Saturday 31 May 2014

77. No. 50 श्लोक ५७ सबैतिर आसक्तिरहित भएको मनुष्य ती शुभ-अशुभहरु (वस्तु) पाउँदा न त प्रसन्न हुन्छ, न द्वेष नै गर्छ ।

No. 50 
 
श्लोक ५७ 
 
सबैतिर आसक्तिरहित भएको मनुष्य ती शुभ-अशुभहरु (वस्तु) पाउँदा न त प्रसन्न हुन्छ, न द्वेष नै गर्छ । त्यस्तो व्यक्तिको बुद्धि स्थिर हुन्छ ।
 
सबै ठाउँमा स्नेहरहित  मनुष्यकोलागि आफ्नो भनिने शरीर, इन्द्रियहरु, मन बुद्धि, र स्त्री, पुत्र, घर, धन आदि केहीमा पनि लगाव हुँदैन ।
 
वस्तु आदि रहँदा म वनिरहन्छु र तिनीहरु विग्रंदा म विग्रंछु, धन आउँदा म ठूलो हुन्छु, धन नरहँदा म मारिन्छु -- यस्तो किसिमका वस्तु आदिमा भएको स्नेहलाइ 'अभिस्नेह' भन्छन् । स्थितप्रज्ञ कर्मयोगीलाई कुनै पनि वस्तु आदिमा यस्तो अभिस्नेह रहँदैन । वाहिर देखिंदा वस्तु, व्यक्ति, पदार्थ आदिको संयोग रही रहँदा पनि उ भित्रदेखि सर्वथा निर्लिप्त रहन्छ ।
 
जव अहिले वर्णित स्थितप्रज्ञ व्यक्तिको अगाडि शुभ-अशुभ, शोभनीय-अशोभनीय, राम्रो-नराम्रो, अनुकूल-प्रतिकूल परिस्थिति आउँछन्, त्यो वेला उ अनुकूल परिस्थितिमा अभिनन्दित हुँदैन र प्रतिकूल परिस्थितिमा द्वेष गर्दैन ।
 
अनुकूल परिस्थितिमा मनमा जुन प्रसन्नता आउँछ, वाणीवाट  जुन प्रसन्नता प्रकट गरिन्छ, तथा वाहिर पनि उत्सव मनाइन्छ -- त्यस्ता कृयाकलापहरुलाई 'अभिनन्दन' भनिन्छ । त्यस्तै प्रतिकूल परिस्थितिलाई लिएर मनमा जुन दुःख हुन्छ, खिन्नता हुन्छ, मलाइ यो किन र कसरी भयो। यस्तो नभएको भए राम्रो हुन्थ्यो, अव यस्तो परिस्थिति छिट्टै हटे राम्रो हुन्थ्यो भनेर । व्यक्तिमा यस्तो विचार हुनुलाई 'द्वेष' भनिन्छ । तर सर्वत्र स्नेहरहित,निर्लिप्त भएको मनुष्य अनुकूलतामा अभिनन्दन गर्दैन र प्रतिकूलतालाई लिएर द्वेष गर्दैन । तात्पर्य, उसलाई अनुकूल-प्रतिकूल, राम्रो-नराम्रो अवसर प्राप्त भइरहन्छन्, तर ऊ भित्र सँधै निर्लिप्तता रहिरहन्छ ।
 
त्यो स्थितप्रज्ञको बुद्धि प्रतिष्ठित छ, एकरस                         
र एकरूप छ । साधन अवस्थाको  उसको व्यवसायात्मिका बुद्धि अव परमात्मामा अटल-अचल भएको छ । उसको बुद्धिमा यो विवेक जाग्रत भएको छ, 'संसारमा राम्रो-नराम्रोसँग मेरो कुनै पनि सम्बन्ध छैन। कारण कि ती राम्रा-नराम्रा अवसर त वदलिन्छन्, तर मेरो स्वरूप वदलिंदैन ।'
 
वास्तवमा हेर्ने हो भने परिस्थितिको फरक न स्वरूपमा पर्छ र न शरीर-इन्दियहरु, मन बुद्धिमा नै पर्छन् । किनभने हाम्रो  आफ्नो स्वरूपमा कहिले पनि  अलिकति पनि कुनै परिवर्तन हुँदैन; र प्रकृति तथा प्रकृतिको कार्य शरीर आदि स्वाभाविक नै वदलिइ रहन्छन् । शरीरसँग तादात्म्य भएको कारण यस्तो फरक त बुद्धिमा नै पर्छ । जव यस्तो तादात्म्य मेटिन्छ, तव बुद्धिमा भएको फरक पनि हराउँछ, अनि बुद्धि प्रतिष्ठित हुन्छ ।
 
यहाँ विचारणीय कुरो, कसैको बुद्धि जति नै तीखो भए पनि, आफ्नो बुद्धिले परमात्माको विषयमा जति नै विचार गरे पनि उसले परमात्मालाई आफ्नो बुद्धि अन्तर्गत ल्याउन सक्तैन । किनकि बुद्धि सीमित छ, तर परमात्मा त असीमित र अनन्त हुनुहुन्छ । तर त्यो असीम परमात्मामा जव हाम्रो बुद्धि लीन हुन्छ, त्यो वेला त्यही सीमित बुद्धिमा परमात्मा सिवाय अर्को कुनै सत्ता नै रहँदैन -- यसैलाई बुद्धि परमात्मामा लीन हुने भनिएको हो ।
 
कर्मयोगी क्रियाशील हुन्छ । यही कारण ऊ सिद्धि-असिद्धिमा क्रियारहित र उद्वेगरहित हुन सक्छ अनुकूल र प्रतिकूल परिस्थिति आउँदा पनि अनुकूल परिस्थितिको अभिनन्दन गर्दैन र प्रतिकूल परिस्थितिको द्वेष गर्दैन ।         

No comments:

Post a Comment