No. 237
भगवानका
सृष्टि-रचनारूप कर्म वास्तवमा 'अकर्म' नै हुन् । भगवानले भन्नु पनि भएको छ
-- 'तस्य कर्तारपि मां विद्ध्यकर्तारमव्ययम्' 'त्यो सृष्टि-रचनाको कर्ता
हुँदा पनि म अव्यय परमेश्वरलाई तिमी अकर्ता नै जान, बुझ ।
अव आठौँ अध्याय शुरु हुन्छ ।
अर्जुनले भने
श्लोक १, २
हे
पुरुषोत्तम ! त्यो ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत
कसलाई भनिएको छ ? र अधिदैव कसलाई भनिन्छ ? यहाँ अधियज्ञ को हो ? र (त्यो
अधियज्ञ) यो देहमा कसरी छ ? हे मधुसूदन ! वशीभूत अन्तःकरण भएको मनुष्यले
हजुर अन्तकालमा कसरी जानिनु हुन्छ ?
'पुरुषोत्तम किं तदब्रह्म' -- हे पुरुषोत्तम ! यो ब्रह्म के हो अर्थात् 'ब्रह्म' शब्दले के बुझ्नु पर्छ ?
'किमध्यात्मम्' -- 'अध्यात्म' शब्दले हजुरको के अभिप्राय हो ?
'किं कर्म' -- कर्म के हो अर्थात् 'कर्म' शब्दसँग हजुरको के भाव छ ?
'अधिभूतम् च किं प्रोक्तम्' -- हजुरले भन्नुभएको 'अधिभूत' शब्दको तात्पर्य के हो ?
'अधिदैवं किमुच्यते' -- 'अधिदैव' कसलाई भन्छन् ?
'अधियज्ञ कथं कोत्र देहेस्मिन्' -- यो प्रकरणमा 'अधियज्ञ शब्दले कसलाई लिने ? यो 'अधियज्ञ' यो देहमा कसरी छ ?
'मधुसूदन
प्रयाण काले च कथं ज्ञेयोसि नियतात्मभिः -- हे मधुसूदन ! वशीभूत अन्तःकरण
भएका अर्थात् संसारवाट सर्वथा हटेर अनन्यभावले केवल हजुरमा नै लागेका
व्यक्तिहरु द्वारा अन्तकालमा हजुर कसरी जानिनु हुन्छ ? अर्थात् उनीहरु
हजुरको कुन रुप जान्दछन् र कुन प्रकारले जान्दछन ?
श्रीभगवानले भन्नुभयो
श्लोक ३
परम अक्षर ब्रह्म हो (र) परा प्रकृति (जीव)लाई अध्यात्म भन्छन् । प्राणीहरुको सत्ता प्रकट गर्ने त्यागलाई कर्म भनिन्छ ।
'अक्षरं
ब्रह्म परमम्' -- परम अक्षरको नाम ब्रह्म हो । गीतामा 'ब्रह्म' शब्द
प्रणव, वेद, प्रकृतिको पनि वाचक हो, तैपनि यहाँ 'ब्रह्म' शब्दसँग 'परम' र
'अक्षर' विशेषण दिंदा यो शब्द सवोपरि, सच्चिदानन्दघन, अविनाशी,
निर्गुण-निराकार परमात्माको वाचक हो ।
'स्वभावोध्यात्ममुच्यते'
-- त्यसो त आत्मालाई लिएर गरिने वर्णन पनि अध्यात्म हो; अध्यात्म मार्गमा
भएको मार्गको वर्णन पनि अध्यात्म हो र यो आत्माको विद्या पनि अध्यात्म हो ।
परन्तु यहाँ 'स्वभाव' विशेषणसँगको 'अध्यात्म' शब्द आत्माको अर्थात् जीवको
हुनुपनाको (स्वरूपको) वाचक हो ।
भूतभावोदभवकरो
विसर्गः कर्मसंगितः' -- देखिनमा आउने स्थावर-जंगम समस्त प्राणीहरु
उनीहरुको भाव अथवा हुनुपनालाई प्रकट गर्ने विसर्ग अथवा त्यागलाई कर्म
भन्छन् ।
महाप्रलयमा
प्रकृतिको अकृय अवस्था हुन्छ तथा महासर्गमा प्रकृतिको सकृय अवस्था हुन्छ ।
यो सकृय अवस्थाको कारणले भगवानको संकल्प हो, 'म एउटा नै धेरै रुपहरु होउँ।
' यही संकल्पले सृष्टिको रचना हुन्छ । तात्पर्य हो, महाप्रलयमा अहंकार र
संचित कर्महरु सहित प्राणीहरु प्रकृतिमा लीन हुन्छन् र ती प्राणीहरु सहित
प्रकृति एक किसिमले परमात्मामा लीन हुन्छ । त्यो लीन भएको प्रकृतिलाई विशेष
क्रियाशील गर्न केही अघि वर्णित भगवानको संकल्प नै विसर्ग अर्थात् त्याग
हो । भगवानको यो संकल्प नै कर्महरुको आरम्भ हो । यही आरम्भवाट नै
प्राणीहरुको कर्म-परम्परा चल्छ । कारण, महाप्रलयमा प्राणीहरुको कर्महरु
वन्दैनन्, त्यसमा प्राणीहरुको सुषुप्त अवस्था रहन्छ । महासर्गको आदिवाट
कर्महरु शुरु हुन्छन् ।
चौधौं
अध्यायमा आएको छ -- परमात्माको मूल प्रकृतिको नाम 'महद्ब्रह्म' हो । त्यो
प्रकृतिमा लीन भएका जीवहरुलाई प्रकृतिसँग विशेष सम्बन्ध गराइदिने अर्थात्
जीवहरुलाई आफ्नो आफ्नो कर्महरुको फलस्वरूप शरीरहरुसँग सम्बन्ध गराइदिनु नै
परमात्मा द्वारा प्रकृतिमा गर्भ-स्थापन गर्नु हो । तिनमा पनि छुट्टा छुट्टै
योनिहरुमा तरह-तरहका पैदा हुने सबै शरीरहरुको उत्पत्तिमा प्रकृति हेतु छ र
तिनीहरुमा जीवरूपले भगवानको अंश छ -- 'ममैवांशो जीवलोके' । यसरी प्रकृति र
पुरुषको अंशले सम्पूर्ण प्राणीहरु पैदा हुन्छन् ।
तेर्हौं
अध्यायमा भगवानले भन्नुभएको छ कि उत्पन्न भएका समस्त स्थावर-जंगम
प्राणीहरु सबै क्षेत्र (प्रकृति)र क्षेत्रज्ञ (पुरुष) को संयोगले नै
हुन्छन् । क्षेत्र-क्षेत्रज्ञको विशेष संयोग अर्थात् स्थूलशरीर धारण गराउन
भगवानको संकल्प-रुप विशेष सम्बन्ध नै स्थावर-जंगम प्राणीहरुको स्थूलशरीर
पैदा गर्ने कारण हो । त्यो संकल्प हुनमा भगवानको कुनै अभिमान छैन, तर
जीवहरुका जन्म-जन्मान्तरहरुका कर्म-संस्कार महाप्रलयमा परिपक्क भएर जव फल
दिन उन्मुख हुन्छन्, त्यो वेला भगवानको संकल्प हुन्छ । यसरी जीवहरुको
कर्महरुको प्रेरणाले भगवानमा 'म एउटा नै धेरै होउँ' भन्ने संकल्प हुन्छ ।
सम्पूर्ण
मनुष्य द्वारा हुने विहित र निषिद्ध क्रियाहरुको नाम 'कर्म' हुन्
।तात्पर्य, मुख्य कर्म त भगवानवाट भएको संकल्प हो त्यसपछि कर्म-परम्परा
चल्छ ।
स्वभावोध्यात्ममुच्यते'
-- 'परा प्रकृति' भगवानको स्वभाव हो -- प्रकृतिम् विद्धि मे पराम्' ।
प्रकृति भनौं, स्वभाव भनौ, यौटै कुरो हो । यो परा प्रकृति अर्थात् जीव नै
'अध्यात्म' नामले भनिएको हो । यसैलाई भगवानले आफ्नो अंश पनि वताउनु भएको
हो -- 'ममैवांशो जीवलोके'।
'स्वभावोध्यात्ममुच्यते'को
अर्को अर्थ छ, वालक, जवानी र वृद्धावस्थामा, जाग्रत, स्वप्न र सुषुप्तिमा,
चौरासी लाख योनिहरुमा, सर्ग र प्रलयमा, महासर्ग र महाप्रलयमा पनि जीवको
कहिले पनि अभाव हुँदैन -- 'नाभावो विद्यते सतः' अर्थात् यसको आफ्नो भाव
(सत्ता या हुनुपना) सँधै विद्यमान रहन्छ ।
सृष्टि-रचनारुप
कर्मको 'त्याग' भन्नुको तात्पर्य, यसमा स्थिरताको त्याग छ । कारण, तत्व
स्थिर, अचल छ र त्यो स्थिरताको त्याग नै कर्म हो ।
भगवानको
सृष्टि-रचनारूप कर्म नै आदि कर्म हो । यही आदि कर्मवाट कर्महरुको परम्परा
चलेको छ । अतः 'कर्म' अन्तर्गत तीन प्रकारका कर्म आउँछन् -- (१) सृष्टिको
रचना (२) फलजनक नहुने सम्पूर्ण क्रियाहरु र (३) पाप-पुण्य (शुभाशुभ कर्म);
यी कर्महरु फलजनक हुन्छन् ।
No comments:
Post a Comment