Wednesday 25 June 2014

101. No. 70 प्रिय मित्रहरु म हालै केही दिनअघिदेखि Park Villege Hotel,

No. 70
प्रिय मित्रहरु
म हालै केही दिनअघिदेखि Park Villege Hotel, बुढानीलकण्ठमा  स्वामी अनुभवानन्द सरस्वतीद्वारा संचालित आध्यात्मिक क्याम्पमा छु । यहाँ विहान ७ वजे देखि ८ वजेसम्म meditation गराइन्छ, ९.३० देखि १०.३० सम्म र ११.३० देखि १२.३० सम्म कैवल्योपनिषदको व्याख्या हुन्छ । यहाँ  मेरो जीवन अति शान्तपूर्ण तरिकाले वितिहरेछ अर्थात् मैले जे धेरै अघिदेखि गरिरहेको आध्यात्मिक साधनामा धेरै वल पुगिरहेछ मलाई । मैले पहिले हजुरहरुलाई लेखिरहेको theme पनि यही हो, हाम्रो जन्मको सबभन्दा महत्वपूर्ण कार्य नै ईश्वरप्राप्ति हो । वेदान्त अनुसार, ईश्वर चिन्ने पनि ईश्वर आफूलाई भिन्न मानेर होइन, अभिन्न मानेर चिन्ने । यही नै हाम्रो जीवनको लक्ष्य हुनुपर्छ हाम्रा । हाम्रा समस्त आध्यात्मिक साधनहरु पनि यहीं आएर टुंगिन्छन् । अहिले लाग्छ, सबभन्दा कठिन र सबभन्दा सरल काम नै आफूले आफूलाई चिन्ने रहेछ । यही सारा विधि विचान, सारा प्रपन्च ईश्वर प्राप्तिमा अड्चन रहेछन् ।
 म भोलि यही group सँग मनकामना र पोखरा हुँदै मुक्तिनाथ जाँदै छु । यही आइतवार विहान घर फर्कने कार्यक्रम छ मेरो । त्यसपछि हजुरहरुसँग सम्पर्कमा आउने नै छु ।
हजुरहरुको

No comments:

Post a Comment