Friday 26 December 2014

Gita: Chapter 7: Slok 3 - श्लोक ३ हजारौं मनुष्यहरूमा कुनै (एउटा) सिद्धि (कल्याण)को लागि यत्न गर्छ र

No. 201

श्लोक ३ 

हजारौं मनुष्यहरूमा कुनै (एउटा) सिद्धि (कल्याण)को लागि यत्न गर्छ र ती यत्न गर्ने सिद्धहरुमा पनि कुनै एउटाले मात्रै मलाई यथार्थरूपले जान्दछ ।

'मनुष्याणाम् सहस्रेषु कस्चिद्यतति सिद्धये ' -- हजारौं मनुष्यहरुमा कुनै एउटा मात्रै मेरो प्राप्तिकोलागि यत्न गर्छ । तात्पर्य, मनुष्यपना भएको अर्थात् पशुहरु जस्तो खाने-पिउने र ऐश-आराम मात्रै नगर्ने व्यक्तिहरु नै वास्तवमा मनुष्य हुन् । ती मनुष्यहरुमा पनि नीति र धर्म अनुसार व्यवहार गर्ने मनुष्य हजारौं छन् । ती हजारौं मनुष्यहरुमा पनि कुनै एउटा मात्रै सिद्धिकोलागि यत्न गर्छ अर्थात् जुन भन्दा वढी कुनै लाभ छैन, जसमा दुःखको लेश पनि छैन र आनन्दको किन्चिन्मात्र पनि कमी छैन, कमीको सम्भावना पनि छैन -- यस्तो स्वतःसिद्ध नित्य तत्वको प्राप्तिकोलागि त्यो साधक यत्न गर्छ । 

परलोकमा स्वर्ग आदि नचाहने र यो लोकमा धन, मान, भोग, कीर्ति आदि नचाहने अर्थात् उत्पत्ति-विनाशशील वस्तुहरुमा नअड्कने र भोगिएका भोगहरुको तथा मान-वड़ाई, आदर-सत्कार आदिको संस्कार रहेकोले ती विषयहरुसँग संग हुँदा, ती विषयहरुमा रुचि भइरहँदा पनि आफ्नो मान्यता, उद्देश्य, विचार, सिद्धान्त आदिवाट विचलित नहुने पुरुष नै सिद्धिकोलागि यत्न गर्छ । यसवाट सिद्ध हुन्छ, परमात्मा प्राप्त हुने सिद्धिकोलागि यत्न गर्ने अर्थात् दृढताले उता लाग्ने वहुत कम मनुष्य हुन्छन् ।

परमात्मा प्राप्ति तर्फ नलाग्नमा कारण हो -- भोग र संग्रहमा लाग्नु । सांसारिक भोग-पदार्थहरुमा केवल आरम्भमा मात्रै सुख देखिन्छ । मनुष्य प्रायः तत्काल सुख दिने साधनहरुमा नै लाग्छ । तिनीहरुको परिणाम के होला -- यसमा उनीहरुको विचार नै जाँदैन । उनीहरुले भोग र संग्रहको वारेमा 'भोग र संग्रहको अन्तमा केही पनि पाइने होइन, रित्तो को रित्तो नै रहिन्छ र ती वस्तु पाउनकोलागि गरिने पाप-कर्महरुको फलस्वरूप चौरासी योनिहरु तथा नरकहरुको रूपमा दुःख नै दुःख पाइन्छ' भन्ने विचार गर्न थाले भने उनीहरु परमात्माको साधनमा लाग्थे होलान् । अर्को कारण,व्यक्तिहरु धेरै जसो सांसारिक भोगहरुमा नै लागिरहन्छन् । ती मध्ये कोही कोही संसारको भोगहरुवाट माथि उठे पनि उनीहरु परलोकको स्वर्ग आदि भोग-भूमिहरु पाउनमा लाग्छन् । परन्तु आफ्नो कल्याण होस्, परमात्माको प्राप्ति होस् -- यस्तो दृढताले विचार गरेर परमात्मातिर लाग्ने व्यक्तिहरु धेरै कम हुन्छन् । इतिहासमा पनि सकाम भावले तपस्या आदि साधन गर्नेहरुको चरित्र नै वढी आउँछ । 

वास्तवमा परमात्मतत्वको प्राप्ति कठिन या दुर्लभ छैन, तर साँचो लगनले तत्परतापूर्वक लाग्ने वहुत कम छन् । यता दृढताले नलाग्नमा संयोगजन्यतिर आकृष्ट हुनु र परमात्मतत्व प्राप्तिकोलागि भविष्यको आशा राख्नु नै मुख्य कारण हो ।

सर्वसाधारण व्यक्तिहरु यो (तेस्रो) श्लोकको तत्व कठिनाताले बुझिने मान्छन् । परन्तु वास्तवमा यो श्लोक तत्वको कठिनाताको विषयमा होइन; किनकि परमात्म-तत्वको प्राप्ति कठिन छैन, तर तत्वप्राप्तिको उत्कट इच्छा उत्कट अभिलाषा हुनु र अभिलाषा पूर्तिको लागि तत्वज्ञ महापुरुष जीवन्मुक्त महापुरुषहरु पाउन दुर्लभ छ, कठिन छ । यहाँ भगवान अर्जुनलाई भन्नुहुन्छ, 'म भन्नेछु, र तिमी जान्नेछौ' ।' अर्जुन जस्तो आफ्नो श्रेयको प्रश्न गर्ने र भगवान जस्तो सर्वज्ञ भन्ने पाउन दुर्लाभ छ । वास्तवमा हेर्दा खालि उत्कट अभिलाषा हुन नै दुर्लभ छ । कारण, अभिलाषा भएपछि त्यसलाई बुझाउने जिम्मेवारी भगवानमा नै आउँछ ।

यहाँ 'तत्वतः' भन्नुको तात्पर्य, ऊ मेरो सगुण-निर्गुण, साकार-निराकार, शिव, शक्ति, गणेश, सूर्य, विष्णु आदि रुपहरुमा प्रकट हुने र समय-समयमा किसिम-किसिमका अवतार लिने मलाई तत्वले जान्दछ अर्थात् उसले जान्ने कुरामा अलिकति पनि सन्देह रहँदैन र उसको अनुभवमा परमात्मतत्व सिवाय संसारको किन्चिन्मात्र पनि सत्ता रहँदैन ।

कर्मयोग, ज्ञानयोग, ध्यानयोग आदि सबै साधनहरुवाट (यत्न गर्दै) सिद्ध भैसकेका ज्ञानी महापुरुषहरुमा पनि 'सबै 
भगवान नै हो' -- यस्तो प्रकारले भगवानको समग्ररूपको यथार्थरूपले अनुभव गर्ने प्रेमी भक्त दुर्लभ छन् ।  
                 
'यततामपि सिद्धानाम्'' -- ती सिद्ध अर्थात् जीवन्मुक्त पुरुष आफ्नो स्थिति (मुक्तावस्था) देखि असन्तुष्ट छन् र उनीहरु भित्र परमप्रेम (अनन्तरस) प्राप्त गर्ने उत्कण्ठा छ, भोक छ । यसैले ब्रह्मसूत्रमा आएको छ -- 'मुक्तोपसृप्यव्यपदेशात्' , त्यो प्रेमस्वरूप भगवान मुक्त पुरुषहरुलाई प्राप्तव्य वताइएको छ' । कारण, मुक्त भएपछि नाशवान् रसको कामना त मेटिन्छ, तर अनन्तरसको भोक मिटदैन । त्यो भोक भगवानको कृपाले जाग्रत हुन्छ । तात्पर्य, भगवानमा श्रद्ध-विश्वास राखेर साधन गर्नेहरुलाई, भित्र भक्तिको संस्कार भएका साधकलाई भगवान ज्ञानमा सन्तुष्ट रहन दिनुहुन्न, र उनीहरुको मुक्तिको रस फीका गरिदिनु हुन्छ । 

सिद्ध (मुक्त) त कर्मयोगी, ज्ञानयोगी, ध्यानयोगी सबै हुन सक्छन्, तर भगवानको समग्ररुप जान्ने सबै हुँदैनन् ।अतः 'यततामपि सिद्धानाम्' पदहरूको तात्पर्य हो, उनीहरु यत्न गरी गरी आफ्नो पद्धतिले सिद्ध त भए, तर मेरो समग्ररूप जान्न सकेनन् । कारण, मेरो समग्ररूप पराभाक्तिले जान्न सकिन्छ -- 'भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्वतः।'

'कश्चिन्माम् वेत्ति तत्वतः' -- यहाँ 'माम्' पद समग्रको वाचक हो । भगवानको समग्ररूप भगवानको कृपाले नै जान्न सकिन्छ, विचारले होइन । अर्जुनले पनि गीता सुनेपछि भगवानलाई भने 'हजुरको कृपाले मेरो मोह नष्ट भयो र स्मृति प्राप्त भयो -- नष्टो मोहः स्म्रितिर्लब्धा त्वत्प्रसादात्मयाच्युत' । गाइले आफ्नो वाच्छोलाई दूध खुवाउँदा वाच्छोलाई स्नेहपूर्वक चाट्छ र त्यो वाछोलाई धेरै पुष्टि हुन्छ, जुन पुष्टि दूध मात्रै पिउँदा हुँदैन । त्यस्तै भगवानको कृपाले हुने ज्ञान आफ्नो विचारले हुँदैन; किनकि विचार गर्दा स्वयंको सत्ता रहन्छ । 

केवल निर्गुण जान्ने परमात्मालाई तत्वले जान्दैन, तर सगुण-निर्गुण दुवै (समग्र) जान्ने नै परमात्मालाई तत्वले जान्दछ ।    

कर्मयोगले 'शान्ति ' आनन्द' (शान्ति) प्राप्त हुन्छ; किनकि संसारसँग सम्बन्ध हुँदा नै अशान्ति हुने हो ।कर्मयोगले संसारको सम्बन्ध-विच्छेद भएपछि शान्ति प्राप्त हुन्छ -- 'त्यागाच्छान्तिरनन्तरम्' । ज्ञानयोगले 'अखण्ड आनन्द'को प्राप्ति हुन्छ । अखण्ड आनन्दलाई 'निजानन्द' पनि भन्छन्; किनकि यो आनन्द आफ्नो स्वरूपको आनन्द हो । निजानन्दमा जीवको ब्रह्मसँग सधर्मता हुन्छ, अर्थात् जस्तो ब्रह्म सत्-चित्-आनन्दस्वरूप  हो, त्यस्तै जीव पनि सत्-चित्-आनन्दस्वरूप हुन्छ -- 'मम साधर्म्यमागता:' । निजानन्दको प्राप्ति भएपछि साधक्मा कुनै कमी नरहे पनि भक्तिको संस्कार भएकालाई, भगवानको कृपाको आश्रय लिएकालाई निजानन्दमा सन्तोष हुँदैन । ऊ भित्र 'अनन्त आनन्द'को भोक रहन्छ । यही कारण, भक्तियोगले अनन्त आनन्द पाइन्छ । निजानन्द त अंश (स्वरूप)को आनन्द हो, तर अनन्त आनन्द अंशी (भगवान)को आनन्द हो । वस्तुको आकर्षणमा हुने सुख वस्तुको ज्ञानमा हुँदैन । तर भगवानमा हुने आनन्द संसारको आकर्षणको कारण नभएर निर्दोष प्रेमको कारण हो । कारण, भगवानको अंशी भएकोले जीवमा अंशी (भगवान) को आकर्षण स्वतः छ । 

भगवानको आवश्यकता हामीलाई किन छ ?-- यसमा विचार गर्दा थाहा हुन्छ, हाम्रो कुनै यस्तो आवश्यकता छ, जसलाई हामी न आफू पूरा गर्न सक्छौं र न संसारवाट पूरा गर्न सक्छौं । दुःखको नाश गर्न र परमशान्ति पाउन हामीलाई भगवानको आवश्यकता छैन । कारण, यदि हामीले  कामनाहरु जित्न सक्यौं भने स्वतः हाम्रो दुःखको नाश भएर परमशान्ति प्राप्त हुन्छ अर्थात् हामी मुक्त हुन्छौं ।  परमप्रेम पाउन हामीलाई भगवानको आवश्यकता छ; किनकि हामी भगवानको नै अंश हौँ । 

संसारिक दुःखवाट छुट्न, पराधीनतावाट छुटेर स्वाधीन हुन चाहने मनुष्यलाई मुक्ति हुन्छ । तर संसारको दुःखले दुःखी भएर 'मेरो कोही आफ्नो भए मलाई आफ्नो शरण लिएर, आफ्नो गला मिलाएर मेरो दुःख, सन्ताप, पाप, अभाव, भय, नीरसता हरिदेला' भन्ने विचार गर्ने व्यक्तिलाई भक्ति प्राप्त हुन्छ । तात्पर्य, मनुष्यले यति ठूलो संसारमा, अनन्त ब्रह्माण्डहरुमा कुनै पनि वस्तु आफ्नो होइन, तर जुन वस्तु हाम्रो हो, त्यो सँधै हामीसँग  

No comments:

Post a Comment