Saturday 22 March 2014

15.1 आजको विषय हुनेछ, गीतामा अर्जुनले गीता उपदेश सुन्नु पर्ने परिप्रेक्ष्य



आजको विषय हुनेछ, गीतामा अर्जुनले गीता उपदेश सुन्नु पर्ने परिप्रेक्ष्य 

हामी सबै महाभारतको कथावस्तुसंग त परिचित नै छौं । महाभारतमा दुई दाजुभाइका सन्तान--पाण्डु पट्टिवाट र धृतराष्ट्र  पट्टि वाट कौरव छन् । हुन त पाण्डव र कौरव (दुवै नै कौरव) नै हुन्, तर यिनीहरुलाई छुट्टै नाम दिइनुको कारण मैलै पनि बुझेको छैन । भए पनि गीताको उपदेशमा श्रीभगवानले ठाउँ ठाउँमा अर्जुनलाई 'कुरुनन्दन'भन्ने शब्दले सम्बोधन गर्नु भएकोछ ।

महाभारतको युद्धको प्रसङ्गको चर्चा पनि यहाँ जरूरी छ जस्तो लाग्दैन मलाइ । महाभारतको युद्धको वीजारोपण भीष्मको 'आग्रह र हठ'को परिणाम हो भन्ने मैले सुनेको छु सन्तहरुवाट । त्यो अर्कै चर्चाको विषय हुनेछ । भै गो, जे भए पनि युद्ध त हुने नै भयो ।

 युद्ध हुनु भन्दा पहिले पाण्डव विराट राजाको राज्यमा थिए । त्यो वखत राजा धृतराष्ट्रले   संजयको हात पाण्डवलाई एउटा चिठी पठाए । त्यसमा लेखिएको थियो, 'हे पाण्डव, तिमीहरु त ठूला महारथी छौ, तिमीहरु जे गर्न पनि सक्षम र समर्थ छौ । मेरो छोरा दुर्योधन हठी छ, ऊ जे गरे पनि आफ्नो हठ छोड्दैन । त्यसैले, तिमीहरु त ज्ञानी छौ, बुद्धिमान् छौ । तिमीहरु यो राज्यको लोभ नगर, कौरवहरुसँग युद्ध गर्ने विचार छोडि देऊ, अन्त कतै जाउ र अर्कै राज्य वनाउ । यो काम त तिमीहरुले पहिले पनि गरेकै हो, त्यती भयानक खान्डववन नाश गरेर इन्द्रप्रस्थ तिमीहरुले वनाएकै हो । त्यसैले, तिमीहरु त्यो समस्त क्षत्रिय मार्ने यस्तो युद्ध नगर', आदि, आदि  । अर्थात् यो पत्रमा धृतराष्ट्रले अर्जुनले गीताको पहिलो अध्यायमा राखेका सबै दलीलहरु प्रस्तुत गरेका थिए ।        

विराटसभामा यो चिठी पढेर सुनाइयो । त्यो श्रीभगवान पनि त्यहीं हुनुहुन्थ्यो । भगवानले पाण्डवलाइ सोध्नुभयो, 'के तिमीहरु मलाई प्रेम गर्छौ?'  पाण्डवले 'गर्छौं' भने । त्यसपछि भगवानले संजयलाइ भन्नुभयो, 'संजयजी, तिमी हस्तिनापुर जाउ र धृतराष्ट्रलाई भनिदेउ कि 'यो युद्ध हुनेछ' ।  अर्को शब्दमा, धृतराष्ट्रको चिठीको विषयमा विराटसभामा विशेष चर्चा हुन पाएन ।       

अव धृतराष्ट्रको चिठीले पाण्डवहरुमा के कस्तो प्रभाव पर्यो, त्यसको चर्चा गरौँ । युधिश्थिरलाई , (यो फन्टमा  कुनै शब्द भनेको जस्तो शुद्ध आउंदैन) जसको नामको अर्थ हो, बुद्धि स्थिर भएको, युद्ध गर्ने कुरामा कुनै द्विविधा नै थिएन । उनी मातृभक्त  थिए । श्रीकृष्ण शान्तिदूत वनेर हस्तिनापुर जानुभएको वेलामा माता कुन्तीले युधिशठीरलाई एउटा पत्र लेखेकी थिइन, जसमा भनिएको थियो, ' बाबु, अव तिमीहरुले युद्ध गर्नुपर्छ, तिमीहरु युद्धकोलागि तयार होऊ' । युधिशठिरले  यो कुरा सहर्ष स्वीकार गरे, उनलाई किञ्चित मात्र पनि द्विविधा रहेन । भीमसेनलाई कुन वेला पाउँ र दुर्योधन र दुःशासनको छातीको रगत चुसौं जस्तो भएको थियो, त्यसैले उनी युद्ध गर्न आतुर नै थिए । त्यसपछि, नकुल र सहदेवलाइ महाभारतमा राम्रो 'अनुयायी' मानिन्छ, उनीहरु आफ्नो 'दाजुहरु'ले भनेको मान्न तयार नै थिए, उनीहरुलाई पनि कुनै समस्या भएन । अव वांकी रहे अर्जुन । यही चिठीवाट अर्जुनलाई परेको प्रभाववाट नै हामीले गीताको उपदेश सुन्न, पढ्न र बुझ्न पायौं ।                    

'अर्जुन' शब्दको अर्थ हो 'सरलता' जसमा कुनै छल कपट, धूर्तता हुँदैन । अर्जुनलाई गीतामा सांकेतिक अर्थमा  'लक्षाकार वृत्ति' पनि भनिन्छ । अर्जुन महारथी थिए, सज्जन थिए, भीष्मका धेरै प्रिय नाति थिए, द्रोणाचार्यका पनि प्रिय शिष्य थिए । त्यही भएर उनले जीवनमा कुनै युद्धमा पनि हार्नु परेको थिएन । एकातिर उनी सरल थिए, अर्कोतिर उनी महारथी थिए, अर्थात् उनमा दैवी सम्पत्ति पनि थियो, आसुरी सम्पत्ति पनि थियो । धेरै दैवी सम्पत्ति र थोरै आसुरी सम्पत्तिको मिश्रणको अर्को नाम हो अर्जुन, धेरै ज्ञान भएको, थोरै मात्र अज्ञान भएको । किनभने शतप्रतिशत दैवी गुण हुने ज्ञानी भैहाले, धेरै आसुरी सम्पत्ति हुने अज्ञानी भैहाले ।

यति ठूला महाराथिलाई युद्ध जस्तो भीषण परिस्थितिमा मोह भैदियो । तर अर्जुनलाई भगवानमा श्रद्धा थियो कि उनले आफू भ्रमित भएको थाहा पाए र आफ्नो समस्याको समाधान गर्न सक्ने भगवान नै हुनुहुन्छ भन्ने बुझेका थिए, त्यही भएर उनले भगवानलाई गुरुरूपमा स्वीकार गरे, आफूलाई भगवानमा समर्पण गरे, गीताको ज्ञान लिए, आफ्नो जीवन सार्थक पारे ।   

अर्जुनको आग्रहलाई स्वीकार गर्दै भगवानले अर्जुनलाई आफ्नो दिव्य उपदेशद्वारा उनको मोह हटाइ दिनु भयो   । यो भगवानको अर्जुन माथि ठूलो कृपा हो । अर्जुनलाई निमित्त वनाएर गीताको उपदेश भयो, जसवाट हामी पनि लाभान्वित भयौं । 

यस्तै छन् मेरा कुरा । अरु पछि ।

हजुरहरुको 

No comments:

Post a Comment