Thursday 15 May 2014

63. No. 35 श्लोक ४० मनुष्यलोकमा यो समबुद्धिरुप धर्मको आरम्भको नाश हुँदैन तथा यसको अनुष्ठानको उल्टो फल

No. 35
श्लोक ४०

 मनुष्यलोकमा यो समबुद्धिरुप धर्मको आरम्भको  नाश हुँदैन तथा यसको अनुष्ठानको उल्टो फल पनि हुँदैन र समताको  अलिकति मात्रै पनि अनुष्ठान जन्म-मरणरूपी महान् भयवाट रक्षा गर्छ ।
 
यही 'निष्काम' कर्मवाट प्राप्त हुने समताको  व्याख्या गर्दै भगवान भन्नुहुन्छ, यो समताको केवल आरम्भ मात्रै भए पनि यो आरम्भको  नाश हुँदैन ।
 
समताको आरम्भ के हो ?
 
मनमा यो समता प्राप्त गर्ने लालसा, उत्कण्ठा मात्र पनि यो समताको आरम्भ  हो । यो आरम्भको  कहिले पनि कमी, अभाव हुँदैन, किनकि सत्य वस्तुको लालसा पनि सत्य नै हुन्छ । मनुष्यलोकमा मनुष्य नै यो समबुद्धि प्राप्त गर्ने अधिकारी हो । मनुष्य सिवाय अरु सबै भोगयोनिहरु हुन् । त्यही हुनाले अरु योनिहरुमा विषमता (राग-द्वेष) को नाश गर्ने अवसर छैन; किनकि भोग राग-द्वेषपूर्वक नै हुन्छ । यदि राग-द्वेष छैन भने भोग हुँदै हुँदैन, केवल साधन मात्र हुन्छ । 
 
सकाम भावले गरिएका कर्महरुमा मन्त्र-उच्चारण, यज्ञ-विधि आदिमा कुनै कमी रह्यो भने त्यसको फल उल्टो हुन्छ । जस्तो, कोही छोराको जन्मकोलागि यज्ञ गर्छ भने त्यो यज्ञको विधिमा कुनै त्रुटी भयो भने छोरा हुने त कुरै छोडौं, त्यो घरमा कसैको मृत्यु समेत हुन सक्छ, अथवा विधिको कमी रहँदा यति उल्टो फल नहोला पनि, तैपनि त्यो छोरो पूर्ण अंगहरुसहित जन्मंदैन ।       
 
परन्तु जो मनुष्य यो समबुद्धि आफ्नो अनुष्ठानमा ल्याउने प्रयत्न गर्छ, उसको प्रयत्नको अनुष्ठानको कहिले पनि उल्टो फल हुँदैन । किनभने उसको अनुष्ठानमा फलको इच्छा हुँदैन । जवसम्म फलेच्छा रहन्छ, तवसम्म समता आउँदैन  र समता आएपछि फलेच्छा रहँदैन । अतः त्यसको अनुष्ठानको विपरीत फल हुँदै हुँदैन, हुन सम्भव नै छैन ।       
 
विपरीत फल के हो ?
 
संसारमा विषमता हुनु नै विपरीत फल हो । सांसारिक कुनै कार्यमा राग हुनु र कुनै कार्यमा दोष हुनु विषमता हो, यही विषमतावाट नै जन्म-मरणरुप बन्धन हुन्छ । तर, जव मनुष्यमा समता आउँछ, तव उसमा राग-द्वेष रहँदैन र राग-द्वेष नरहे विषमता रहँदैन । त्यसो भएपछि विपरीत फल हुने कुनै कारण नै छैन ।  
 
फेरि चित्त-शुद्धिकै प्रसंगमा जाने हो कि ?
 
संकल्पहरुको उत्पत्ति जसमा हुन्छ र तिनीहरुको पूर्ति जुन साधनहरुले हुन्छ, ती दुइको जो प्रकाशक छ अथवा ती दुवै (उत्पत्ति र पूर्ति )लाइ जसवाट सत्ता मिल्छ, त्यसमा जीवन-बुद्धि स्वीकार नगर्नु अनुभूतिको विरोध हो, र संकल्पहरुको उत्पत्ति-पूर्तिमा नै जीवन-बुद्धि स्वीकार गर्नु आफ्नो अनुभूतिको अनादर गर्नु हो । यही भूलले नै हाम्रो चित्त अशुद्ध भएको हो । अव विचार यो गर्नु पर्यो कि संकल्पहरुको उत्पत्तिको उद्गम स्थान के हो र ती संकल्पहरुको पूर्ति जुन साधनले हुन्छ, तिनीहरुको स्वरूप के हो ? जुन मान्यताहरुवाट कुनै न कुनै प्रकारको भेदको उत्पत्ति हुन्छ, ती मान्यताहरुमा अहम्-बुद्धि स्वीकार गर्दा संकल्पहरुको उत्पत्ति हुन्छ, र जुन वस्तुहरुवाट संकल्पहरुको पूर्ति हुन्छ, ती सबै वस्तुहरु पर-प्रकाश्य (अरुवाट प्रकाशित) छन्, परिवर्तनशील छन् र उत्पत्ति-विनाशयुक्त छन् । यही कारण संकल्प-पूर्तिको सुख संकल्प-उत्पत्तिको  हेतु वन्छ । (भनाइको मतलव, हाम्रो एउटा संकल्प-पूर्ति भयो भने तत्कालै अर्को संकल्प उत्पन्न भैहाल्छ) । यसरी संकल्पको उत्पत्ति-पूर्तिको क्रम सतत  चली रहन्छ । त्यही क्रमसँग तादात्म्य गरेर प्राणी अनेक प्रकारको अभावहरुमा अल्झिरहन्छ र दीनता र अभिमानको अग्निमा जलिरहन्छ । यदि संकल्प-पूर्ति  भन्दा अतीतको जीवनमा विश्वास भयो भने अथवा त्यसको अनुभव भयो भने प्राणी वडो सुगमतापूर्वक शाश्वत शान्ति पाएर कृतकृत्य हुन्छ ।      

No comments:

Post a Comment