Friday 22 August 2014

143. No.110 अर्जुनले भने श्लोक ४ हजुरको जन्म त अहिलेको हो र सूर्यको जन्म धेरै पुरानो हो;

No.110

अर्जुनले भने
श्लोक ४

हजुरको जन्म  त अहिलेको हो र सूर्यको जन्म धेरै पुरानो हो; त्यसैले हजुरले नै सृष्टिको आरम्भमा सूर्यलाई यो योग भन्नुभएको थियो भन्ने कुरा म कसरी बुझुं ?

हजुरको जन्म हालै केही वर्ष पहिले श्री वसुदेवजीको घरमा भएको हो, तर सूर्यको जन्म सृष्टिको आरम्भमा भएको थियो । त्यसैले हजुरले यो ज्ञान सूर्यलाई कसरी भन्नु भयो ?

अर्जुनको यो प्रश्नमा भगवानप्रति तर्क या आक्षेप छैन, जिज्ञासा छ । उनी भगवानको जन्म-सम्बन्धी रहस्य सजिलोसँग बुझ्ने दृष्टिले नै प्रश्न गर्छन्, किनकि आफ्नो जन्म-सम्बन्धी रहस्य प्रकट गर्न भगवान्  नै समर्थ हुनुहुन्छ । 

अर्जुनको यो प्रश्नको तात्पर्य, सूर्यलाई उपदेश दिएपछि सूर्यवंशको (मनु, इक्ष्वाकु आदि) कति पिंढीहरु वितिसके र हजुरको अवतार अहिलेको हो । त्यसैले हजुरले सृष्टिको आदिमा सूर्यलाई उपदेश कसरी दिनुभएको थियो भन्ने कुरो म राम्रोसँग बुझ्न चाहन्छु । सूर्य त अहिले पनि छन्, उनलाई अहिले पनि उपदेश दिन सकिन्छ । तर हजुरले सूर्यलाई उपदेश दिएपछि सूर्यवंशको परम्पराको पनि वर्णन गर्नुभयो । यो कुराले सिद्ध हुन्छ, हजुरले यो उपदेश सूर्यलाई अहिले दिनुभएको होइन । त्यसैले कल्पको आदिमा कसरी दिनुभयो ?

No comments:

Post a Comment