाश हुँदैन तथा यसको अनुष्ठानको उल्टो फल

No. 35
श्लोक ४०

 मनुष्यलोकमा यो समबुद्धिरुप धर्मको आरम्भको  नाश हुँदैन तथा यसको अनुष्ठानको उल्टो फल पनि हुँदैन र समताको  अलिकति मात्रै पनि अनुष्ठान जन्म-मरणरूपी महान् भयवाट रक्षा गर्छ ।
 
यही 'निष्काम' कर्मवाट प्राप्त हुने समताको  व्याख्या गर्दै भगवान भन्नुहुन्छ, यो समताको केवल आरम्भ मात्रै भए पनि यो आरम्भको  नाश हुँदैन ।
 
समताको आरम्भ के हो ?
 
मनमा यो समता प्राप्त गर्ने लालसा, उत्कण्ठा मात्र पनि यो समताको आरम्भ  हो । यो आरम्भको  कहिले पनि कमी, अभाव हुँदैन, किनकि सत्य वस्तुको लालसा पनि सत्य नै हुन्छ । मनुष्यलोकमा मनुष्य नै यो समबुद्धि प्राप्त गर्ने अधिकारी हो । मनुष्य सिवाय अरु सबै भोगयोनिहरु हुन् । त्यही हुनाले अरु योनिहरुमा विषमता (राग-द्वेष) को नाश गर्ने अवसर छैन; किनकि भोग राग-द्वेषपूर्वक नै हुन्छ । यदि राग-द्वेष छैन भने भोग हुँदै हुँदैन, केवल साधन मात्र हुन्छ । 
 
सकाम भावले गरिएका कर्महरुमा मन्त्र-उच्चारण, यज्ञ-विधि आदिमा कुनै कमी रह्यो भने त्यसको फल उल्टो हुन्छ । जस्तो, कोही छोराको जन्मकोलागि यज्ञ गर्छ भने त्यो यज्ञको विधिमा कुनै त्रुटी भयो भने छोरा हुने त कुरै छोडौं, त्यो घरमा कसैको मृत्यु समेत हुन सक्छ, अथवा विधिको कमी रहँदा यति उल्टो फल नहोला पनि, तैपनि त्यो छोरो पूर्ण अंगहरुसहित जन्मंदैन ।       
 
परन्तु जो मनुष्य यो समबुद्धि आफ्नो अनुष्ठानमा ल्याउने प्रयत्न गर्छ, उसको प्रयत्नको अनुष्ठानको कहिले पनि उल्टो फल हुँदैन । किनभने उसको अनुष्ठानमा फलको इच्छा हुँदैन । जवसम्म फलेच्छा रहन्छ, तवसम्म समता आउँदैन  र समता आएपछि फलेच्छा रहँदैन । अतः त्यसको अनुष्ठानको विपरीत फल हुँदै हुँदैन, हुन सम्भव नै छैन ।       
 
विपरीत फल के हो ?
 
संसारमा विषमता हुनु नै विपरीत फल हो । सांसारिक कुनै कार्यमा राग हुनु र कुनै कार्यमा दोष हुनु विषमता हो, यही विषमतावाट नै जन्म-मरणरुप बन्धन हुन्छ । तर, जव मनुष्यमा समता आउँछ, तव उसमा राग-द्वेष रहँदैन र राग-द्वेष नरहे विषमता रहँदैन । त्यसो भएपछि विपरीत फल हुने कुनै कारण नै छैन ।  
 
फेरि चित्त-शुद्धिकै प्रसंगमा जाने हो कि ?
 
संकल्पहरुको उत्पत्ति जसमा हुन्छ र तिनीहरुको पूर्ति जुन साधनहरुले हुन्छ, ती दुइको जो प्रकाशक छ अथवा ती दुवै (उत्पत्ति र पूर्ति )लाइ जसवाट सत्ता मिल्छ, त्यसमा जीवन-बुद्धि स्वीकार नगर्नु अनुभूतिको विरोध हो, र संकल्पहरुको उत्पत्ति-पूर्तिमा नै जीवन-बुद्धि स्वीकार गर्नु आफ्नो अनुभूतिको अनादर गर्नु हो । यही भूलले नै हाम्रो चित्त अशुद्ध भएको हो । अव विचार यो गर्नु पर्यो कि संकल्पहरुको उत्पत्तिको उद्गम स्थान के हो र ती संकल्पहरुको पूर्ति जुन साधनले हुन्छ, तिनीहरुको स्वरूप के हो ? जुन मान्यताहरुवाट कुनै न कुनै प्रकारको भेदको उत्पत्ति हुन्छ, ती मान्यताहरुमा अहम्-बुद्धि स्वीकार गर्दा संकल्पहरुको उत्पत्ति हुन्छ, र जुन वस्तुहरुवाट संकल्पहरुको पूर्ति हुन्छ, ती सबै वस्तुहरु पर-प्रकाश्य (अरुवाट प्रकाशित) छन्, परिवर्तनशील छन् र उत्पत्ति-विनाशयुक्त छन् । यही कारण संकल्प-पूर्तिको सुख संकल्प-उत्पत्तिको  हेतु वन्छ । (भनाइको मतलव, हाम्रो एउटा संकल्प-पूर्ति भयो भने तत्कालै अर्को संकल्प उत्पन्न भैहाल्छ) । यसरी संकल्पको उत्पत्ति-पूर्तिको क्रम सतत  चली रहन्छ । त्यही क्रमसँग तादात्म्य गरेर प्राणी अनेक प्रकारको अभावहरुमा अल्झिरहन्छ र दीनता र अभिमानको अग्निमा जलिरहन्छ । यदि संकल्प-पूर्ति  भन्दा अतीतको जीवनमा विश्वास भयो भने अथवा त्यसको अनुभव भयो भने प्राणी वडो सुगमतापूर्वक शाश्वत शान्ति पाएर कृतकृत्य हुन्छ ।      
No. 35
श्लोक ४०
 मनुष्यलोकमा यो समबुद्धिरुप धर्मको आरम्भको  नाश हुँदैन तथा यसको अनुष्ठानको उल्टो फल पनि हुँदैन र समताको  अलिकति मात्रै पनि अनुष्ठान जन्म-मरणरूपी महान् भयवाट रक्षा गर्छ ।
 
यही 'निष्काम' कर्मवाट प्राप्त हुने समताको  व्याख्या गर्दै भगवान भन्नुहुन्छ, यो समताको केवल आरम्भ मात्रै भए पनि यो आरम्भको  नाश हुँदैन ।
 
समताको आरम्भ के हो ?
 
मनमा यो समता प्राप्त गर्ने लालसा, उत्कण्ठा मात्र पनि यो समताको आरम्भ  हो । यो आरम्भको  कहिले पनि कमी, अभाव हुँदैन, किनकि सत्य वस्तुको लालसा पनि सत्य नै हुन्छ । मनुष्यलोकमा मनुष्य नै यो समबुद्धि प्राप्त गर्ने अधिकारी हो । मनुष्य सिवाय अरु सबै भोगयोनिहरु हुन् । त्यही हुनाले अरु योनिहरुमा विषमता (राग-द्वेष) को नाश गर्ने अवसर छैन; किनकि भोग राग-द्वेषपूर्वक नै हुन्छ । यदि राग-द्वेष छैन भने भोग हुँदै हुँदैन, केवल साधन मात्र हुन्छ । 
 
सकाम भावले गरिएका कर्महरुमा मन्त्र-उच्चारण, यज्ञ-विधि आदिमा कुनै कमी रह्यो भने त्यसको फल उल्टो हुन्छ । जस्तो, कोही छोराको जन्मकोलागि यज्ञ गर्छ भने त्यो यज्ञको विधिमा कुनै त्रुटी भयो भने छोरा हुने त कुरै छोडौं, त्यो घरमा कसैको मृत्यु समेत हुन सक्छ, अथवा विधिको कमी रहँदा यति उल्टो फल नहोला पनि, तैपनि त्यो छोरो पूर्ण अंगहरुसहित जन्मंदैन ।       
 
परन्तु जो मनुष्य यो समबुद्धि आफ्नो अनुष्ठानमा ल्याउने प्रयत्न गर्छ, उसको प्रयत्नको अनुष्ठानको कहिले पनि उल्टो फल हुँदैन । किनभने उसको अनुष्ठानमा फलको इच्छा हुँदैन । जवसम्म फलेच्छा रहन्छ, तवसम्म समता आउँदैन  र समता आएपछि फलेच्छा रहँदैन । अतः त्यसको अनुष्ठानको विपरीत फल हुँदै हुँदैन, हुन सम्भव नै छैन ।       
 
विपरीत फल के हो ?
 
संसारमा विषमता हुनु नै विपरीत फल हो । सांसारिक कुनै कार्यमा राग हुनु र कुनै कार्यमा दोष हुनु विषमता हो, यही विषमतावाट नै जन्म-मरणरुप बन्धन हुन्छ । तर, जव मनुष्यमा समता आउँछ, तव उसमा राग-द्वेष रहँदैन र राग-द्वेष नरहे विषमता रहँदैन । त्यसो भएपछि विपरीत फल हुने कुनै कारण नै छैन ।  
 
फेरि चित्त-शुद्धिकै प्रसंगमा जाने हो कि ?
 
संकल्पहरुको उत्पत्ति जसमा हुन्छ र तिनीहरुको पूर्ति जुन साधनहरुले हुन्छ, ती दुइको जो प्रकाशक छ अथवा ती दुवै (उत्पत्ति र पूर्ति )लाइ जसवाट सत्ता मिल्छ, त्यसमा जीवन-बुद्धि स्वीकार नगर्नु अनुभूतिको विरोध हो, र संकल्पहरुको उत्पत्ति-पूर्तिमा नै जीवन-बुद्धि स्वीकार गर्नु आफ्नो अनुभूतिको अनादर गर्नु हो । यही भूलले नै हाम्रो चित्त अशुद्ध भएको हो । अव विचार यो गर्नु पर्यो कि संकल्पहरुको उत्पत्तिको उद्गम स्थान के हो र ती संकल्पहरुको पूर्ति जुन साधनले हुन्छ, तिनीहरुको स्वरूप के हो ? जुन मान्यताहरुवाट कुनै न कुनै प्रकारको भेदको उत्पत्ति हुन्छ, ती मान्यताहरुमा अहम्-बुद्धि स्वीकार गर्दा संकल्पहरुको उत्पत्ति हुन्छ, र जुन वस्तुहरुवाट संकल्पहरुको पूर्ति हुन्छ, ती सबै वस्तुहरु पर-प्रकाश्य (अरुवाट प्रकाशित) छन्, परिवर्तनशील छन् र उत्पत्ति-विनाशयुक्त छन् । यही कारण संकल्प-पूर्तिको सुख संकल्प-उत्पत्तिको  हेतु वन्छ । (भनाइको मतलव, हाम्रो एउटा संकल्प-पूर्ति भयो भने तत्कालै अर्को संकल्प उत्पन्न भैहाल्छ) । यसरी संकल्पको उत्पत्ति-पूर्तिको क्रम सतत  चली रहन्छ । त्यही क्रमसँग तादात्म्य गरेर प्राणी अनेक प्रकारको अभावहरुमा अल्झिरहन्छ र दीनता र अभिमानको अग्निमा जलिरहन्छ । यदि संकल्प-पूर्ति  भन्दा अतीतको जीवनमा विश्वास भयो भने अथवा त्यसको अनुभव भयो भने प्राणी वडो सुगमतापूर्वक शाश्वत शान्ति पाएर कृतकृत्य हुन्छ ।      

62. No. 34 श्लोक 39 हे पार्थ ! यो समबुद्धि तिम्रोलागि पहिले सांख्ययोगमा भनि सकियो ।

No. 34
श्लोक 39
हे पार्थ ! यो समबुद्धि तिम्रोलागि पहिले सांख्ययोगमा भनि सकियो । अव यसलाई तिमी कर्मयोगको विषयमा सुन ।
यो समताको वारेमा सांख्ययोगको प्रसंगमा एघारौँ श्लोकदेखि तीसौं श्लोकसम्म विस्तृत वर्णन गरियो । देह-देहीको ठीक-ठीक विवेक भएपछि समतामा आफ्नो स्वतःसिद्ध स्थितिको अनुभव हुन्छ, किनकि देहमा राग रहँदा नै विषमता आउने हो । अव यही समबुद्धि कर्मयोगको सन्दर्भमा प्रस्तुत हुँदैछ ।

यो समबुद्धि कर्मयोगमा कसरी प्राप्त हुन्छ ? यसको स्वरूप के हो ? यसको महिमा के हो ? यी कुराहरुकोलागि यो बुद्धिलाई योग (कर्मयोग) को विषयमा सुन्नकोलागि भगवान आज्ञा गर्नुहुन्छ । अर्जुनलाई युद्ध गर्दा पाप लाग्छ भन्ने थियो । तर भगवानको मतमा कर्महरुमा विषम बुद्धि (राग-द्वेष) हुँदा नै पाप लाग्छ । कर्ममा समबुद्धि हुनसके पाप लाग्दैन । संसारमा पाप पुण्यका  अनेक घटनाहरु घटी रहन्छन, तर तिनीहरुवाट हामीलाई पाप लाग्दैन । किनकि तिनीहरुमा हाम्रो समबुद्धि रहन्छ, अर्थात् तिनीहरुमा हाम्रो कुनै पक्षपात, आग्रह, राग-द्वेष रहँदैनन् ।  भगवान अर्जुनलाई फेरि भन्नुहुन्छ, 'यदि तिमी पनि समबुद्धिले युक्त भयौ भने तिमीलाई पनि पाप-पुण्य लाग्दैन ।'

कर्मयोगी लोकसंग्रहकोलागि सबै कर्म गर्छ । यसरी लोकसंग्रहकोलागि  कर्म गर्दा अर्थात् नि:स्वार्थभावले लोक-मर्यादा सुरक्षित राख्नकोलागि, सामान्य जनतालाई नराम्रो वाटोवाट हटाएर संमार्गतिर लगाउनकोलागि कर्म गर्दा समताको प्राप्ति सुगमतासंग हुन्छ । समता प्राप्त भएपछि कर्मयोगी कर्मबंधनवाट सजिलै छुट्छ ।  

कर्मयोगका दुई बिभाग छन् -- कर्ताव्यविज्ञान र योगविज्ञान । यी भन्दा पहिलेका श्लोकहरुमा कर्तव्य-कर्म गर्दा लाभ र नगर्दा हानि को वर्णन गरियो । अव यहाँदेखिका केही पछिका श्लोकसम्म योगविज्ञानको प्रसंग आउँछ ।

शरीर र शरीरीको विभागलाई जानेर शरीर बिभागदेखि सम्बन्ध-विच्छेद गर्नु 'सांख्ययोग  हो तथा कर्तव्य र अकर्तव्यको विभागलाई जानेर अकर्तव्य विभागको त्याग र कर्तव्यको पालन गर्नु 'कर्मयोग' हो । मनुष्यले यी दुइमध्ये कुनै पनि एक साधनको अनुष्ठान गरेर यो समतालाई प्राप्त गर्नुपर्छ । कारण कि समता आएपछि मनुष्य कर्म-बन्धनदेखि मुक्त हुन्छ ।

यो दोस्रो अध्यायमा धर्मशास्त्र र मोक्षशास्त्रको कुरा छ । एकतीसौं श्लोकदेखि सैतीसौं  श्लोकसम्म धर्मशास्त्रको र उनन्चालीसौं श्लोकदेखि त्रिपन्नौं श्लोकसम्म मोक्षशास्त्रको कुरा आउँछ । धर्मशास्त्रमा कर्तव्य पालन मुख्य हुन्छ । धर्म भने पनि कर्तव्य भने पनि कुरा उही हो । जे गर्नु पर्छ, त्यसलाई नगर्नु अकर्तव्य हो र जुन गर्नु हुँदैन, त्यसलाई गर्नु  अकर्तव्य हो । आफ्नो सुखको इच्छाको त्याग गरेर अरुलाई सुख पुर्याउनु, जुनमा आफ्नो पनि हित होस्, अर्कोको पनि हित होस् , त्यसलाई कर्तव्य भनिन्छ । कर्तव्यको पालन गर्दा आफैं योग प्राप्त हुन्छ । कर्तव्य-पालन नगरी मनुष्य योगारूढ हुन सक्तैन । योग प्राप्त भएपछि तत्वज्ञान स्वतः हुन्छ । तत्वज्ञान कर्मयोग र ज्ञानयोग दुबैको परिणाम हो ।

हालैका प्रसंगहरुलाई मेरा मित्रहरुले अलि वढी ध्यान दिएर पढे हुन्थ्यो जस्तो लाग्छ मलाई ।
एक जना सन्तको वचन:
हामीलाई यो माथि वर्णन गरिएको तत्वज्ञान बुझन पनि जिज्ञासा छ, तर त्यो ज्ञान हामीले भने जस्तो बुझ्न सकिरहेका छैनौं भन्ने पनि हामीलाई थाहा छ । यस्तो हुनुको कारण के हो भन्दा सन्त वचन अनुसार हाम्रो चित्तको अशुद्धि हो ।

चित्त शुद्ध भएको ज्ञान धेरैलाई हुँदैन, तर हाम्रो चित्त अशुद्ध  भएको ज्ञान हामी सबैलाई हुन्छ । यदि यस्तो ज्ञान नहुँदो हो त चित्त-अशुद्ध भन्ने प्रश्न नै आउने थिएन । हामीले आफ्नो चित्त अशुद्ध भएको कसरी जान्ने ?

जव हामी आफ्नो चित्तलाई आफ्नो अधीन पाउँदैनौं, त्यो वेला हामीलाई थाहा हुनु पर्छ कि हाम्रो चित्तमा कुनै दोष छ । यदि हाम्रो चित्त हाम्रो अधीनमा छ भने हामी यसलाई (चित्तलाई) कुनै विषयमा लगाउन र कुनै विषयमा नलगाउन आफूलाई स्वाधीन पाउँथ्यौ ।  तर यसो गर्न हामी आफूलाई असमर्थ पाउँछौं । हाम्रो यही असमर्थताले हामीलाई वताउँछ, हाम्रो चित्तमा कुनै अशुद्धि छ ।

कुनैमा, केहीमा अस्वाभाविकता आउनु नै अशुद्धि हो । यो दृष्टिले हामीले आफ्नो अनुभूतिको आधारमा जान्नु पर्यो, हाम्रो चित्तमा के अस्वाभाविकता आएको छ, जसले गर्दा हामी आफ्नो चित्त अधीनमा राख्न पाउँदैनौं।
संकल्पको उत्पत्ति तथा पूर्तिलाई नै हामी आफ्नो जीवन मानिरहेका छौं । यद्यपि संकल्पहरु उत्पत्ति हुनुभन्दा पहिले पनि जीवन छ, संकल्पहरुको पूर्ति भैसकेपछि पनि जीवन छ; तर हामी त्यो 'स्वाभाविक' जीवनतर्फ ध्यान दिंदैनौं र सकल्पहरुको उत्पत्ति तथा तिनको पूर्तिको द्वन्द्वात्मक परिस्थितिलाई नै जीवन मान्छौं, यही अस्वाभाविकता हो । यो अस्वभाविकताको प्रभावले नै चित्त अशुद्ध भएको छ हाम्रो । यो दृष्टिले संकल्पहरुको उत्पत्ति-पूर्तिमा नै जीवन-बुद्धि स्वीकार गर्नु र संकल्पहरुदेखि अतीत जीवनको जिज्ञासा तथा लालसा जाग्रत नहनु नै चित्तको अशुद्धि हो ।

मेरो वचनलाई अन्यथा नलिइयोस्, हालै वर्णन भैरहेको विषय पत्रिका पढेको जस्तो होइन, हामीले कमाई खाने विषय भन्दा पनि निकै गहिरो छ, यसलाई अझ विस्तृत किसिमले बुझ्न अझ बढी श्रद्धा र तत्परताको अपेक्षा गर्छ वेदान्त ।