No. 69
श्लोक ९
यज्ञको निमित्त गरिएका र गरिने कर्महरु वाहेक अरु कर्ममा लागेका व्यक्तिहरु वान्धिन्छन् । यही कारण, हे अर्जुन ! तिमी आसक्तिरहित भएर यज्ञ निमित्त नै सबै कर्म गर ।
यो श्लोकमा नयाँ विषय आयो -- यज्ञ । साधारण दृष्टिले यज्ञ भन्नाले हाम्रो समझमा आउने -- हाम्रो घरमा चाडवाडमा गरिने होम हुन् । तर शास्त्र यज्ञको विस्तृत व्याख्या गर्छ । वास्तविक यज्ञको अर्थ हो -- ईश्वरार्पण बुद्धि ।
हामीले गरेका जुनसुकै चिन्तन, क्रियाकलापहरु समष्टि परमात्मालाई दृष्टिगत भएर गरिएका हुनु पर्छ । कर्म भन्दा, साधारण व्यक्ति हाम्रा हात, खुट्टाले कर्मलाई मात्रै लिन्छ । हाम्रा शरीर भन्नाले तीनै शरीरहरु --स्थूल, सूक्ष्म र कारणलाई लिनुपर्छ । पहिला दुई शरीरहरूका कारण त अज्ञान भैहाल्यो, सूक्ष्म शरीरद्वारा हुने चिन्तन पनि कर्म अन्तर्गत नै आउँछन् ।

भगवानको आदेश छ यहाँ, यज्ञ भावना
विना भएका कर्महरु मनुष्यहरूलाई बन्धनमा पार्छन् । यज्ञ भन्दा पूजापाठ,
परमात्मा सम्बन्धी कर्म मात्रै सम्झनु हुँदैन हामीले । आफ्ना दैनिक जीवनमा,
व्यवहारमा पर्ने समस्त, जीवन चलाइने जागीर, आदिमा पनि लगाउनु पर्छ यो नियम
। अर्को शब्दमा, हाम्रा कर्मेंद्रियहरु, मन, बुद्धिद्वारा हुने सम्पूर्ण
कर्म नै ईश्वरार्पण हुनुपर्ने भयो । अर्थात्, पहिले हाम्रो बुद्धि
ईश्वार्पण हुनु पर्यो । यसो हुँदा हाम्रो कर्मले हामीलाई नवाँध्ने भयो ।
वाँधने भनेको हाम्रो कर्मवाट हामीलाई दुःख नहुने नहुने भयो । दुःख भनेको
कुनै ठोस पदार्थ नभई हाम्रै मनको मान्यता मात्रै हो । कुनै व्यक्तिलाई
चुरोट पिउँदा सुख हुन्छ भने अर्को व्यक्तिलाई त्यही चुरोट पिउँदा दुःख
हुन्छ । कसैलाई दुःख दिने व्यक्तिलाई दुःख पर्यो भने त्यो व्यक्तिवाट दुःख
पाएको व्यक्तिलाई सुख हुन्छ, तर त्यही व्यक्तिले अरु कसैलाई सुख दिएको छ
भने त्यो सुख दिने व्यक्तिले दुःख पाउँदा दुःख हुन्छ । यसवाट थाहा हुन्छ,
सुखदुःख नै छंदै छैन ।
यही परिप्रेक्ष्यमा शास्त्र भन्छ,
तिमीलाई कसैले सुख पनि दिन सक्तैन, कसैले दुःख पनि दिन सक्तैन । यस्तो
विचार गर्ने व्यक्तिलाई 'कुबुद्धि' भनिन्छ । 'मैले गरें र म गर्छु' भन्नु त
वृथाभिमान नै हो । सबै प्राणीहरु आफूले गरेका कर्महरुवाट वाँधिएका छन् ।
कहिले कहिले त अचम्म लाग्छ, हामीले
कस्तो सोचिरहेका रहेछौं र शास्त्रले के भनिरहेछ । शास्त्रको उपदेश र हाम्रा
कर्महरु कति उल्टा भइरहेका रहेछन् । हाम्रा यस्तै उल्टा ज्ञानहरुलाई
सुल्टो गराउनु छ हामीले । यही नै हाम्रो आध्यात्मिक साधना रहेछ । धेरै चोटी
भनिसकियो, यो साधना कठिन होला, असम्भव छैन ।
No comments:
Post a Comment