No. 223
अरुलाई
आफ्नो दास वनाउने व्यक्तिमा कुनै न कुनै कमी हुन्छ । भगवानमा कुनै कमी नै
छैन, यसैले उहाँ आफ्नो तर्फवाट कसैलाई दास (अधीन) कसरी वनाउन सक्नुहुन्छ ?
परन्तु कोही उहाँको दास वन्न चाहन्छ भने उहाँ मनाही गर्नुहुन्न । र
दयापूर्वक त्यो व्यक्तिलाई आफ्नो दास स्वीकार गर्नुहुन्छ । यो उहाँको विशेष
उदारता हो । आफ्नो दास वन्नेसँग भगवान चांडै खुशी हुनुहुन्छ । गीताको
अठारौँ अध्यायमा भगवानले 'यथेच्छसि तथा कुरू' भन्ने सुनेर अर्जुन डराए,
त्यही वेला भगवानले अर्जुनलाई भन्नुभयो, 'मामेकं शरणम् व्रज', परन्तु यसो
भन्नु भन्दा पहिले भगवानले भन्नुभयो, यो सबै भन्दा गोपनीय कुरो छ र पछि पनि
भन्नुभयो, यो कुरो सबैलाई नभन्नु । यसवाट सिद्ध हुन्छ, अरुलाई आफ्नो दास
वनाउने नीयत नहुँदा पनि यदि अर्को कुनै सहारा नपाएर मनुष्य डरायो र उहाँको
दास वन्न चाह्यो भने भगवान दयापरवश भएर उसलाई स्वीकार गर्नुहुन्छ ।
तात्पर्य, कुनै देवतालाई श्रद्धा गर्ने भक्तको श्रद्धा त्यही देवतामा दृढ
गरिदिनु हुन्छ र भगवानमा श्रद्धा गर्नेलाई उसको श्रद्धा भगवान आफैंमा दृढ
गरिदिनु हुन्छ -- यसमा सन्देह नै के रह्यो र ! कारण, भगवानको दृष्टि
भगवानको हितकोलागि हुन्छ, आफ्नो स्वार्थकोलागि होइन ।
श्लोक २१
जुन जुन भक्त जुन जुन देवता श्रद्धापूर्वक पूजन गर्न चाहन्छन्, ती ती देवतामा नै म त्यही श्रद्धा दृढ गरिदिन्छु ।
'यो
यो यां यां तनुम् भक्तः ……. तामेव विदध्याम्यहम्' -- जुन जुन मनुष्य जुन
जुन देवताको भक्त भएर श्रद्धापूर्वक यजन-पूजन गर्न चाहन्छन्, ती ती
मनुष्यको श्रद्धा ती ती देवताहरुप्रति म अचल (दृढ) गरिदिन्छु । तिनीहरु
अरुमा नलागेर ममा मात्रै लागून् -- यस्तो म गर्दिन । ती ती देवताहरुमा
लाग्दा कामनाले गर्दा तिनीहरुको कल्याण त हुने होइन, तैपनि म तिनीहरुको
श्रद्धा ती देवताहरुमा लगाइदिन्छु । ममा श्रद्धा राख्ने, आफ्नो कल्याण गर्न
चाहनेको श्रद्धा म आफू प्रति किन दृढ गर्दिन, अर्थात् अवश्य गर्नेछु ।
कारण, म सम्पूर्ण प्राणीहरुको सुहृद हुँ -- सुहृदम् सर्वभूतानाम्'।
यहाँ
एउटा शंका हुन्छ, भगवान सबैको श्रद्धा आफूमा नै किन दृढ गर्नुहुन्न ? यहाँ
भगवानले यस्तो भन्नु भए जस्तो लाग्छ, यदि मैले सबैको श्रद्धा आफू प्रति
दृढ गरें भने मनुष्यजन्मको स्वतन्त्रता, सार्थकता नै कहाँ रह्यो र ? तथा
मेरो स्वार्थपरताको त्याग कहाँ भयो ? यदि व्यक्तिहरुलाई ममा नै लगाउने मेरो
आग्रह रहे यो कुनै ठूलो कुरो होइन; किनकि यस्तो व्यवहार त दुनियाँको सबै
स्वार्थी जीवहरुवाट स्वाभाविक नै हुन्छ । अतः म यो स्वार्थपरता मेटेर
यस्तो स्वभाव सिकाउन चाहन्छु, कुनै पनि मनुष्य पक्षपात गरेर अरुवाट खालि
आफ्नो पूजा-प्रतिष्ठा गराउनमा नै नलागिरहोस् र कसैलाई पराधीन नवनाओस् ।
अव
अर्को शंका हुन्छ, भगवानले ती व्यक्तिहरुको श्रद्धा ती देवताहरुप्रति दृढ
गरिदिनु हुन्छ, त्यसमा त उहाँको साधुता सिद्ध भयो, तर ती जीवहरुको त अहित
नै भयो । यसको समाधान भगवान गर्नुहुन्छ, यदि मैले उनीहरुको श्रद्धालाई
अरुवाट हटाएर आफूमा लगाउने भाव राखें भने उनीहरुलाई ममा अश्रद्धा हुन्छ ।
तर यदि मैले त्यो श्रद्धा आफूमा लगाउने भाव गरिनं भने र उनीहरुलाई
स्वतन्त्रता दिएँ भने त्यो स्वतन्त्रता पाउनेहरुमा बुद्धिमानहरु मेरो यो
व्यवहार देखेर मतर्फ आकृष्ट हुनेछन् । अतः उनीहरुको उद्धारको यो तरिका
वढिया हो ।
अव
तेस्रो शंका हुन्छ, यदि भगवान स्वयंले उनीहरुको श्रद्धा अरुमा दृढ गरिदिए
त्यो श्रद्धा अर्को कुनै व्यक्तिले मेटाउन नै सक्तैन । नभए उसको पतन भइ नै
रहन्छ । यसको समाधान, म उनीहरुको श्रद्धा उनीहरुका देवताहरुप्रति नै दृढ
गरिदिन्छु, अरुप्रति होइन -- यस्तो कुरो होइन । म त उनीहरुको इच्छा अनुसार
नै उनीहरुको श्रद्धा दृढ गरिदिन्छु र आफ्नो इच्छा वदल्न मनुष्य स्वतन्त्र
छ, योग्य छ । इच्छा वदल्न उनीहरु परवश, निर्वल र अयोग्य छैनन् ।
आफ्नो इच्छा वदल्न उनीहरु परवश हुनेभए मनुष्यजन्मको महिमा नै कहाँ रह्यो ?
र इच्छा (कामना)को त्याग गर्ने आज्ञा पनि म कसरी दिन सक्थें ?
प्राय:
मनुष्य अरु मनुष्यहरूलाई आफूतिर लगाउन चाहन्छन् आफ्नो शिष्य या दास वनाउन
चाहन्छन्, आफ्नो सम्प्रदायमा अरुलाई ल्याउन चाहन्छन्, आफूमा श्रद्धा गराउन
चाहन्छन्, आफ्नो पूजन, आदर, मन-सम्मान गराउन चाहन्छन्, आफ्नो कुरो अरुलाई
मनाउन चाहन्छन् । परन्तु भगवान आफू सर्वोपरि हुँदा हुँदै पनि कसैलाई आफ्नो
अधीन वनाउनुहुन्न, तर जो जहाँ श्रद्धा राख्छ, उसको श्रद्धा त्यहीँ दृढ
गरिदिनुहुन्छ -- यो भगवानको कति ठूलो उदारता छ. निष्पक्षता छ ।
भगवानको
दृष्टिमा सबै उहाँको नै स्वरूप हो -- 'मत्तः परतरं नान्यत्किञ्चिदस्ति' ।
यसैले भगवानमा कसैप्रति अलिकति पनि पक्षपात छैन । परन्तु भगवानको यस्तो
पक्षपातरहित स्वभाव सजिलै समझमा आउँदैन, तर गहिरोसँग विचार गरे समझमा
आउँछ । यदि यो स्वभाव कसैको समझमा आयो भने ऊ भगवानको भक्त हुनेछ -- 'स
सर्वविद्भजति मां सर्वभावेन भारत ।'
No comments:
Post a Comment