Saturday 31 May 2014

75. No. 48 श्लोक ५५ हे पृथानन्दन ! जुन वेला साधक मनमा आएका सम्पूर्ण कामनाहरुलाई भलिभाँती त्याग गरिदिन्छ,

No. 48 
 
भगवानले भन्नुभयो ।
 
श्लोक ५५ 
 
हे पृथानन्दन ! जुन वेला साधक मनमा आएका सम्पूर्ण कामनाहरुलाई भलिभाँती त्याग गरिदिन्छ, आफू आफैंमा सन्तुष्ट रहन सक्छ, त्यो वेला उसलाई 'स्थिरबुद्धि' भनिन्छ ।
 
कामना न त स्वयंमा छ र मनमा नै छ । कामना त आउने-जाने खालको हो र स्वयं निरन्तर रहने हो; त्यसैले स्वयंमा कामना कसरी हुन सक्छ ? मन एउटा करण हो र त्यसमा पनि कामना निरन्तर रहँदैन, वरु यसमा आउने जाने गर्छ । अतः मनमा पनि कामना कसरी हुन सक्छ ? परन्तु शरीर-इन्द्रियहरु-मन-बुद्धिसँग तादात्म्य भएको कारणले मनुष्य मनमा आउने-जाने कामनाहरु आफूमा मानिदिन्छ ।
 
आफ्नो स्वरूपको कहिले त्याग हुँदैन र जोसँग आफ्नो कुनै पनि सम्बन्ध छैन, त्यसको पनि त्याग हुँदैन । जुन आफ्नो होइन तर जसलाई आफ्नो मानिन्छ, त्यसैको त्याग हुन्छ । त्यस्तै कामना पनि आफूमा छैन, तर त्यसलाई आफ्नो मानिएको छ, यही मान्यता नै त्याग गर्ने हो हामीले । यहाँ यो पनि भन्न खोजिएको छ, हामीमा कुनै पनि कामना नरहोस्, कामनाको कुनै पनि अंश वांकी नरहोस् ।
 
जुन वेला सबै कामनाहरुको त्याग हुन्छ, त्यसपछि साधक आफू आफैंमा सन्तुष्ट रहन्छ, उसलाई आफूमा स्वाभाविक सन्तोष हुन्छ ।
 
 
सन्तोष पनि दुई किसिमका हुन्छन्,-- एक सन्तोष गुण हो र एक सन्तोष स्वरूप हो । अन्तःकरणमा कुनै प्रकारको इच्छा नहोस् -- यो सन्तोष गुण हो; स्वयंमा असन्तोषको अत्यंताभाव होस्  -- यो सन्तोष स्वरूप हो । यो स्वरूपभूत सन्तोष स्वतः सर्वदा रहन्छ । यसकोलागि कुनै अभ्यास या विचार गर्नु पर्दैन । स्वरूपभूत सन्तोषमा प्रज्ञा (बुद्धि) स्वतः स्थिर रहन्छ । 
 
हामी जव धेरै शाखाहरु भएका अनन्त कामनाहरुलाई  आफूमा मान्थ्यौं  त्यो वेला पनि वास्तवमा कामनाहरु आफूमा थिएनन् र स्वयं स्थितप्रज्ञ नै थियौं । परन्तु त्यो वेला आफूमा कामनाहरुले गर्दा हाम्रो बुद्धि स्थिर छथिए न, हामीलाई स्थितप्रज्ञ भनिएको छैन  अर्थात् हामीलाई स्थितप्रज्ञको अनुभव भएको छैन । अव हामी सम्पूर्ण कमानाहरुको त्याग गर्न सफल भयौं भने अर्थात् हामीले सम्पूर्ण कामनाहरुलाई हटाइदियौं भने हामी पनि स्थितप्रज्ञ हुनेछौं अर्थात्  हामीलाई आफ्नो स्थितप्रज्ञताको अनुभव हुनेछ ।
 
साधक बुद्धिलाई स्थिर गर्ने कोशीस गर्छ । परन्तु कामनाहरुको सर्वथा त्याग भएपछि बुद्धिलाई स्थिर गर्नु पर्दैन, उसको बुद्धि स्वतः स्वाभाविक स्थिर हुन्छ ।
 
कर्मयोगमा साधकको कर्महरुसँग ज्यादा सम्बन्ध रहन्छ । उसकोलागि योगमा आरूढ़ हुन पनि कर्म कारण छ । यसैले कर्मयोगीको कर्महरुसँग सम्बन्ध साधक अवस्थामा पनि रहन्छ र सिद्धावस्थामा पनि रहन्छ । सिद्धावस्थामा कर्मयोगी द्वारा मर्यादा अनुसार कर्म भइ नै रहन्छ । त्यो सिद्धवाट हुने सबै कर्महरु अरुकोलागि आदर्श हुन्छन् । यही सन्दर्भमा भगवान भन्नुहुन्छ, कर्मयोगी कर्म गर्दा निर्लिप्त रहन्छ र निर्लिप्त रहँदै कर्म गर्छ ।
 
जवसम्म साधकमा कामनाको अंश रहन्छ, त्यो वेलासम्म उसलाई साधक भनिन्छ र जव उसका कामनाहरुको सर्वथा अभाव  हुन्छ, त्यो वेला उसलाई सिद्ध भनिन्छ । यो श्लोकमा स्थितप्रज्ञ पुरुषको पहिले संसारको त्याग हुन्छ, त्यसपछि परमात्मामा स्थिति हुन्छ ।
 
एक विभाग अस्थिर बुद्धि भएकाको छ र एक विभाग स्थिर बुद्धि भएकाको छ । जव साधक सांसारिक रुचि त्यागेर आफ्नो स्वरूपमा स्थित रहन्छ, त्यो वेला ऊ  स्थिर बुद्धि भएको व्यक्ति हुन्छ । परमात्माको उद्देश्य हुने व्यक्तिको एक निश्चय हुन्छ; किनकि परमात्मा पनि एक छ । समताको प्रप्तिकोलागि स्थिर बुद्धिको स्थिरताको निकै आवश्यकता छ कर्मयोगमा । यहाँ अझ भनिन्छ, अलिकति मात्र पनि कामना नरहोस्, कामनाको पूरा त्याग होस्, किनकि कामना नै प्राप्तिमा वाधक छ ।                             

No comments:

Post a Comment