महाभारतको युद्ध हुने निश्चय भयो । यो
युद्ध पाण्डव र कौरवको वीचमा त भएकै हो । तर, गहिरिएर विचार गर्ने हो भने
यो युद्ध वेदव्यासका सन्तान वीच भएको थियो । वेदव्यासको चाहना नहुँदा
नहुँदै पनि हस्तिनापुरको रक्षा गर्न माता सत्यवतीको आज्ञा शीरोधार्य गर्दै
व्यासले अवैध सन्तान उत्पत्ति गर्नुपरेको थियो । यसमा व्यासजीलाइ भएको
वेदना त कल्पना मात्रै गर्न सकिन्छ । त्यसपछि घटना क्रम यसरी वढ्दै गए कि
यो अवैध सन्तान उत्पत्ति नै हस्तिनापुरको विनाशको कारण हुन गयो ।
यही सिलसिलामा
आफ्ना अन्धा नाति धृतराष्ट्रलाई महाभारतको युद्ध हस्तिनापुरवाट हेर्न सकिने
दिव्यदृष्टि दिने कुरा वेद व्यासजीले गर्नुभयो । तर, धृतराष्ट्रले सो कुरा
स्वीकार गरेनन, अर्थात आफ्ना छोरा, नाति, आदिको वध भएको हेर्ने इच्छा
उनलाई भएन । त्यसपछि व्यासजीले संजयलाई हस्तिनापु रमा नै वसेर महाभारतको युद्धको हरेक घटना, त्यहाँका पात्रहरुमा मनमा भएका
समस्त कुराहरु पनि थाहा पाउने शक्ति दिनुभयो, त्यो शक्तिले धृतराष्ट्रले
संजयवाट महाभारतका सबै घटना प्रत्यक्ष सुन्न पाउन भए ।
तर, अचम्मको कुरा, युद्ध
शुरु भयो, संजय धृतराष्ट्रसँग दरवारमा वसे । पहिलेको योजना अनुसार
संजयले कुरुक्षेत्रको युद्ध हेर्न थाले, तर हामीले पढ्ने गीताको पहिलो
अध्यायको पहिलो श्लोक त धृतराष्ट्रले युद्ध शुरु भएको दस दिनपछि मात्रै
संजयलाई भने ।
यसवाट यो अनुमान
गर्न सकिन्छ, उनले आफूले पहिले पाण्डव लाई लेखेको चिठी वाट अर्जुनलाई काम
गरेर अर्जुनले युद्ध रोके कि भन्ने आशा गरेर युद्धको दस दिन पछि मात्रै
युद्धवारे सोधेको हुनसक्छ । यो कुरावाट धृतराष्ट्र कति कपटी कूटनीतिज्ञ
रहेछन भन्ने थाहा हुन्छ । आफ्ना छोरा, नातिहरु युद्ध गर्न थालिसकेका छन्, तर हस्तिनापुरका राजालाई यो कुराको जिज्ञासा नै नहुनु त गजवकै कुरा हो ।
त्यो वेलाको
हस्तिनापुर दरवारको माहोल विचार गरौँ, संजय त्यही दरवारमा वसेर युद्धको
सीधा प्रसारण हेरिरहेकाछन, धृतराष्ट्र पनि त्यही दरवारमा छन् । संजय पनि सो
युद्धवारे धृतराष्ट्रलाई केही भन्दैनन् , धृतराष्ट्र पनि संजयलाइ केही
सोध्दैनन् । जव दस दिनपछि धृतराष्ट्रले प्रश्न गरे, तव मात्रै संजयले
युद्धको वयान गर्न थाले ।
यो प्रसङ्ग अनुसार खासै सोधिएको प्रश्न गीताको
पहिलो अध्यायको पहिलो श्लोक मात्रै हो । अरु त पहिले भैसकेका घटनाहरुको
रिपोर्ट मात्रै हो । अर्को कुरा, यो ग्रन्थमा धृतराष्ट्र केवल एक चोटी
मात्रै वोल्छन ।
अहिलेलाई यत्ति, अरु पछि ।
No comments:
Post a Comment