No. 224
गीतामा
पनि भगवानले अर्जुनलाई भन्नुभएको छ -- 'भक्तोसि मे सखा चेति' । यहाँ
भगवानले 'भक्त' त अर्जुनको दृष्टिले भन्नुभयो, तर आफ्नो दृष्टिले अर्जुनलाई
सखा नै भन्नुभयो । 'ममैवांशो जीवलोके' -- यी पदहरुमा पनि भगवानले 'एव'
पदले जीवलाई साक्षात् आफ्नो स्वरूप वताउनु भएको छ ।यो मेरो नै अंश हो --
यस्तो भन्नुको तात्पर्य, यसमा प्रकृतिको अंश विल्कुल छैन ।
श्लोक २२
मैले
दृढ गरिदिएको त्यो श्रद्धाले युक्त भएर त्यो मनुष्य त्यो देवताको (सकामभाव
पूर्वक) उपासना गर्छ र उसको त्यो कामना पूरा पनि हुन्छ; परन्तु त्यो कामना
पूर्ति मैले नै विहित गरिएको हुन्छ ।
'स
तया श्रद्धया युक्तः ……मयैव विहितान्हि तान्' -- मैले दृढ गरिएको
श्रद्धाले सम्पन्न मनुष्य त्यो देवताको आराधनाको चेष्टा गर्छ र त्यो
देवतासँग जुन कामनापूर्तिको आशा राख्छ, उसको कामना पूर्ति पनि हुन्छ । मैले
नै उसको कामना पूरा गरिदिए पनि त्यो व्यक्ति उसको कामनाको पूर्ति आफ्नो
देवतावाट नै भएको मान्छ । वास्तवमा देवताहरुमा मेरो नै शक्ति छ र मेरो नै
विधानले उनीहरु कामना पूर्ति गराइदिन्छन् ।
जागिरदारलाई
एक सीमित अधिकार दिइएको हुन्छ, तिमीहरु फलानो विभागमा फलानो अवसरमा यति
खर्च गर्न सक्छौ । त्यस्तै, देवताहरुमा पनि एउटा सीमासम्म मात्रै दिने
शक्ति हुन्छ; अतः उनीहरु त्यति मात्रै दिन सक्छन्, धेरै होइन । देवताहरुमा
धेरै भन्दा धेरै शक्ति यति हुन्छ, उनीहरु आफ्ना आफ्ना उपासकहरुलाई आफ्ना
आफ्ना लोकहरुमा लग्न सक्छन् । परन्तु आफ्नो उपासनाको फल भोगेपछि उनीहरुलाई
त्यहाँवाट फर्केर फेरि संसारमा आउनु पर्छ ।
यहाँ
'मयैव' भन्नुको तात्पर्य, संसारमा भइरहेको सबै मैले नै गरिएका हुन् ।
कसैले केही पाउँछ भने म द्वारा नै पाउँछ । कारण, म वाहेक विधान गर्ने अर्को
छैन । यो रहस्य जान्ने व्यक्ति खालि मतिर नै खिंचिने छ ।
भगवानले
सबै देवताहरुलाई छुट्टा-छुट्टै र सीमित अधिकार दिनुभएको छ । परन्तु
भगवानको अधिकार असीम छ । भगवानमा विशेषता यो छ, उहाँ कसैलाई पनि शासन
गर्नुहुन्न, कसैलाई आफ्नो गुलाम वनाउनु हुन्न, कसैलाई आफ्नो चेला वनाउनु
हुन्न, सबैलाई आफ्नो मित्र वनाउनु हुन्छ, आफू समान वनाउनु हुन्छ । निषादराज
सिद्ध भक्त थिए, विभीषण साधक थिए र सुग्रीव विषयी थिए, तर भगवान श्रीरामले
तीनैलाई आफ्नो सखा वनाउनु भयो । यो विशेषता अरु देवताहरुमा छैन । यसैले
वेदमा भगवानलाई जीवको सखा वताइएको छ ।
No comments:
Post a Comment