No. 228
यहाँ
भन्न खोजिएको, कुनै पनि काल स्थायी छैन । न भूतकाल सँधै रहन्छ, न
भविष्य सँधै रहन्छ र न वर्तमान नै सँधै रहन्छ, तर भगवान सँधै रहनुहुन्छ ।
भूतकाल र भविष्य काल नभए जस्तै वर्तमानकाल पनि छैन । भूतकाल र भविष्यकालको
सन्धिलाई नै वर्तमान काल भनिन्छ । तात्पर्य, प्रतिक्षण वदलिने वर्तमानकाल
वर्तमान होइन, कहिले पनि नवदलिने वर्तमान हो । यसैले भगवानले यो श्लोकको
आरम्भमा नै वर्तमान क्रिया दिनुभएको छ -- 'वेदाहम्' (म जान्दछु) । भगवान
भूत, भविष्य र वर्तमान -- सबैमा सँधै वर्तमान हुनुहुन्छ, तर भगवानमा न भूत
छ, न भविष्य छ, न वर्तमान छ । भगवानको वर्तमानपना कालको अधीन छैन; किनकि
भगवान कालातीत हुनुहुन्छ । काल न भगवानको दृष्टिमा छ, न महात्माको दृष्टिमा
।
श्लोक २६
हे अर्जुन ! भूतकालमा
भइसकेका, तथा वर्तमानमा भइरहेका र भविष्यमा हुने सबै प्राणीहरुलाई त म
जान्दछु; तर मलाई (मेरो भक्त वाहेक) अरु कसैले पनि जान्दैनन् ।
'वेदाहं
समतीतानि …… मां तु वेद न कश्चन' -- यहाँ भगवानले प्राणीहरुकोलागि भूत,
वर्तमान र भविष्यकालको तीन विशेषण दिनुभएको छ; परन्तु आफ़्नोलागि 'अहंवेद'
पदहरुले खालि वर्तमानको मात्रै प्रयोग गर्नुभएको छ । यसको तात्पर्य,
भगवानको दृष्टिमा भूत, भविष्य र वर्तमान -- यी तीनै कालहरु वर्तमान नै हुन्
।अतः चाहे भूतका प्राणी हुन्, चाहे भविष्यका प्राणी हुन् अथवा वर्तमानका
प्राणी हुन् -- सबै भगवानको दृष्टिमा वर्तमान नै हुनाले भगवान सबैलाई
जान्नुहुन्छ । भूत, भविष्य र वर्तमान -- यी तीनै कालहरु प्राणीहरुका
दृष्टिमा छन्, भगवानका दृष्टिमा छैनन् । सिनेमा हेर्ने मान्छेकोलागि भूत,
वर्तमान र भविष्यको भेद रहन्छ, तर सिनेमाको फिल्ममा सबै वर्तमान नै हो,
त्यस्तै प्राणीहरुको दृष्टिमा भूत, वर्तमान र भविष्यकालको भेद रहन्छ, तर
भगवानको दृष्टिमा सबै वर्तमान नै रहन्छ । कारण, सम्पूर्ण प्राणी कालका
अन्तर्गत छन् र भगवान कालदेखि अतीत हुनुहुन्छ । देश, काल, वस्तु, व्यक्ति,
घटना, परिस्थिति आदि वदलिइरहन्छन् र भगवान हरदम जस्ता को तस्तै रहनुहुन्छ ।
काल अन्तर्गत आएका प्राणीहरुको ज्ञान सीमित हुन्छ र भगवानको ज्ञान असीम छ ।
ती प्राणीहरुमा पनि कसैले योगको अभ्यास गरेर उनीहरुको ज्ञान वढाए उनीहरु
'युञ्जान योगी' हुने छन् र जुन वेला जुन वस्तु जान्न चाहन्छन, त्यो वस्तु
उनीहरु जान्दछन् । परन्तु भगवान त 'युक्त योगी' हुनुहुन्छ अर्थात् योगको
अभ्यास नगरिकन नै उहाँ सम्पूर्ण जीवहरुको र सम्पूर्ण संसार सबै समयमा स्वतः
जान्नुहुन्छ ।
भूत,
वर्तमान र भविष्यका सबै जीव नित्य-निरन्तर भगवानमा नै रहन्छन्, भगवानवाट
कहिले छुट्टिनै सक्तैनन् । ती जीवहरुवाट छुट्टिने ताकत भगवानमा पनि छैन ।
अतः प्राणी जहाँ रहे पनि भगवानको दृष्टिवाट छुट्टिन सक्तैनन् ।
'मां
तु वेद न कश्चन' को तात्पर्य, यो भन्दा पहिलो श्लोकमा वर्णन गरिएको मूढ़
समुदाय मध्ये मलाई कोही पनि जान्दैनन् अर्थात् जो मलाई अज र अविनाशी
जान्दैनन्, ती मलाई साधारण मनुष्य जस्तो जन्मने-मर्ने मान्छन्, ती मूढ़हरुमा
कसैले पनि मलाई जान्दैनन्, तर म ती सबैलाई जान्दछु ।
वत्तिको
डोरी ढोकामाथि झुण्डयाउँदा भित्रकाहरुले वाहिरकालाई पूर्णतया देख्न
सक्छन्, तर वाहिरकाहरु चाहिँ ढोकामा झुण्डिएको डोरी मात्रै देख्न सक्छन् ।
यसै गरी योगमायारूपी डोरीले राम्रोसँग ढाकिएको हुँदा मूर्ख मनुष्यहरु
भगवानलाई जान्दैनन्, तर भगवान सबैलाई देख्नुहुन्छ ।
यहाँ
शंका हुन्छ, भगवानले भविष्यमा हुने सबै प्राणीहरुलाई जान्नुहुन्छ भने को
मुक्त हुन्छ र को बन्धनमा रहन्छ भन्ने कुरो त जानिहाल्नु हुन्छ; किनकि
भगवानको ज्ञान नित्य छ । त्यसो भए भगवान जसको मुक्ति चाहनुहुन्छ,
तीनीहरुको त मुक्ति भइहाल्छ र जसलाई बन्धनमा छन् भन्ने जान्नुहुन्छ उनीहरु
बन्धनमा नै रहन्छन् । भगवानको यो सर्वज्ञताले त मनुष्यको मुक्ति परतन्त्र
भयो, मनुष्यको प्रयत्नसाध्य रहेन ।
यसको
समाधान हो, भगवानले आफ्नो तर्फवाट मनुष्यलाई अन्तिम जन्म दिनुभएको छ । यो
अन्तिम जन्ममा मनुष्य आफ्नो उद्धार गरोस् या पतन गरोस् -- यो उसमा नै
निर्भर रहन्छ । उसको उद्धार या पतनको निर्णय भगवान गर्नुहुन्न ।
यही
अध्यायमा केही अघि मात्रै भगवानले भनिसक्नु भयो, धेरै जन्महरुपछिको यो
अन्तिम मनुष्य जन्ममा 'सबै वासुदेव नै हो' भनेर मेरो शरण लिने महात्मा पाउन
वडो दुर्लभ (गाह्रो) छ । यसको तात्पर्य, मनुष्य शरीरमा सम्पूर्ण
प्राणीहरुलाई यो स्वतन्त्रता छ, उनीहरु आफ्नो अनन्त जन्महरुको संचित
कर्महरुको नाश गरेर भगवान प्राप्त गर्न सक्छन्, आफ्नो मुक्ति गर्न
सक्छन् ।
यदि
हामीले कुन प्राणी कुन गतिमा जान्छ भन्ने भगवानको संकल्प हुन्छ भन्ने
मान्छौं भने आफ्नो उद्धार गर्न मनुष्यलाई स्वतन्त्रता नै रहने थिएन र
'यस्तो गर, यस्तो नगर' भन्ने भगवान, शास्त्र, सन्त र गुरुहरुको उपदेश वचन
पनि व्यर्थ हुन्थ्यो । यो वाहेक 'जुन सुकै मनुष्य जुन जुन
देवताको उपासना गर्न चाहन्छ, ती ती देवता प्रति म उसको श्रद्धा दृढ
गराइदिन्छु' र अन्तमा मनुष्य जुन जुन भाव स्मरण गरेर शरीर छोड्छ, उसलाई
त्यही त्यही शरीर प्राप्त हुन्छ' भन्ने उपासना र अन्तकालीन स्मरणको
स्वतन्त्रता पनि हुने थिएन । यो स्वतन्त्रता भगवानले सबै मनुष्यलाई
दिनुभएको छ ।
विना
कारण कृपा गर्ने प्रभुले जीवलाई मनुष्यशरीर दिनुभएको छ । यो मनुष्य
शरीरवाट जीवले आफ्नो उद्धार गर्न सक्छ । गीताको एघारौँ अध्यायमा भगवानले
अर्जुनलाई भन्नुभयो, 'मयैवैते निहता पूर्वमेव निमित्तमामात्रम् भव
सव्यसाचिन्' अर्थात् म द्वारा यी पहिले नै मारिइसकेका छन्, तिमी केवल
निमित्तमात्र वन । त्यस्तै सबै मनुष्यलाई विवेक र उद्धारको पूरा सामग्री
दिएर भगवानले भन्नुभएको छ, तिमी आफ्नो उद्धार गर अर्थात् आफ्नो उद्धारमा
तिमी केवल निमित्तमात्र वन, मेरो कृपा तिमीसँग छ । यो मनुष्य शरीररूपी
डुंगा पाएर मेरो कृपारूपी अनुकूल हावाले भवसागर नतर्ने अर्थात् आफ्नो
उद्धार नगर्ने आत्म हत्यारा हो । गीतामा नै भगवानले भन्नुभएको छ,
परमात्मालाई सबै ठाउँमा समान रूपले परिपूर्ण देख्ने व्यक्ति आफ्नो हत्या
गर्दैन, यसैले ऊ परमात्मा पाउँछ । यसवाट सिद्ध हुन्छ, मनुष्य-शरीर प्राप्त
भएपछि आफ्नो उद्धार गर्ने अधिकार, सामर्थ्य, समझ आदि पूरा सामग्री पाइन्छ ।
यस्तो अमूल्य अवसर पाएर पनि आफ्नो उद्धार नगर्ने, आफ्नो हत्या गर्ने
व्यक्ति नै जन्म-मरणमा जान्छ । यदि यो जीवले मनुष्य-शरीर पाएर शास्त्र र
भगवानको आज्ञा विरुद्ध नचले तथा आफूलाई मिलेको सामग्रीको ठीक-ठीक गरे
उसको मुक्ति स्वतःसिद्ध छ । यसमा कुनै वाधा लाग्न सक्तैन ।
मनुष्यकोलागि
मुख्य कुरो, भगवानले कृपा गरेर दिनुभएको सामर्थ्य, सामग्री म दुरुपयोग
गर्दिन, भगवानको सिद्धान्त विरुद्ध चल्दिन भन्ने अटल निश्चय गर्नु र यो
निश्चयमा अड्नु । यदि आफ्नो असामर्थ्यले कहिले दुरुपयोग भइहाल्यो भने पनि
मनमा जलन पैदा हुनुपर्यो र भगवानलाई भन्नुपर्यो, 'हे नाथ ! मवाट गल्ति भयो,
अव यस्तो गल्ति कहिले पनि गर्ने छैन । हे नाथ! मलाई यस्तो वल दिनुहोस्,
यसवाट म कहिले पनि विचलित नहोउँ । यसो गरे त्यस्तो भूलको प्रायश्चित्त
हुन्छ र भगवानवाट मदत पाइन्छ । मनुष्य असमर्थ दुइ किसिमले हुन्छ, एउटा
हुन्छ, ऊ गर्नै सक्तैन; जस्तो -- कसैको नोकरीमा मालिकले कामदारलाई तिमी यो
घरलाई उठाएर एक कोश पर लगेर राख भन्यो भने कामदारले त्यो काम गर्न सक्तैन ।
अर्को असामर्थ्य हुन्छ, उ गर्न त सक्छ, गर्न पनि चाहन्छ, तैपनि ऊ प्रमादवश
समयमा त्यो काम गर्न सक्तैन । यस्तो असामर्थ्य साधकमा आइ नै रहन्छ । यसलाई
हटाउन साधकले भगवानसँग भन्ने, 'हे नाथ ! म यस्तो प्रमाद फेरि कहिले नगरौं,
यस्तो शक्ति मलाई दिनुहोस् ।'
भगवानले
नै दिनुभएको स्वतन्त्रताको कारण भगवान यस्तो संकल्प कहिले पनि गर्न नै
सक्नुहुन्न, जीवको कति जन्म हुने भनेर । यति मात्रै होइन, चर-अचर अनन्त
जीवहरुकोलागि पनि भगवान उनीहरुको कति जन्म हुन्छ भनेर संकल्प गर्नै
सक्नुहुन्न । अर्को कुरो, मनुष्य वाहेक अरु प्राणीहरुको पछाडि कर्म-फलहरुको
ताँती लागेको हुन्छ । यसो हुँदा उनीहरु वारम्वार जन्मने र मर्ने
गरिरहन्छन् । यस्तो परम्परामा परेका जीवहरु मध्ये कुनै जीव कुनै कारणले
मनुष्यशरीरमा अथवा कुनै अन्य योनिमा पनि प्रभुको चरणको शरण हुन्छ भने भगवान
उसको अनन्त जन्महरुको पाप नष्ट गरिदिनुहुन्छ ।
यहाँ
अर्को शंका हुन सक्छ, भगवान सबै जीवहरुलाई जान्नुहुन्छ भने उहाँले बद्ध
ठानेको जीव बद्ध नै रहला र उहाँले मुक्त ठानेको जीव मुक्त नै होला; किनकि
उहाँको ज्ञान नित्य छ । यो शंका वस्तुतः संसारलाई सत्ता र महत्तालाई लिएर
हाम्रो दृष्टिमा छ । वास्तवमा भगवान र महात्मा -- दुबैको दृष्टिमा संसार छैन, खालि भगवान मात्रै हुनुहुन्छ -- 'वासुदेवः सर्वम्' ।
हामीले नै अज्ञानले गर्दा संसारलाई सत्ता र महत्ता दिइरहेका छौं । यसैले
भगवान हाम्रो भाषामा भूत, वर्तमान र भविष्यको कुरा भन्नुहुन्छ । उहाँले
हाम्रो भाषामा वोलेनौं भने हामीले कसरी बुझ्ने ?
भगवानको
ज्ञान नित्य छ । सबै कुरो भगवान ज्ञान अन्तर्गत छ । उहाँको ज्ञान वाहिर
केही पनि छैन । भगवानको ज्ञान उहाँ सिवाय अरु केही छैन -- 'मत्तः परतरं
नान्यत्किञ्चिदस्ति' । जीवले अहम् को कारण (अज्ञानले) जगतलाई धारण
गरिराखेको छ -- ययेदम् धार्यते जगत' । अतः बन्धन र मोक्ष जीवले वनाइएको हो
। तत्वले न बन्धन छ, न मोक्ष, खालि परमात्मा मात्रै छ ।
No comments:
Post a Comment