Friday 22 August 2014

147 No.114 श्लोक ७ हे भरतवंशी अर्जुन ! जव जव धर्मको हानि र अधर्मको वृद्धि हुन्छ,

No.114
श्लोक ७
हे भरतवंशी अर्जुन ! जव जव धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, तव तव म आफूले आफूलाई साकाररूपले प्रकट गर्छु ।

धर्मको हानि र अधर्मको वृद्धिको स्वरूप -- भगवत्प्रेमी, धर्मात्मा, सदाचारी, निरपराध र निर्वल मनुष्यहरूमा नास्तिक, पापी, दुराचारी र वलवान् मनुष्यहरुको अत्याचार वढ्नु तथा सर्वसाधारण मा सद्गुण-सदाचारको अत्यधिक कमी र दुर्गुण-दुराचारको अत्यधिक वृद्धि हुनु ।

भगवानको अवतार आवश्यकता पर्दा हुने हो । जस्तो, समुद्र-मन्थनको वेला भगवानले अजितरूपले समुद्र मन्थन गर्नुभयो, कच्छपरूपले मन्दराचल पर्वत धारण गर्नुभयो, तथा सहस्रवाहुरूपले मन्दराचललाई माथिवाट थिच्नुभयो । फेरि देवताहरुलाई अमृत वांडने वेलामा मोहिनीरूप धारण गर्नुभयो । यसरी भगवानले एकै चोटी अनेक रूप धारण गर्नुभयो ।

अधर्मको वृद्धि र धर्मको नाश हुने मुख्य कारण -- नाशवान् पदार्थतिर आकर्षण । आमा बाबुवाट शरीर वने जस्तै प्रकृति र परमात्मावाट शरीर वन्छ । यसमा सृष्टि र सृष्टिको कार्य संसार त प्रतिक्षण वदलिइ रहन्छ, एक क्षणकोलागि पनि एकरूप रहँदैन र परमात्मा तथा उहाँको अंश जीवात्मा -- यी दुवै सम्पूर्ण देश, काल आदिमा नित्य निरन्तर रहनुहुन्छ, यी दुईमा अलिकति पनि परिवर्तन हुँदैन । जव जीव अनित्य, उत्पत्ति-विनाशशील प्राकृत पदार्थवाट सुख लिने इच्छा गर्छ र ती वस्तुहरुको प्राप्तिमा सुख मान्न थाल्छ, त्यसपछि उसको पतन हुन्छ । संसारिक भोग र संग्रहमा व्यक्तिको जति जति आसक्ति हुन्छ, समाजमा अधर्म त्यति त्यति नै वढ्छ, जति जति अधर्म वढ्छ, समाजमा त्यति त्यति पापाचरण, कलह, विद्रोह आदि दोष वढ़छन् ।
सत्य, त्रेता, द्वापर र कलि -- यी चारै युगहरुको विचार गर्दा यी युगहरुमा पनि क्रमशः धर्मको ह्रास हुन्छ । सत्ययुगमा धर्मको चार चरण (पाउ) हुन्छन्, त्रेतायुगमा तीन, द्वापरयुगमा दुई चरण रहन्छन र कलियुगमा धर्मको केवल एक चरण वांकी रहन्छ । युगको मर्यादा भन्दा पनि वढी धर्मको ह्रास भएको वेला धर्म पुनः स्थापना गर्न भगवान अवतार लिनुहुन्छ ।
पहिले पनि भनी सकियो, धर्मको हानि र अधर्मको वृद्धि भएपछि भगवान अवतार लिनुहुन्छ । अतः भगवानको अवतार लिने मुख्य प्रयोजन हो -- धर्मको स्थापना गर्नु र अधर्मको नाश गर्नु ।
धर्मको हानि र अधर्मको वृद्धि भएपछि व्यक्तिहरुको प्रवृत्ति अधर्म मा हुन्छ । अधर्ममा प्रवृत्ति भएपछि स्वाभाविक पतन हुन्छ । भगवान सम्पूर्ण प्राणीहरुको परम सुहृद हुनुहुन्छ । यसैले मनुष्यलाई पतन तर्फ जाने क्रम रोक्न उहाँ अवतार लिनुहुन्छ ।
कर्महरुमा सकाम भाव उत्पन्न हुनु नै धर्मको हानि हो र आफ्नो आफ्नो कर्तव्यवाट च्युत भएर निषिद्ध आचरण गर्नु नै अधर्मको अभ्युत्थान हो । 'काम' अर्थात् कामनाले नै सबै अधर्म, पाप, अन्याय आदि हुन्छन् । अतः यो 'काम'को नाश गर्न भगवान अवतार लिनुहुन्छ ।
प्रश्न उठ्छ, वर्तमान समयमा धर्मको ह्रास र अधर्मको वृद्धि भैरहेछ, किन भगवान अवतार लिनुहुन्न त ? यसको समाधान हो, युगलाई हेर्दा अहिले भगवानले अवतार लिने समय आएको छैन । त्रेतायुगमा राक्षसहरुले ऋषि-मुनिहरू मारेर उनीहरुको हाडको थुप्रो लगाएका थिए । अहिले त त्रेतायुग भन्दा विग्रिएको कलियुग छ, तर अहिले धर्मात्मा पुरुष वाँचिरहेका छन्, उनीहरुको नाश कसैले गरेको छैन । फेरि, धर्मको ह्रास र अधर्मको वृद्धि भएको वेला भगवानको आज्ञाले सन्त यो पृथ्वीमा आउँछन् अथवा यहाँ नै विशेष साधक पुरुष प्रकट हुन्छन् र धर्मको स्थापना गर्छन् । कहिले कहिले परमात्मा प्राप्त गरेका कारक महापुरुष पनि संसारको उद्धार गर्न आउँछन् । साधक र सन्त पुरुष वसेको देशमा अधर्मको त्यस्तो वृद्धि हुँदैन र धर्मको स्थापना हुन्छ ।

माथि उल्लिखित साधकहरु तथा  सन्त-महापुरुषहरुलाई जनताले नटेरेको अवस्थामा, उनीहरुको पनि विनाश गरेको वेला र धर्मको प्रचार गर्ने धेरै कम भएको वेला तथा जुन युगमा जस्तो धर्म हुनु पर्ने हो, त्यो धर्म नभएको वेला भगवान आफैं आउनु हुन्छ ।

No comments:

Post a Comment