No. 32
फेरि श्लोक तिर नै जाँदा,भगवान भन्नुहुन्छ, तिमी युद्ध गर्दैनौ भने तिमीवाट क्षात्रधर्मको त्याग हुनेछ, त्यस्तो त्याग भएपछि तिमीलाई पाप लाग्नेछ र तिम्रो कीर्तिको पनि नाश हुनेछ ।
श्लोक ३४
सबै प्राणी पनि तिम्रो सँधै रहने अपकीर्तिको कुरा गर्दै निन्दा गर्नेछन् । त्यस्तो किसिमको अपकीर्ति सम्मानित मनुष्यकोलागि मृत्युभन्दा पनि ठूलो दुःखदायी हुन्छ ।
अव स्वामीजीको प्रश्नोत्तरमा जाउँ ।
श्लोक ३२
आफैं प्राप्त भएको (युद्ध) खोलिएको स्वर्गको ढोका हो । हे पृथानन्दन ! यस्तो युद्ध गर्ने अवसर पाउने क्षत्रिय निकै भाग्यशाली हुन् ।
पहिले जुवा खेल्दाको दुर्योधनको शर्त अनुसार हार्नेले वारह वर्षको वनवास र एक वर्षको गुप्तवास भोग्नु पर्ने थियो । पाण्डवले जुवा हारे, उनीहरुले पहिले प्रतिज्ञा गरे बमोजिम वारह वर्षको वनवास र एक वर्षको अज्ञातवास पनि भोगे । त्यसपछि पाण्डवले आफ्नो राज्य माग्दा दुर्योधनले राज्य फिर्ता दिन मानेनन्, फिर्ता त के, एउटा सियोको टुप्पा राख्ने जमीन पनि नदिने कुरो गरे । तैपनि पाण्डवले फेरि फेरि पनि सन्धिको प्रस्ताव राखे, तर दुर्योधनले कुनै प्रस्ताव पनि मानेनन् । यसैले भगवान अर्जुनसँग भन्नुहुन्छ, 'यो युद्ध तिमीहरुलाई आफैं प्राप्त भएको छ । आफैं मिलेको धर्ममय युद्धमा जो क्षत्रिय शूरवीरताले लड्दा लड्दै मर्छ, उसकोलागि स्वर्गको ढोका खुला रहन्छ ।
फेरि, यस्तो धर्ममय युद्ध प्राप्त गर्ने क्षत्रिय धेरै सुखी हुन् । यहाँ सुखी भन्नुको अर्थ हुने सुख कर्तव्य पालनमा हुने सुख सांसारिक भोगहरु भोग्नमा छैन । सांसारिक सुख त पशु-पक्षीहरुलाई मिल्छ । अतः जसलाई कर्तव्य-पालनको अवसर प्राप्त भएको छ, उनीहरुलाई ठूलो भाग्यशाली मान्नु पर्छ ।
श्लोक ३३
अव यदि तिमी यो धर्ममय युद्ध गर्दैनौ भने आफ्नो धर्म र कीर्ति त्याग गरेको पाप तिमीलाई लाग्नेछ ।
यहाँ भन्न खोजिएको, अर्जुनको क्षात्र स्वभाव भएकोले उनी युद्ध नगरी रहन सक्तैनन् । अहिले अर्जुनलाई मोह भएको कारणले उनी युद्धदेखि विमुख हुन खोजिरहेका छन् । भगवान अठारौं अध्यायमा अर्जुनलाई भन्नुहुन्छ,
'स्वभावजेन कौन्तेय निबद्ध स्वेन कर्मणा । कर्तुम् नेच्छसि यन्मोहात्करिष्यस् यवशोपि तत् ।
कौन्तेय = हे कुन्तिनन्दन ! स्वेन = आफ्नो स्वभावजेन = स्वभावजन्य कर्मणा = कर्मवाट निबद्ध = वांधिएका (तिमी) मोहात् = मोहले गर्दा यत् = जुन युद्ध कर्तुम् = गर्न न इचछसि = चाहंदैनौ तत् = त्यसलाई अपि = पनि (तिमीले) अवशः = (क्षात्र प्रकृतिको) परवश भएर करिओ श्यसि = गरौला ।
हे कुन्तिनन्दन ! आफ्नो स्वभावजन्य कर्मवाट वांधिएका तिमी मोहले गर्दा जुन युद्ध गर्न चाहंदैनौ, त्यसलाई पनि तिमीले तिम्रो क्षत्रिय प्रकृतिको वशमा परेर गर्नेछौ ।
पूर्वजन्ममा जस्तो कर्म र गुणहरुको वृत्तिहरु रहनछन्, यो जन्ममा जस्ता माता-पितावाट पैदा भएका छन् अर्थात् माता-पिताका जस्तो संस्कार रहेका छन्, जन्मेपछि जस्तो देखिएको, सुनिएको छ, जस्तो शिक्षा प्राप्त भएको छ र जस्तो कर्म गरिएको छ -- ती सबै मिलेर आफ्नो जुन कर्म गर्ने एक किसिमको आदत वनेको छ, त्यसको नाम स्वभाव हो । यसलाई भगवानले स्वभावजन्य स्वकीय कर्म भन्नुभएको छ । यसैलाई स्वधर्म पनि भन्छन् ।
जीवन्मुक्त महापुरुषहरुको स्वभाव सर्वथा शुद्ध हुन्छ । अतः उनीहरुलाइ स्वभावले केही गर्न सक्तैन, तैपनि उनीहरु कर्ममा प्रवृत्त भएको वेला आफ्नो प्रकृति-(स्वभाव-) अनुसार नै काम गर्छन् । तर साधारण प्रकृतिको अधीन हुन्छन् त्यसैले उनीहरुको स्वभावले उनीहरुलाई जवर्जस्ती कर्ममा लगाइदिञ्छ । भगवान अर्जुनसँग भन्नुहुन्छ, 'तिम्रो क्षात्र स्वभाव पनि तिमीलाई जवर्जस्ती युद्धमा लगाई दिनेछ । यदि शास्त्र या सन्त-महापुरुषहरुको आज्ञाले अथवा मेरो आज्ञाले तिमीले युद्ध गर्यौ भने त्यही कर्म तिम्रोलागि कल्याणकारी हुनेछ ।
फेरि श्लोक तिर नै जाँदा,भगवान भन्नुहुन्छ, तिमी युद्ध गर्दैनौ भने तिमीवाट क्षात्रधर्मको त्याग हुनेछ, त्यस्तो त्याग भएपछि तिमीलाई पाप लाग्नेछ र तिम्रो कीर्तिको पनि नाश हुनेछ ।
श्लोक ३४
सबै प्राणी पनि तिम्रो सँधै रहने अपकीर्तिको कुरा गर्दै निन्दा गर्नेछन् । त्यस्तो किसिमको अपकीर्ति सम्मानित मनुष्यकोलागि मृत्युभन्दा पनि ठूलो दुःखदायी हुन्छ ।
अव स्वामीजीको प्रश्नोत्तरमा जाउँ ।
प्रश्न: महाराजजी ! के भगवत्-प्रेम पनि कामी र कामिनीको प्रेम जस्तो हुन्छ ?
उत्तर: कामी कामिनीलाई प्रेम गर्दैन । उनीहरु एक अर्कालाई नष्ट गर्छन्, खान्छन् । भगवत्-प्रेम त प्रेमी र प्रेमास्पद दुवैलाई आल्हादित गर्छ ।
प्रश्न: दुःख आउने मानव पतित अथवा पापी भएको परिचय हो ?
उत्तर: दुःख आएको मानव पतित अथवा पापी भएको फल होइन । दुःख त सुख-भोगको आसक्ति मेटाउन आउँछ ।
प्रश्न: महाराजजी ! धर्मात्मा को हुन्छ ?
उत्तर: जसको समाजलाई आवश्यकता हुन्छ ।
प्रश्न: व्यर्थ-चिन्तनसंग कसरी वच्ने ?
उत्तर: व्यर्थ-चिन्तन भुक्त-अभुक्त (भोगिएको अथवा नभोगिएको भोगको) प्रभाव हो । तिमी व्यर्थ-चिन्तनलाई असहयोग गर । त्यसलाई, न दबाउने, न त्यसवाट सुख लिने, न भयभीत हुने, न तादात्म्य नै राख्ने. त्यसो गरे व्यर्थ प्रकट भएर नाश हुनेछ ।
No comments:
Post a Comment