Saturday 22 March 2014

15.1 आजको विषय हुनेछ, गीतामा अर्जुनले गीता उपदेश सुन्नु पर्ने परिप्रेक्ष्य

आजको विषय हुनेछ, गीतामा अर्जुनले गीता उपदेश सुन्नु पर्ने परिप्रेक्ष्य 

हामी सबै महाभारतको कथावस्तुसंग त परिचित नै छौं । महाभारतमा दुई दाजुभाइका सन्तान--पाण्डु पट्टिवाट र धृतराष्ट्र  पट्टि वाट कौरव छन् । हुन त पाण्डव र कौरव (दुवै नै कौरव) नै हुन्, तर यिनीहरुलाई छुट्टै नाम दिइनुको कारण मैलै पनि बुझेको छैन । भए पनि गीताको उपदेशमा श्रीभगवानले ठाउँ ठाउँमा अर्जुनलाई 'कुरुनन्दन'भन्ने शब्दले सम्बोधन गर्नु भएकोछ ।

महाभारतको युद्धको प्रसङ्गको चर्चा पनि यहाँ जरूरी छ जस्तो लाग्दैन मलाइ । महाभारतको युद्धको वीजारोपण भीष्मको 'आग्रह र हठ'को परिणाम हो भन्ने मैले सुनेको छु सन्तहरुवाट । त्यो अर्कै चर्चाको विषय हुनेछ । भै गो, जे भए पनि युद्ध त हुने नै भयो ।

 युद्ध हुनु भन्दा पहिले पाण्डव विराट राजाको राज्यमा थिए । त्यो वखत राजा धृतराष्ट्रले   संजयको हात पाण्डवलाई एउटा चिठी पठाए । त्यसमा लेखिएको थियो, 'हे पाण्डव, तिमीहरु त ठूला महारथी छौ, तिमीहरु जे गर्न पनि सक्षम र समर्थ छौ । मेरो छोरा दुर्योधन हठी छ, ऊ जे गरे पनि आफ्नो हठ छोड्दैन । त्यसैले, तिमीहरु त ज्ञानी छौ, बुद्धिमान् छौ । तिमीहरु यो राज्यको लोभ नगर, कौरवहरुसँग युद्ध गर्ने विचार छोडि देऊ, अन्त कतै जाउ र अर्कै राज्य वनाउ । यो काम त तिमीहरुले पहिले पनि गरेकै हो, त्यती भयानक खान्डववन नाश गरेर इन्द्रप्रस्थ तिमीहरुले वनाएकै हो । त्यसैले, तिमीहरु त्यो समस्त क्षत्रिय मार्ने यस्तो युद्ध नगर', आदि, आदि  । अर्थात् यो पत्रमा धृतराष्ट्रले अर्जुनले गीताको पहिलो अध्यायमा राखेका सबै दलीलहरु प्रस्तुत गरेका थिए ।        

विराटसभामा यो चिठी पढेर सुनाइयो । त्यो श्रीभगवान पनि त्यहीं हुनुहुन्थ्यो । भगवानले पाण्डवलाइ सोध्नुभयो, 'के तिमीहरु मलाई प्रेम गर्छौ?'  पाण्डवले 'गर्छौं' भने । त्यसपछि भगवानले संजयलाइ भन्नुभयो, 'संजयजी, तिमी हस्तिनापुर जाउ र धृतराष्ट्रलाई भनिदेउ कि 'यो युद्ध हुनेछ' ।  अर्को शब्दमा, धृतराष्ट्रको चिठीको विषयमा विराटसभामा विशेष चर्चा हुन पाएन ।       

अव धृतराष्ट्रको चिठीले पाण्डवहरुमा के कस्तो प्रभाव पर्यो, त्यसको चर्चा गरौँ । युधिश्थिरलाई , (यो फन्टमा  कुनै शब्द भनेको जस्तो शुद्ध आउंदैन) जसको नामको अर्थ हो, बुद्धि स्थिर भएको, युद्ध गर्ने कुरामा कुनै द्विविधा नै थिएन । उनी मातृभक्त  थिए । श्रीकृष्ण शान्तिदूत वनेर हस्तिनापुर जानुभएको वेलामा माता कुन्तीले युधिशठीरलाई एउटा पत्र लेखेकी थिइन, जसमा भनिएको थियो, ' बाबु, अव तिमीहरुले युद्ध गर्नुपर्छ, तिमीहरु युद्धकोलागि तयार होऊ' । युधिशठिरले  यो कुरा सहर्ष स्वीकार गरे, उनलाई किञ्चित मात्र पनि द्विविधा रहेन । भीमसेनलाई कुन वेला पाउँ र दुर्योधन र दुःशासनको छातीको रगत चुसौं जस्तो भएको थियो, त्यसैले उनी युद्ध गर्न आतुर नै थिए । त्यसपछि, नकुल र सहदेवलाइ महाभारतमा राम्रो 'अनुयायी' मानिन्छ, उनीहरु आफ्नो 'दाजुहरु'ले भनेको मान्न तयार नै थिए, उनीहरुलाई पनि कुनै समस्या भएन । अव वांकी रहे अर्जुन । यही चिठीवाट अर्जुनलाई परेको प्रभाववाट नै हामीले गीताको उपदेश सुन्न, पढ्न र बुझ्न पायौं ।                    

'अर्जुन' शब्दको अर्थ हो 'सरलता' जसमा कुनै छल कपट, धूर्तता हुँदैन । अर्जुनलाई गीतामा सांकेतिक अर्थमा  'लक्षाकार वृत्ति' पनि भनिन्छ । अर्जुन महारथी थिए, सज्जन थिए, भीष्मका धेरै प्रिय नाति थिए, द्रोणाचार्यका पनि प्रिय शिष्य थिए । त्यही भएर उनले जीवनमा कुनै युद्धमा पनि हार्नु परेको थिएन । एकातिर उनी सरल थिए, अर्कोतिर उनी महारथी थिए, अर्थात् उनमा दैवी सम्पत्ति पनि थियो, आसुरी सम्पत्ति पनि थियो । धेरै दैवी सम्पत्ति र थोरै आसुरी सम्पत्तिको मिश्रणको अर्को नाम हो अर्जुन, धेरै ज्ञान भएको, थोरै मात्र अज्ञान भएको । किनभने शतप्रतिशत दैवी गुण हुने ज्ञानी भैहाले, धेरै आसुरी सम्पत्ति हुने अज्ञानी भैहाले ।

यति ठूला महाराथिलाई युद्ध जस्तो भीषण परिस्थितिमा मोह भैदियो । तर अर्जुनलाई भगवानमा श्रद्धा थियो कि उनले आफू भ्रमित भएको थाहा पाए र आफ्नो समस्याको समाधान गर्न सक्ने भगवान नै हुनुहुन्छ भन्ने बुझेका थिए, त्यही भएर उनले भगवानलाई गुरुरूपमा स्वीकार गरे, आफूलाई भगवानमा समर्पण गरे, गीताको ज्ञान लिए, आफ्नो जीवन सार्थक पारे ।   

अर्जुनको आग्रहलाई स्वीकार गर्दै भगवानले अर्जुनलाई आफ्नो दिव्य उपदेशद्वारा उनको मोह हटाइ दिनु भयो   । यो भगवानको अर्जुन माथि ठूलो कृपा हो । अर्जुनलाई निमित्त वनाएर गीताको उपदेश भयो, जसवाट हामी पनि लाभान्वित भयौं । 

यस्तै छन् मेरा कुरा । अरु पछि ।

हजुरहरुको 

15. आजको विषय हुनेछ, गीतामा अर्जुनले गीता उपदेश सुन्नु पर्ने परिप्रेक्ष्य

14. अहिलेसम्म हामीले हाम्रो आफ्नो सुखदायी परिस्थितिमा

अहिलेसम्म हामीले हाम्रो आफ्नो सुखदायी परिस्थितिमा हामी संसारमा रहेर संसारका समस्त प्राणीहरुसंग कसरी व्यवहार गर्ने भन्ने कुरा थाहा पायौं । अर्को शब्दमा, हामी संसारमा सुखदायी परिस्थितिमा रहंदा आफ्नो शरीर, मन, बुद्धि, इन्द्रियहरुद्वारा मिलेका जे जति वस्तुहरु छन्, हामीले  तिनलाई संसारको सेवामा लगाउने । साधारणतया हामीलाई लाग्छ, हामीले कमाएको हाम्रो हो, हामी यसलाई जे मन लाग्यो त्यही गर्न सक्छौं । तर शास्त्रले हामीलाई भन्छ, तिमीले यो संसारमा पाएको कुरो तिम्रो आफ्नो होइन, संसारको नै हो । किनभने, ती वस्तु पाउन पनि तिमीले संसारका सहारा लिनुपर्छ । तिमीले मेरो भनेको शरीर, इन्द्रीयहरू, मन, बुद्धि, सम्पत्ति, घर, परिवार पनि तिमीले संसारवाट नै पाएका हौ । तिमी त यो संसारमा केही दिनकोलागि मात्रै आएका हौ । (यो कुरा गीतामा स्पष्टरूपमा  भनिएको छ)।  तिमीलाइ यी पदार्थ  आफूले मात्रै भोग्ने अधिकार तिमीलाई छैन ।  तिमीले ती वस्तुहरुलाई संसारको सेवामा लगाउनु पर्छ । त्यसपछि मात्रै ती वस्तु भोग्ने तिम्रो अधिकार छ । गीताको यो सिद्धान्त अनुसार जीवन निर्वाह गर्ने व्यक्तिलाई गीताले 'यज्ञ शिष्टासन' भन्ने नाम दिन्छ । त्यस्ता व्यक्तिहरुको अर्को नाम पनि गीताले दिन्छ, त्यो हो 'सन्त' । यस्तो जीवन विताएपछि मात्रै हाम्रो अन्तःकरणको 'कल्मष' मेटिने रहेछ । आफ्नो मनमा कल्मष हुँदा नै दुःख भएको हो, कल्मष हट्यो, दुःख हट्यो ।  'यज्ञ शिष्टासनः सन्तो मुच्यन्ते सर्व किल्विशै:। भुञ्जते ते त्वघम पापाः ये पचंत्यात्मकारणात' ।        

अव हामीलाई आइपरेको दुःखदायी परिस्थितिमा हामीले कसरी व्यवहार गर्ने  भन्ने कुराको चर्चा हुँदैछ । हामीले दुःखदायी परिस्थितिमा 'सुखको इच्छा' को त्याग गर्ने । हामीलाई दुःख पर्यो भन्नु नै परिरहेको सुख छुट्दा नै हो । सुख पाउञ्जेल हामी त्यही सुखमा रमाई रहेका हुन्छौं । जव सुख छुट्छ, हामी त्यसैलाई दुःख पर्यो भन्छौं । यसो विचार गर्दा वास्तवमा दुःख परेको छैन, पहिले भोगिरहेको सुख टुटेको मात्रै हो । दुःख पर्दा हामी पहिलेको सुख पाइएन, फेरि पाइयोस भनेर रोई कराई गर्छौं, जुन सम्भव नै छैन । यसो विचार गर्दा हामी भूतकाललाई वर्तमानमा ल्याउन खोज्छौं । त्यो पनि सम्भव छैन । त्यसैले, गीताले भन्छ, 'सुखको इच्छाको त्याग गर' । हामी सुख खोज्छौं, त्यो पाउन सक्तैनौं, दुःख खोज्दैनौं, तर त्यो चाहिं पाउँछौं । यही सुख नपाएको र दुःख परेको  भुमरीमा हामी फसिरहेका छौं । यही सन्दर्भमा गीता भन्छ, जीत हार, हानि लाभ, जय पराजय, सबै परिस्थतिमा 'सम' वनेर तिमी यो जीवन यात्रा गर, त्यसो गर्यौ भने तिमीलाई पाप लाग्दैन ।         

माथिको कुरावाट थाहा भयो, 'समता' नगरे पाप हुने रहेछ । 'पाप' लागे के हुन्छ, दुःख हुन्छ ।  सबै व्यक्ति  आफूलाई सुख नै होस्, दुःख नहोस भन्ने सोची रहेका  हुन्छन । तर, सोचेको जस्तो कसैलाई पनि अहिले सम्म भएकै छैन । त्यसैले, मलाइ सुख होस् भन्ने सोच्नु पनि पापको कारण भयो, किनभने दुःख नै पाप हो । त्यस्तै, मलाई सुख होस् भन्ने सोच्नु पनि पापको कारण भयो । किनभने, खोजेको छ सुख, तर पर्न आउँछ दुःख, यो पनि पापको कारण भएन त!  

यस्तै हुन्, हजुर, मेरा कुरा । अव अरुपछि ।

हजुरहरुको 
इन्दिरा

13. हाम्रो विचार गीताको 'समत्त्वम योग उच्च्यते' मा नै चलिरहेको छ ।

हाम्रो विचार गीताको 'समत्त्वम योग उच्च्यते' मा नै चलिरहेको छ ।  

हामीले सुखदायी परिस्थितिमा र दुःखदायी परिस्थितिमा आफ्नो मनमा कुनै विकार आउन नदिने प्रयास गर्नु पर्ने भयो । यही क्रममा श्रीभगवान गीतामा भन्नुहुन्छ, विषय र इन्द्रियको संयोगवाट सुख दुःख, लाभ हानि, जीत हार हुन्छन, ती 'आगमापायी' हुन्, तिमीले तिनीहरुलाई (सुख दुःख) सहनु पर्छ । भगवानको अनुसार सुख दुःख नसही सुख नै छैन । किनभने, हामीलाई सुख आउँदा पनि पहिले नै थाहा हुने होइन, दुःख आउँदा पनि पहिले थाहा हुने होइन । आइहालेपछि केही गर्न सकिने पनि होइन । त्यसैले, त्यसैले, सबभन्दा पहिले तिनीहरुलाई आगमापायी (आउने जाने स्वभावका) भन्ने बुझ्नु पर्यो हामीले । जस्तो, हाम्रो घरमा कुनै पाहुना आए भने हामी उनीहरुलाई स्वागत गर्छौं, संधै हाम्रो घरमा वस्ने भनेर होइन, त्यो पाहुना हामीसंग  केही समय मात्रै वस्छ भनेर हो । यो कुरा जानेको भएर नै हामीलाई पाहुना आउँदा विशेष दुःख हुँदैन । किनभने हाम्रो यो विचार परम्परादेखि नै चली आएको छ । त्यही प्रकारले, हामीले सुख आउँदा पनि मात्तिनु भएन, दुःख आउँदा पनि आत्तिनु भएन ।

हामीलाई शास्त्रले पनि भनेको छ , सुखपछि दुःख आउँछ, दुःखपछि सुख आउँछ । यो प्रतिक्षण वदलिने संसारमा कुनै कुरा पनि एक क्षण उही अवस्थामा रहन सक्तैन । त्यसो हुँदा हाम्रो सुख अथवा दुःख पनि संधै टिक्न सक्तैन । यो कुरालाई हामीले राम्रोसंग बुझ्न सक्यौं भने हामीलाई सुख पर्दा पनि कुन वेला दुःख आइपुग्ने हो भन्ने विचारले हामीलाई मात्तिन लगाउँदैन, दुःख पर्दा पनि यो दुःख धेरै समय टिक्ने होइन, केही समयपछि यसको वेग कम भैहाल्छ भन्ने विचार आउने हुँदा हामी वढी आत्तिंदैनौं । नभए त हामी साना साना कुरामा पनि दुःखी भैरहने, अँध्यारो मुख लगाइरहने हुन्छौं । यसो हुँदा हामी आफूलाई र आफ्ना वरिपरिका आफ्ना परिवारलाई सुख दिन सक्तैनौं । एकातिर हामीलाई रोग लाग्न सक्छ, अर्कोतिर हाम्रो कुनै कुरामा पनि मन अड्न नसक्ने हुन्छ । मानवजीवनको सार्थकता नै आफूले आफूलाई सुख दिने हो, दुःख दिने होइन ।  गीतामा श्रीभगवानले तेर्हौं अध्यायमा भन्नुभएको छ, आफूलाई सुख दिन नसक्ने मान्छे आत्महत्यारा हो । हुन त  गीताका कुनै अध्येतालाई यो प्रसङ्ग ठुलो सन्दर्भमा आएको जस्तो लाग्ला, तर, मेरो आफ्नो विचारमा सानो सानो विचारले ठूलो ठूलो विचारमा पुग्न सकिन्छ, पहिले नै ठूलो विचार समात्न थाल्यौं भने हामीलाई पच्न नसक्न सक्ने हो कि !              

फेरि, गीता अनुसार सुखदायी परिस्थिति आउँदा (अनुकूलता) हामीलाई सुख हुन्छ । हामीले त्यो सुख आफूले मात्रै भोग गर्नु हुँदैन । यो पाउने अथवा पाएको सुख, गीताको अनुसार, हामीले संसारवाट नै पाएका हौँ, किनकि हाम्रो शरीरदेखि इन्द्रियहरू, मन-बुद्धिपर्यन्त यो संसारको (प्रकृतिको) नै हो । त्यसैले कर्मयोगको सिद्धान्त अनुसार संसारवाट मिलेका वस्तु, व्यक्ति र पदार्थ संसारलाई नबाँडी भोग गर्ने मनुष्यलाई भगवान 'चोर' भन्नुहुन्छ । संसारवाट मिलेको समस्त पदार्थ आदि संसारलाई अर्पण गरेर भोग गर्ने मनुष्य कर्मयोगी कहलाउँछ, संसारलाई अर्पण नगरी भोग गर्ने मनुष्य कर्मरोगी कहलाउँछ । अव, वल हाम्रै कोर्टमा आएर अड़ेकोछ, हामी कर्मयोगी हुने कि कर्मरोगी हुने । अव दुःखदायी परिस्थितिमा आफूले के गर्ने हो भन्ने कुरा पछि          
हजुरहरुको 
इन्दिरा 

12. अहिले म हजुरहरुलाई गीतामा उल्लेखित समताको बारेमा लेख्दैछु ।

अबदेखि मेरो इमेल व्यक्तिगत नभई सामुहिक हुनेछ । 

अहिले म हजुरहरुलाई गीतामा उल्लेखित समताको बारेमा लेख्दैछु । 
गीताको दोस्रो अध्यायमा 'समत्त्वम योग उच्यते' भन्ने कुराको उल्लेख छ ।  
मान्छेको जीवनमा सुख भन्ने र दुःख भन्ने कुनै पदार्थ छैनन्, यी त केवल परिस्थितिहरु मात्र हुन् । हामीलाई कहिले अनुकूल परिस्थिति आउँछ, कहिले प्रतिकूल परिस्थिति आउँछ । अनुकूल परिस्थिति आउँदा हामीलाई रमाइलो लाग्छ, त्यसलाई हामी सुख भन्छौं, प्रतिकूल परिस्थिति आउँदा नरमाइलो लाग्छ , त्यसलाई हामी दुःख भन्छौं । धेरै अवस्थाहरुमा त एउटा पदार्थले नै हामी मध्ये कसैलाई सुख दिन्छ, कसैलाई दुःख दिन्छ । यसको अर्थ यो भयो कि कति अवस्थामा त सुख अथवा दुःख मनोवैज्ञानिक पनि देखिन्छ ।  

तर, खासै भन्ने हो भने हामीलाइ पर्ने सुख र दुःख केवल परिस्थितिजन्य हुन् । सुखदायक परिस्थिति आउँदा हामीलाई सुख हुन्छ, दुःखदायी परिस्थिति आउँदा दुःख हुन्छ । सुखदायी परिस्थितिमा हामी कसैले नपाएको सुख मैले मात्रै पाएको हो कि जस्तो गरी उत्ताउलो भएर मात्तिन्छौँ, दुःखदायी परिस्थिति आउँदा मलाइ जस्तो दुःख कसैलाई पनि भएको छैन होला जस्तो गरी रोई कराई गरेर बस्छौं । 

वास्तवमा, हामीले यो कुरा बुझ्नुपर्छ, यो संसारमा पैदा समस्त शरीरहरू, चाहे ती स्थावर शरीर हुन्, चाहे ती जंगम हुन्, समस्त शरीरहरुलाई सुख र दुःख हुन्छ । यहाँ स्थावर भनेको चल्न नसक्ने, हिंड डुल गर्न नसक्ने शरीरलाई मान्नुपर्छ । यो सन्दर्भमा, रुख, पहाड, पर्वत, आदिलाई मान्नु पर्छ । जंगम भनेको चल्न सक्ने, हिन्द डुल गर्न सक्ने शरीरलाई लिनु पर्छ, जस्तो, चरा चुरुंगी, जनावर, कीरा, फट्यांग्रा, नरनारी ।   

यी समस्त शरीरको उल्लेख गर्दा समस्त सृष्टिलाई मान्नुपर्छ हामीले । तात्पर्य यो हो कि समस्त सृष्टिका समस्त प्राणीहरुलाई सुख र दुःख पर्छ भन्ने हामीले बुझ्नु पर्यो । बुझ्नु पर्यो भन्दा पनि कसरी, कती बुझिएको छ, त्यो मात्रामा पनि निर्भर गर्छ । हामीमा के कति छ भन्ने  कुरा बुझ्न हामी आफु सक्षम हुनु पर्यो ।  गीताले हामीलाई त्यस्तो मूल्यांकन गर्न नै सिकाउने हो । 

सुखमा न मात्तिने र दुःखमा न आत्तिने कला जान्यौं  हामीलाई सुख अथवा दुःख पर्दा हामी आवेशमा आउंदैनौं । आवेशमा नआउने मान्छेलाई सुखले अथवा दुःखले मात्तिने र आत्तिने गराउन सक्तैन ।  त्यो कुरा गीताले हामीलाई कसरी सिकाउँछ भन्ने कुरा अव अर्को मेलमा ।    

हजुरहरुको 

इन्दिरा 

Tuesday 18 March 2014

11 के छ प्रीमा?

 के छ प्रीमा?
तिम्रो चिठी  पायें, खुशी लाग्यो । मैले तिमीलाई केही भन्न सकेर तिमीलाई ज्ञान भनेको थाहा भएकोमा मा पनि अति खुशी छु । म आजकल यसरी नेपालीमा इमेल लेख्छु । 

म तिमीलाई आफुले जानेको र आफुले प्रयोगमा ल्याएर सफल हुन सकेको र प्रयोग गरिरहेको तर केही सफल हुनसकेको र केही सफल हुन नसकेको ज्ञानको वारेमा वताउँछु ।  

मैले तिमीलाई भन्न खोजेको र तिमीलाई राम्रो लागेको ज्ञानलाई अध्यात्म अथवा वेदान्त भन्छन । यो वेदान्त भनेको उपनिषद् हो । यो उपनिषद् वेदको सबभन्दा अन्तिम ज्ञान हो, अर्थात यो वेदान्त भन्दा श्रेष्ठ ज्ञान वेदमा छैन । आजकल दुनियाँमा कति कति गुरुहरु भेटिन्छन, तर ती सबै गुरुहरु चेला वटुल्न र पैसा कमाउनतिर लागेका हुन्छन । तर वेदान्तको ज्ञानले चेला वटुलदैन । अरु गुरुहरुले चेलाहरुलाई खुशी वनाएर आफ्नो मतलव सिद्ध गर्न खोज्छन, तर यो ज्ञानले हामीलाई  कुनै ज्ञान दिएर आफ्नो मतलव सिद्ध गर्न खोज्दैन । यो ज्ञानले त हामीलाई हाम्रो विचारलाई नै वदल्न सिकाउँछ । आफ्नो भावलाई नै सुधार गर्न सिकाउँछ । 

मुख्य कुरो, हामीलाई जान्नु पर्ने र गर्नु पर्ने केही पनि छैन । यो ज्ञान केही गरेर पाइने पनि हैन । हामीलाई थाहा भएकै कुरो हो, कुनै कुरोको इच्छा नगर्दा, कुनै व्यक्ति र सामान विचार नगर्दा सम्म हामीलाई कुन चिन्ता हुँदैन, कुनै पीर हुँदैन, कुनै शोक हुँदैन । हामीलाई कुनै व्यक्तिको विचार आयो भने, कुनै इच्छा लागेको कुरा गर्न मन लाग्यो भने र त्यो कुरो गर्न पाइएन भने अथवा हामीलाई कसैले कुनै काम गर्न वाधा दियो भने हामीलाई कति रीस उठ्छ, कति दिक्क लाग्छ । यसको मतलव यो भयो कि कुनै अर्को व्यक्तिले हामीलाई दुख दिन सक्तैन, हामीलाई दुख दिन सक्ने ताकत उसमा छँदै छैन । हामीले हाम्रो नकारात्मक सोचले आफुलाई दुःख दिईरहेका छौं । हाम्रो मुख्य काम नै आफ्नो मनलाई नियन्त्रणमा राख्नु हो ।  यही कारण यो वेदंतालाई विचार शास्त्र पनि भनिन्छ । 

हाम्रो एकातिर मन छ, अर्कोतिर परमात्मा हुनुहुन्छ, परमात्माको विचार गर्दा हामीलाई शान्ति हुन्छ, संसारको विचार गर्दा हामीलाई दुःख हुञ्छ । बुद्धिमान व्यक्तिले जुन कुरो विचार गर्दा आफ्नो मन शान्त हुन्छ, त्यही गर्नु पर्यो होइन र! 

रामजी र सीताजी अयोध्यावाट वनवास जाँदा  वाटोमा वास वस्नु परेछ । उहाँहरु एउटा रुखमुनि सुत्नु भएछ । त्यो वेलामा रामजीको साथी केवटलाई धेरै दुःख भएछ । उनले भनेछन, 'त्यो कैकेयीले गर्दा रामजीले दुःख पाए' । तर, लक्ष्मंजीले केवटलाई भनेछन, 'कसैले पनि कसैलाई सुख दिन सक्तैन । यदि कसैले यस्तो मान्छ भने उ कुबुद्धि हो, जुन सुकै कुरा पनि म आफूले गर्छु र गरें भन्नु त व्यर्थको अभिमान नै हो, जुनसुकै व्यक्तिले जे जति नै सुख अथवा दुःख पाएको उसैले गरेको राम्रो र नराम्रो कर्मको नै फल हो' । 

यो कुरोवाट हामीलाई थाहा भयो, हाम्रो मुख्य कर्तव्य नै आफूले आफूलाई सुख दिनु हो । गीतको छैठौं अध्यायमा भगवानले अर्जुनलाई यही कुरा भन्नु भएको छ । हामी आफू सुखी भयौं भने हाम्रो परिवार सुखी हुन्छ, हामी आफू दुःखी भयौं भने हाम्रो परिवार दुःखी हुन्छ । यसो गर्दा, हामी एक जना सुखी अथवा दुःखी हुँदा हामी वरिपरीका कम्तीमा पनि चार या पांच जना सुखी अथवा दुःखी हुने भए । 

यस्तै छन्, प्रीमा मेरा कुरा, तिमीले यो चिठी पढेपछि मेरो चिठी पाएको खवर मात्रै गरयौ भने पनि म मौका मिल्ने वित्तिकै अर्को चिठी लेख्नेछु ।तिमीले खवर गर्दा अंग्रेजीमा गरे पनि हुन्छ । यही वीचमा तिमीलाई कुनै कुरा सोध्न मन लागे पनि सोधे हुन्छ । अरु पछि ।

तिम्रो

भान्जी दिदी       
 Song for Arati: https://dl.dropboxusercontent.com/u/65228724/Hajurmas%20Casatte%20Collection/a1%20bhaju%20prema%20se%20rama%20ka%20nam.mp3

Monday 17 March 2014

10. केही दिनअघि हजुरहरुसंग फोनमा कुरा गर्दा खुशी लाग्यो ।

प्यारो अत्ताजी 

केही दिनअघि हजुरहरुसंग फोनमा कुरा गर्दा खुशी लाग्यो । हजुरहरुको मप्रतिको सद्भावले मलाइ त आनन्द दिई हाल्छ, यसले हजुरहरुको नै कल्याण गर्छ । आजकल म यहाँ एउटा ठुलो महात्माको प्रवचन सुन्छु । त्यसमा भनिएको छ, कसैले कसैलाई नमस्कार अथवा 'भाग्या' गर्दा त्यो नमस्कार गर्ने मान्छेको नै कल्याण हुन्छ । 

म यहाँ धेरै समय केही न केही पढी अथवा सुनिरहन्छु । यही पढिरहेको र सुनिरहेको ज्ञान नै हजुरहरुलाई लेखिरहन्छु । यी ज्ञान मध्ये कति ज्ञान त मैले आफ्नो जीवनमा प्रयोग गरिसकेको हुन्छु, त्यसको नतिजा पनि थाहा पाइसकेको हुन्छु । तर, कुनै ज्ञान चाहिं मैले प्रयोग गर्न खोजेको, तर कहिले प्रयोग गर्न सफल हुन सकेको र कहिले प्रयोग गर्न सफल नभएको पनि हुन्छन, त्यसो भन्दैमा ती ज्ञान कामै नलाग्ने चाहिं होइनन, खालि मैले आफुले अझ प्रयास र अभ्यास गर्नु पर्ने हुन् । ठूला ठूला महात्माले भन्छन, वेदान्तको अथवा गीताको ज्ञान ठूला ठूला ऋषिहरूले र स्वयम् श्रीकृष्ण भगवानले पनि आफ्नो जीवनमा प्रयोग गरेर, त्यस वाट हुने फाइदा थाहा पाएर नै हामीलाई भनिएका छन् । यसैले, हामीले यी ज्ञानको महत्त्व बुझ्नु पर्छ, यिनीहरुलाई आफ्नो जीवनमा, व्यवहारमा लगाउन सक्नुपर्छ । हामी आफूले ती ज्ञानलाई जीवनमा, प्रयोगमा ल्याउन नसक्तैमा ती ज्ञानलाई नै कामै नलाग्ने भन्न सक्तैनौं । तर, कसैले आफूले व्यवहारमा नल्याएको, तर अरुलाई अर्ति उपदेश गरेको ज्ञानले न त भन्नेको नै कल्याण हुन्छ, न त सुन्नेको नै । त्यसैले, भन्नेलाई पनि त्यही ज्ञान काम लाग्छ, जुन ऊ आफूले प्रयोगमा ल्याएको होस्, र सुन्नेलाई पनि त्यही ज्ञान काम लाग्छ जुन वक्ताले (भन्ने मान्छेले) प्रयोगमा ल्याएको होस् । होइन भने त्यो ज्ञानमा कुनै रस नै हुँदैन । रस नै नभएको सुख्खा कुरा हामीलाई पनि राम्रो लाग्दैन, होइन र! त्यसैले, ज्ञान रसिलो हुन त्यो ज्ञान प्रयोगमा ल्याइएको हुनु पर्यो । 

अव अर्को प्रश्न हुन सक्छ, यो ज्ञान कसरी रसिलो हुने?  

यो ज्ञान रसिलो हुन सव भन्दा ठूलो कुरो, हामीलाई त्यो ज्ञानमा चाख हुनु पर्यो । कुनै कुरोमा चाख नभई कुनै पनि मान्छे त्यो काममा लाग्न नै सक्तैन । मान्छेले त्यही गर्छ, जुन उसले धेरै अघि देखि गरिरहेको हुन्छ । यो गर्ने र नगर्ने भन्ने कुरो राम्रो विषयमा पनि लागु हुन्छ, नराम्रो कुरोमा पनि लागु हुन्छ । जस्तो, कसैले कसैलाई  राम्रो हुने काम गर्ने गर्छ भने उसले यो काम धेरै अघिदेखि गरेको हुनुपर्छ । त्यस्तै, कसैले कुनै नराम्रो काम गर्छ भने उसले त्यो काम धेरै अघि देखि गरेको हुनु पर्छ । 

यही क्रममा कसैलाई खालि खाने, राम्रा राम्रा लुगा लगाउने चाख हुन्छ भने उसलाई यो वानी धेरै अघि देखि लागेको हुन सक्छ । तर, यदि कसैलाई आफ्नो भएकोमा चित्त बुझाउने, अरुको रीस नगर्ने, अरुको डाहा नगर्ने वानी वसेको छ भने उसको यो वानी धेरै अघिदेखि वसेको हुनु पर्छ । अझ भन्ने हो भने, हामीलाई यो ज्ञानमा चाख वस्न हामीले हाम्रो वालख कालदेखि नै कुनै यस्ता व्यक्तिसंग वस उठ गरेको हुनसक्छ, तर, त्यो समयमा ती घटनाहरुमा हाम्रो ध्यान त्यति नगएको हुन सक्छ । (यस्तो कुरालाई शास्त्रमा संस्कार भन्छन) । 

भनाइको मतलव, जुनसुकै व्यक्तिको जुनसुकै कुरोमा हुने चाख उसको त्यो विषयमा हुने निरन्तरता नै हो । गीतामा हामीमा भएका  राम्रा कुरालाई 'दैवी' सम्पत्ति र नराम्रा कुरालाई  'आसुरी' सम्पत्ति भनिएको छ । हामीले यो पनि बुझ्नु पर्छ, कुनै पनि व्यक्तिमा सबै राम्रै राम्रा  अथवा सबै नराम्रै नराम्रा कुरा हुँदैनन् ।  गुण र अवगुणको मिसावट नै मान्छे हो । खालि फरक यत्ति मात्रै हो, जसमा गुण को मात्रा धेरै र अवगुण को मात्रा थोरै हुन्छन, त्यस्ता व्यक्तिलाई चाहिं यस्तो भगवान सम्बन्धी ज्ञानमा श्रद्धा हुन्छ, त्यही श्रद्धाले उसलाई यो ज्ञानमा अघि वढ्न मदत गर्छ ।  

अहिलेको कुरावाट हामीलाई थाहा भयो, हामीलाई यो अध्यात्म ज्ञानमा लाग्न अवगुण भन्दा धेरै गुण हुनु पर्यो । यही कुराले नै हामी यो मार्गमा अघि वढ्न सक्छौँ । त्यसपछि त वाटो सजिलो हुन्छ । अनि त, एकातिर हाम्रो यो ज्ञान वढ्दै जान्छ, अर्कोतिर, हाम्रा अवगुण घट्दै जान्छन । तर, हामीले कहिले पनि विर्सन नहुने कुरो हो, हामीले यो ज्ञान पाउनको लागि चाहिं कोशीश गरिरहनु पर्छ, त्यसो भए हाम्रो कल्याण हुन्छ, कहिले लाग्ने, कहिले छोड्ने गर्यो भने हामीलाई पार लाग्न पनि गाह्रो हुन्छ । सबै विषयमा लाग्ने नियम पनि यही नै  हो । 

यो चिठी राम्ररी पढ्नुपर्छ र विचार पनि गर्नु पर्छ, किनभने यो शास्त्रको नाम नै विचार शास्त्र हो । यो कुरा पढेपछि पढ्ने व्यक्तिलाई कुनै प्रश्न आइदिए धेरै लाभदायक हुन्छ, त्यस्तो विचार आउँदा मलाइ हजुरहरुले लेख्नु भयो भने म त्यो विचारको विषयमा अरु चर्चा गर्न तयार छु ।

अहिलेलाई यत्ति, अरुपछि ।     

हजुरको 

इन्दिरा