Friday 26 December 2014

Gita: Chapter 7: Slok 1 - पहिलो श्लोकको वांकी अंश सत्वगुण, रजोगुण र तमोगुणवाट उत्पन्न हुने किसिम किसिमका भावहरु (प्राकृत पदार्थ र

No. 210 

पहिलो श्लोकको वांकी अंश 

सत्वगुण, रजोगुण र तमोगुणवाट उत्पन्न हुने किसिम किसिमका भावहरु (प्राकृत पदार्थ र क्रियाहरु) सब-का-सब भगवानको शक्ति प्रकृतिवाट नै उत्पन्न हुन्छन् । परन्तु प्रकृति भगवानदेखि अभिन्न भएको कारण यी गुणहरुलाई भगवानले 'मत्त एव' 'मवाट नै हुन्छन्' भन्नुभयो । तात्पर्य, प्रकृति भगवानदेखि अभिन्न हुनाले यी सबै भाव भगवानवाट नै उत्पन्न हुन्छन् र भगवानमा नै लीन हुन्छन्, तर परा प्रकृति (जीवात्मा)ले नै यिनीहरुसँग सम्बन्ध जोड्यो अर्थात् यिनलाई  आफ्नो र आफ़्नोलागि मान्यो । यही नै परा प्रकृतिले जगतलाई धारण गर्नु हो । यसैवाट ऊ (जीवात्मा) जन्मी मरिरहन्छ । अव त्यो बन्धनको निवारणकोलागि यहाँ भनिन्छ, सात्विक, राजस र तामस सबै भाव मवाट नै हुन्छन् । यही रीतिले दसौं अध्यायमा भनिएको छ -- 'भवन्ति भावा भूतानाम् मत्त एव पृथग्बिधा:' अर्थात् प्राणीहरुको भिन्ना-भिन्नै प्रकारका (बीस) भाव मवाट नै उत्पन्न हुन्छन: र 'अहं सर्वस्य प्रभवो मत्त सर्वं प्रवर्तते' अर्थात् सबैको प्रभव म हुँ र सबै मवाट प्रवृत्त हुन्छन् । पन्ध्रौँ अध्यायमा पनि भगवानले भन्नुभएको छ, -- 'मत्तः स्मृतिर्ज्ञानमपोहनं च' । जव सबै परमात्मावाट नै उत्पन्न हुन्छन् भने मनुष्यको ती गुणहरुसँग कुनै सम्बन्ध नै छैन । आफूसँग गुणको सम्बन्ध नमाने यो मनुष्य बाँधिदैन अर्थात् ती गुण उसकोलागि जन्म-मरणको कारण वन्दैनन् ।

गीतामा भक्तिको वर्णन भएको ठाउँमा भगवान भन्नुहुन्छ, सबै म नै हुँ -- 'सदसच्चाहमर्जुन' र अर्जुन पनि भगवानलाई भन्छन् कि हजुर सत् पनि हुनुहुन्छ र असत् पनि हुनुहुन्छ तथा ती (सत् र असत् देखि पर (श्रेष्ठ) पनि हुनुहुन्छ -- 'सदसत्तत्परं यत्' । ज्ञानी (प्रेमी) भक्तलाई पनि भगवान भन्नुहुन्छ, उसको दृष्टिमा वासुदेव मात्रै छ -- 'वासुदेवः सर्वम्' । कारण, भक्तिमा श्रद्धा र मान्यताको मुख्यता हुन्छ तथा भगवानमा दृढ अनन्यता हुन्छ । भक्तिमा अन्यको अभाव हुन्छ । भक्तलाई भगवान सिवाय अरु कुनै देखिंदै देखिंदैन, केवल भगवान मात्रै देखिनु हुन्छ । 

गीतामा आएको ज्ञानको वर्णनमा भगवान वताउनु हुन्छ, सत् र असत् -- दुवै अलग अलग छन् -- 'नासतो विद्यते भावो नाभावो विद्यते सतः' । ज्ञानमार्गमा शरीर-शरीरी, देह-देही, क्षेत्र-क्षेत्रज्ञ, प्रकृति-पुरुष -- दुवै छुट्टा छुट्टै जान्ने कुरा धेरै चोटी आएको छ; जस्तो, -- 'प्रकृतिम् पुरुषम् चैव विद्यनादि उभावपि' 'क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानम्', क्षेत्रक्षेत्रज्ञसंयोगात्', 'क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं ज्ञानचक्षुषा' । कारण, ज्ञानमार्गमा विवेकको प्रधानता हुन्छ । अतः त्यहाँ नित्य-अनित्य, अविनाशी-विनाशी आदिको विचार हुन्छ र फेरि आफ्नो स्वरूप निर्लिप्त छ भन्ने बोध हुन्छ ।

साधक्मा श्रद्धा र विवेक -- दुवै रहनु पर्छ । भक्तिमार्गमा श्रद्धाको मुख्यता हुन्छ र ज्ञानमार्गमा विवेकको मुख्यता हुन्छ ।यस्तो हुँदा पनि भक्तिमार्गमा विवेकको र ज्ञानमार्गमा श्रद्धाको अभाव छैन । भक्तिमार्गमा मान्छन्, सात्विक, राजस, र तामस भाव भगवानवाट नै हुन्छन् (सातौँ अध्यायको वारहौं श्लोक) र ज्ञानमार्गमा मान्छन्, सत्व, रज र तम -- ती तीनै गुण प्रकृतिवाट नै हुन्छन् -- 'सत्वं रजस्तम इति गुणा: प्रकृति सम्भवा:'। दुवै थरीका साधक आफूमा निर्विकारता मान्छन् कि गुण आफ़्ना हैनन् र दुवैले एकै तत्व प्राप्त गर्छन् , त्यहाँ न द्वैत भन्न सकिन्छ, न अद्वैत; न सत् भन्न सकिन्छ न असत् । 

भक्तिमार्गका साधक भगवानसँग अभिन्न भएर प्रकृतिसँग सर्वथा रहित हुन्छ र ज्ञानमार्गका साधक प्रकृति एवं पुरुषको विवेक गरेर प्रकृतिसंग विल्कुल असम्बद्ध आफ्नो स्वरूपको साक्षात् अनुभव गरेर प्रकृतिसँग सर्वता सम्बन्धरहित हुन्छ |

'मत्तःपरतरं नान्यत् किञ्चिदस्ति' को विस्तार गर्दै भगवानले  अघिका चार श्लोकमा भनेका र नभनेका सबै कुराको उपसंहार यो श्लोकमा गरिदिनुभएको छ । भगवान भन्नुहुन्छ, सम्पूर्ण, सात्विक, राजस र तामस भाव मवाट उत्पन्न हुन्छन्, मवाट नै सत्ता-स्फुर्ति पाउँछन् तथापि यी ममा छैनन् र यिनमा म छैन अर्थात् सबै म-नै-म छु । अतः मेरो प्राप्ति चाहने साधकको दृष्टि यी भावहरुतर्फ नभएर मतर्फ नै रहनुपर्छ । यदि साधक यी भावहरुमा अल्झिन्छ भने ऊ कहिले पनि मुक्त अथवा भक्त हुन सक्तैन।
  
भगवानवाट उत्पन्न भएको कारण, यहाँ सात्विक, राजस र तामस गुणहरुलाई 'भाव' नामले भनिएको छ । तात्पर्य, भगवान भाव (सत्ता) रूप हुनुहुन्छ , अतः उहाँवाट भाव नै उत्पन्न हुनेछ, अभाव कसरी उत्पन्न होला ? भगवानवाट उत्पन्न यी सबै भगवानका नै स्वरूप हुन् -- 'भवन्ति भावा भूतानाम् मत्त एव पृथग्विधा:।'  तात्पर्य, शरीर-इन्द्रियहरु-मन-बुद्धिवाट हुने सात्विक, राजस र तामस भाव, क्रिया, पदार्थ आदि ग्रहण गरिन्छन् । यी सबै भगवान नै हुन् । मनका  सबै स्फुरणा, चाहे राम्रा हुन् या नराम्रा, भगवान नै हुन् । संसारमा राम्रा-नराम्रा, शुद्ध-अशुद्ध, शत्रु-मित्र, दुष्ट-सज्जन, पापात्मा, आदि  जे सुकै देख्न, सुन्न, भन्न, विचार गर्न, बुझ्नमा आउने सबै खालि भगवान नै हुन् । भगवान सिवाय कहिँ केही पनि छैन । 

आफ्नो कुनै इच्छा राखे, लिने इच्छा राखे नै सात्विक, राजस र तामस -- यी तीन भेदहरु हुन्छन् । यदि आफ्नो कुनै स्वार्थ नराखे र अरुको हितको दृष्टि राखे यी भगवानका नै स्वरूप हुन् । यिनीहरुलाई आफ़्नोलागि मान्नु, यिनवाट सुख लिनु नै पतनको कारण हो । 

'तीनै गुण मवाट नै प्रकट हुन्छन्' -- यस्तो भनेर भगवानले यो प्रकट गर्नुभएको छ कि साधकको दृष्टि यी गुणहरु तर्फ नगएर म गुणातीततिर नै जानुपर्छ । अर्थात् मेरो सत्ता र महत्ता मानेर मसँग सम्बन्ध जोड्नु पर्छ । यसो भए मेरो प्राप्ति हुनेछ र सँधैकोलागि दुःख मेटिएर महान् आनन्दको अनुभव हुनेछ । 'म तिनमा छैन र उनीहरु ममा छैनन्' -- यस्तो भनेर भगवानले यो भाव प्रकट गर्नु भएको छ कि यदि कुनै मनुष्यले मलाई सत्ता र महत्ता नदिएर सात्विक, राजस र तामस गुण, पदार्थ तथा क्रियालाई सत्ता र महत्ता दिएर उनीहरुसँग जोड्यो भने ऊ मलाई प्राप्त नभएर जन्म-मरणमा जान्छ -- 'कारणम् गुणसंगोस्य सद्सद्योनिजन्मसु' । 

'मत्त एव' पदहरुको प्रयोग गरेर भगवान भन्नुहुन्छ, तीनै गुण मवाट नै उत्पन्न हुन्छन् । अनि तिमी मतिर न आएर गुणहरुमा किन फस्छौ ? गुणहरुमा फस्नेहरु मेरो भजन गर्न सक्तैनन् । तर गुणहरुमा नफस्नेहरु मेरो भजन गर्छन् ।यी गुणहरु टिक्ने खालका छैनन्; किनकि कारण टिक्छ, कार्य टिक्दैनन् । गुण त परिवर्तनशील र मेटिने खालका छन्, तर भगवान नित्य-निरन्तर जस्ता-को-तस्तो रहनुहुन्छ । उहाँको न परिवर्तन हुन्छ, न नाश । यसैले भगवानको प्राप्ति गुणहरुले हुँदैनन्, गुणहरुको सम्बन्ध विच्छेदले हुन्छ । अतः तमोगुणलाइ रजोगुणले र रजोगुणलाइ सत्वगुणले जितेर गुणहरुदेखि अतीत हुनु छ । 

सगुण -साकार भगवान पनि वास्तवमा निर्गुण नै हुनुहुन्छ; किनकि उहाँ सत्व, रज र तमोगुणले युक्त हुनुहुन्न । उहाँ त ऐश्वर्य, माधुर्य, सौन्दर्य, औदार्य आदि गुणहरुले युक्त हुनुहुन्छ । यसैले सगुण-साकार भगवानको भक्तिलाई पनि निर्गुण (सत्वादि गुणहरुदेखि रहित) भनिएको छ । 

भगवान सबै ठाउँमा भए पनि उहाँलाई प्राप्त गर्ने स्थान यज्ञ (कर्तव्य-कर्म)  हो -- 'तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम्' । परन्तु सात्विक, राजस र तामस भाव उहाँको प्राप्ति स्थान होइन अर्थात् यी भाव द्वारा भगवानको प्राप्ति हुँदैन । यसैले यी भावहरु साधकको कामका चीज होइनन् । यसैले भगवान्ले भन्नुभएको छ, यी भावहरु मवाट भए पनि यिनमा म छैन र यिनीहरु ममा छैनन् । 

साधकको लक्ष पनि केवल भगवानको हुनु पर्छ, संसारको होइन । भगवान प्राप्त गर्न साधकले संसारको सेवा गर्नु पर्छ ।सेवा सिवाय संसारको कुनै मतलव राख्नु हुँदैन । सात्विक, राजस र तामस भाव मूढ (अविवेकी) मनुष्यहरुकोलागि हो, यी तीनै भाव मनुष्यलाई बाँध्छन् । यसैले यी भाव भगवानका रुप भए पनि स्वयंकालागि होइनन्, विवेकपूर्वक सांसारिक व्यवहारकालागि हुन् । जस्तो, विष पनि भगवानको नै रुप हो, तर विष खानकोलागि होइन । भगवानवाट पैदा हुने भए पनि सात्विक, राजस र तामस भावहरुमा भगवान हुनुहुन्न र भगवानमा सात्विक, राजस र तामस भाव छैनन् ।                       

No comments:

Post a Comment