Friday 26 December 2014

Gita: Chapter 7: Slok 1 - पहिलो श्लोकको नै वांकी अंश (४) ज्ञानी (प्रेमी) भक्त -- ज्ञानी भक्तलाई अनुकूल-भन्दा-अनुकूल र प्रतिकूल-भन्दा प्रतिकूल

No. 214 

पहिलो श्लोकको नै वांकी अंश 

(४) ज्ञानी (प्रेमी) भक्त -- ज्ञानी भक्तलाई अनुकूल-भन्दा-अनुकूल र प्रतिकूल-भन्दा प्रतिकूल परिस्थिति, घटना, व्यक्ति, वस्तु सबै भगवतस्वरूप नै देखिन्छन् अर्थात् उसलाई अनुकूल-प्रतिकूल परिस्थिति  भगवल्लीला मात्रै देखिन्छन् । भगवानमा आफ़्नोलागि अनुकूलता पाउने, प्रतिकूलता हटाउने, बोध प्राप्त गर्ने आदि कुनै तरहको कहिले अलिकति मात्र पनि इच्छा हुँदै हुँदैन, उहाँ त खालि भक्तहरुको प्रेममा मस्त रहनुहुन्छ । त्यस्तै ज्ञानी (प्रेमी)भक्तहरुमा किञ्चित् मात्र पनि कुनै इच्छा हुँदैन, उनीहरु केवल भगवानको प्रेममा नै मस्त रहन्छन् । 

ज्ञानी अर्थात् प्रेमी भक्तहरुमा गोपिकाहरुको नाम प्रसिद्ध छ । देवर्षी नारदजीले पनि गोपिहरुलाई प्रेमी भक्तहरुको आदर्श मानेका छन् । कारण, गोपिहरुमा आफ्नो सुखको सर्वथा त्याग थियो । प्रियतम भगवानको सुख नै उनीहरुको सुख थियो । 

धनको इच्छा, दुःख हटाउने इच्छा र जिज्ञासा-पूर्तिको इच्छाले भगवानतिर लाग्ने भक्तमा भगवानको प्रेम जाग्रत हुन्छ र उनीहरु भक्त भनिन्छन् । तर अरु उपायले धन पाइन्छ, दुःख हट्न सक्छ र जिज्ञासा पूर्ति हुन सक्छ भन्ने मान्ने भक्तको भगवानसँग सम्बन्ध नहुनाले उनीहरुमा प्रेम जाग्रत  हुँदैन र उनीहरुको नाम भक्त हुँदैन । 

सन्तको वाणीमा आउँछ, प्रेम त भगवान मात्रै गर्नुहुन्छ, भक्त खालि भगवानमा आफ्नोपन गर्छ ।कारण, कहिले कसैसँग केही नखोज्नेले नै प्रेम गर्न सक्छ । भगवानले सम्पूर्ण जीवमा आफूलाई अर्पित गरिराख्नु भएको छ र जीववाट कहिले केही पनि पाउने इच्छाको कुनै सम्भावना राख्नु भएको छैन । यसैले भगवान नै वास्तवमा प्रेम गर्नुहुन्छ । जीवलाई भगवानको आवश्यकता छ, यही कारण, जीव भगवानसँग आफ्नोपन मात्रै गर्छ । आफूले आफूलाई पूर्णरूपले अर्पित गरेपछि भक्तमा कहिले केही पनि पाउने कुनै अभिलाषा रहँदैन, त्यसपछि त्यो ज्ञानी अर्थात् प्रेमी भक्त भनिन्छ । आफूले आफूलाई पूरापूर अर्पित गरेपछि त्यो भक्तको सत्ता भगवानदेखि अलिकति पनि छुट्टै रहँदैन, भगवानको सत्ता नै उसको सत्ता रहन्छ ।

चार केटाहरु खेलिरहेका थिए । यही वेला उनीहरुको पिताजी चार ओटा आँप लिएर आए । पिताजीलाई देख्ने वित्तिकै एउटा केटा आँप माग्न थाल्यो र अर्को केटा आँप खान रुन थाल्यो । पिताजी ती दुबैलाई एउटा एउटा आँप दिए । तेस्रो केटा न रुन्छ र न माग्छ, खालि आँपतिर हेरिरहन्छ र चौथो केटा आँपतिर हेर्दै नहेरेर पहिले खेलिरहेको जस्तो खेली नै रहेको थियो । ती दुईलाई पनि पिताजीले एउटा एउटा आँप दिए । यसरी चारै केटाहरुले आँप पाए । यहाँ आँप माग्ने केटा अर्थार्थी हो, आँप खान रुने केटा आर्त हो, आँपतिर मात्रै हेर्ने केटा जिज्ञासु हो र आँपको वास्ता नगरेर खेल्नमा मात्रै लागिरहने केटा ज्ञानी हो ।यही तरिकाले अर्थार्थी भगवानसँग अनुकूलता माग्छ, आर्त        

No comments:

Post a Comment