No. 29
श्लोक ३०
हे भरत वंशोद्भव अर्जुन सबैको देहमा यो देही नित्य नै अवध्य छ। यसैले
सम्पूर्ण प्राणीहरूकोलागि अर्थात् कुनै पनि प्राणीकोलागि तिमीले शोक्
गर्नु हुँदैन।
मनुष्य, देवता, पशु, पक्षी, किरा, पुतली आदि स्थावर-जंगम सम्पूर्ण
प्राणीहरुको शरीरहरुमा यो देही नित्य अवध्य अर्थात् अविनाशी छ। यो
देहीलाई कुनै पनि तरहले नाश गर्न सकिँदैन। देहीको विनाश कहिले पनि हुनै
सक्तैन र विनाशी देह क्षणभर पनि स्थिर रहँदैन।
शरीर विनशी नै छ, किनभने यसको स्वभाव नै नाशवान छ। यो प्रतिक्षण नष्ट
भईरहेछ परन्तु आफ्नो नित्य स्वरुपको नाश कहिले पनि छैन। यस्तो
वास्तविकताको ज्ञान यदि हामीलाई हुँदो हो त मोह मोह नै हुने थिएन।
गीता भन्छ, जवसम्म हामीलाई देह अलग छ, देही अलग हो भन्ने विवेक हुँदैन
तवसम्म कर्मयोग, ज्ञानयोग, भक्तियोग आदि कुनै पनि योग अनुष्ठानमा आउँदैन।
यति मात्रै होइन, स्वर्गादि लोकहरूको प्राप्तिकोलागि पनि देह-देहीको भेद
बुझ्नु जरूरी छ। किनभने देह देखि अलग नभए देह मरेपछि को स्वर्ग जाने ?
सबै दार्शनिक र अरु मतका अनुयायीहरू पनि यो शरीर र शरीरीको भेदलाई
पूर्णरूपले स्वीकार गर्छन्।
फेरि अर्को कुरो देह बदलिन्छ देही बदलिँदैन देही बदलिने भए देह वदलिने
कुरो कसले जान्ने? पहिले वाल्यावस्था थियो, फेरि जवानी आयो, कहिले
विरामी भइयो, कहिले विरामी निको भयो। यस्तो किसिमले अवस्थाहरू वदलिई रहे
तर यी सबै अवस्थाहरू जान्ने त उहीको उही रह्यो।
अहिले हामीले गरी रहेको चर्चा सत् र असत् को विवेक् हो। यो सत् र असत् को
विवेक् आफ्नो शरीरमा गर्नेलाई साधक भनिन्छ र यो विवेक संसारमा गर्नेलाई
विद्वान भनिन्छ। आफूलाई छुट्टै राखेर संसारमा सत्-असत् को विवेक गर्नेलाई
वाचक (सिकेको ज्ञानी) भनिन्छ तर त्यस्तो वाचकलाई अनुभव हुन सक्तैन।
तात्पर्य, संसारमा सत्-असत् को विवेक केवल पन्डित्याइँकोलागि हुन्छ तर
गीता पन्डित्याइँकोलागि होइन। यही सन्दर्भमा यदि हामीलाई अनुभव गर्नु छ
भने हामीले आफूलाई आफ्नो शरीरदेखि छुट्टै अनुभव गर्नु पर्छ। यस्तो अनुभव
गर्नु पर्छ-शरीर शरीरीको सम्बन्धदेखि रहित छ र शरीरी शरीरको सम्बन्धदेखि
रहित् छ अर्थात् 'म शरीर होइन।'
songs form Hajurmas Cassette Collection: Aye akela gaye akel

No comments:
Post a Comment